|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
दुई महिला बिशिस्ट प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गले प्रहरी नायव महानिरीक्षक DIG तथा गीतकार पार्बती थापा मगरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नु हुँदै Photo: Danda काठमाण्डौं, November 29, 2008- प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक बिशेष समारोहमा हालै प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका महिला प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभयो । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रीपरिषदको मंसिर ११ गतेको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका DIG पार्बती थापा मगर र DIG बिमला थापा शर्मा रहनुभएको छ । ![]() Archive» DIGs Parbati Thapa Magar & Bimala Thapa Sharma of Nepal Police. Photos: Nepal Police. Illustration: eEyeCam डिआइजीमा बढुवा हुनु पहिले पार्वती पोखरास्थित नेपाल प्रहरीको गण्डकी अन्चल कार्यालयको र बिमला झापास्थित मेची अन्चल प्रहरी कार्यालयको प्रमुख पदमा कार्यरत थिए । ओहोदामा 'डिआइजी' भएर पनि परिचयमा पार्वती गीतकार पनि हुन् । उनले 'लगन' शीर्षकको गीति एल्बमसमेत निकालेकी छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक गुरुङ्गले समारोहमा उपस्थित बरिष्ठ प्रहरी अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै संगठनलाई मर्यादित तुल्याउन संगठनले तोकेको जिम्मेवारीलाई सहज रुपमा लिएर रचनात्मक एवं परिणामजन्य काम गर्न निर्देशन दिनुभयो । |
|
|
सँगठनले आफ्ना सदस्यहरु सम-न्याय र सम-दूरीमा रहुन् भन्ने अभिप्रायले हालै सुगम र दुर्गम, तर्राई र पहाड, पूर्व र पश्चिम मिलाएर सरुवा गर्ने तथा सबै तहमा समान अवसर प्रदान गर्ने नीति लिएको चर्चा गर्नुहुँदै प्रहरी महानिरीक्षक गुरुङ्गले प्रहरी कर्मचारीहरुले आफ्नो जिम्मेवारी अनुशासित, सजग र सम्यम भई निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो । पेशागत रुपमा प्रहरी संगठनमा कुनै क्षेत्र वा सीमा नहुने चर्चा गर्नुहुँदै प्रहरी महानिरीक्षक गुरुङ्गले पदोन्नती हुनुभएका महिला अधिकृतहरुले आगामी दिनमा पुरुषभन्दा पनि बिशिष्ट बन्ने प्रयासकासाथ निर्दिष्ट लक्ष्य र योजना अनुसार काम गर्नुपर्ने बताउनुभयो । हाम्रो जस्तो अल्पबिकशित देशमा लैगिंक विभेद एवं महिला तथा बालबालिकाप्रति परम्पराबादी सोचको अवस्था रहेको कुरा उल्लेख गर्नुहुँदै उहाँले समाजमा व्याप्त रहेका यस्ता चुनौतिहरुको सामना गर्न नेतृत्व तहमा रहेर उचित मार्गदर्शन गर्न उहाँहरुलाई आग्रहसमेत गर्नुभयो । पदक सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरु लगायत सिनियर प्रहरी अधिकृतहरुकोसमेत उपस्थिति रहेको थियो । मन्त्रिपरिषद्को २० कात्तिकको बैठकले गरेको निर्णयअनुसार नेपाल प्रहरीमा महिला विभाग खडा गर्ने, समावेशी आधारमा महिलाहरुको अवसर र पहुँचलाई बृद्धि गर्नेजस्ता मान्यताबमोजिम प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पार्वती थापामगर र विमला थापाशर्माले नायव महानिरीक्षक 'डिआएजी' मा बढुवा पाएका हुन् । यो पदोन्नतीसँगै नेपालको फौजी इतिहासमा पहिलोपटक महिलाले विशिष्ट श्रेणीको ओहोदा हासिल गरेका छन् । -Danda Gurung in Kathmandu |
||
|
Read our related news: » नेपालको प्रहरी इतिहासमै पहिलो पटक दुई महिला प्रहरी डिआइजी बने |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||