|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
आफू सत्तामा रहँदा माओवादीलाई राख्न पर्छ भनेर
सुरक्षा परिषद् नै गठन नगर्ने अब चाहियो कांग्रेसलाई विपक्षी दलको नेतालाई पनि परिषदमा भाग काठमाडौं, June 23, 2008- आफू सत्तामा रहँदा सुरक्षा परिषद् नै गठन नगर्ने प्रधानमन्त्रीको दल नेपाली कांग्रेस विपक्षमा बस्नुपर्ने भएपछि आफू रहने गरी सुरक्षा परिषद्को प्रावधान नै परिवर्तन गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। मुलुक विस्तारै भीडन्तको राजनीतितर्फ उन्मुख भएको संकेत मिल्न थालेको छ । संविधान सभा चुनावमार्फत् सबैभन्दा ठूलो दल बनेको माओवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्न बाटो खुला गर्नुको साटो नेपाली कांग्रेसले नयाँ-नयाँ शर्त अघि सारेपछि माओवादीले आइतवारदेखि वार्ता भंग भएको घोषणा गरेको छ । जानकारी अनुसार माओवादीले निर्वाचनबाट व्यक्त जनादेश अनुसार आफ्नो नेतृत्वमा सरकार बनाउनकालागि अब दबाबको रणनीति अख्तियार गर्नेछ । 'स्थिति जारी रहे माओवादीले सडक संघर्षको घोषणा गर्नेछ' माओवादीका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने- 'छिट्टै सचिवालय वा केन्द्रीय समितिको बैठक आयोजना गरेर आन्दोलनको निर्णय गरिनेछ ।' वाइसीएलको अर्धसैनिक संरचना अन्त्य, सेना समायोजनसम्बन्धी समितिमा सबै दलका प्रतिनिधि राख्ने सहमति भैसकेपछि सुरक्षा परिषदमा विपक्षी दलको नेतालाई पनि राख्नुपर्ने नयाँ शर्त अघि सारेपछि दिक्क भएको माओवादीले बार्ता भंग भएको घोषणा गरेको हो । नयाँ सरकार गठनकालागि आइतबार रातिसम्म निस्कर्ष निस्कनेमा आशावादी माओवादी नेताहरु कांग्रेसका नयाँ नयाँ शर्त अघि आउन थालेपछि बार्ता भंगको मनस्थितिमा पुगेका थिए । राष्ट्रपतिको जिम्मेवारी नपाउने स्थिति देखिनासाथ विपक्षमा बस्ने मनस्थितिमा पुगेको कांग्रेसले आफूलाई केन्द्रित गर्दै राष्ट्रिय सुरक्षा परिषदमा विपक्षी दलको नेतालाईपनि राख्नुपर्ने नयाँ शर्त राखेको थियो । माओवादीले भने संसारमा कहीपनि विपक्षी दलका नेतालाई सुरक्षा परिषदमा राख्ने प्रावधन नभएको भन्दै कांग्रेसको शर्त अस्वीकार गरेको हो । श्रोतका अनुसार शुक्रबार असार ६ प्रधानसेनापति रुक्माङ्गद कटवालले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर कांग्रेस विपक्षमा बस्ने हो भने सुरक्षु परिषदमा विपक्षी दलका नेतालाईपनि राख्नुपर्ने अडान लिन सुझाव दिएका थिए । त्यसपछि एकाएक सुरक्षा परिषद्मा विपक्षी दलका नेतालाई राख्नुपर्ने शर्त नेपाली कांग्रेसले अघि सारेको थियो । राजनीतिक परिस्थिति बिगार्न सैनिक नेतृत्वले समेत भूमिका निर्वाह गर्दै आएको छ । राजा ज्ञानेन्द्रको माघ १९ को 'शाही कू' का एक सूत्रधार रुक्माङ्गद कटवाल अहिले प्रधानसेनापति छन् । विगतमापनि माओवादी र सात दलबीच सहमति बिगार्न उनको प्रमुख भूमिका रहने गर्दथ्यो । अहिलेको गतिरोधमापनि पर्दा पछाडिबाट प्रधानसेनापति कटवालले भूमिका निर्वाह गरेको आशंका गिरंदै आएको छ । अन्तरिम संविधानमा राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्रीका अलवा प्रधानमन्त्रीले तीन जना मन्त्री छनौट गर्न सक्ने प्रावधान राखिएको छ । तर तीन जना मन्त्री सुरक्षा परिषदमा राख्दा माओवादी मन्त्रीलाईपनि राख्नुपर्ने भएकाले प्रधानमन्त्री कोइरालाले सुरक्षा परिषद्जस्तो महत्वपूर्ण संयन्त्र नै गठन गरेनन् । सुरक्षा परिषद् गठन गर्नासाथ त्यसमा माओवादी मन्त्रीलाई राख्नुपर्ने भन्दै सैनिक नेतृत्वले सुझाव दिएकैले सुरक्षा परिषद्जस्तो सम्बेदनशील निकायको गठन नै हुन सकेन । कांग्रेसले नयाँ सर्त अघि सारेर नयाँ सरकार गठनको प्रकृया अघि सारेपछि दिक्क भएको माओवादीले सरकार गठनकालागि वार्ता छाडेर दबाबमूलक कार्यनीति अपनाएमा त्यसले एकातिर भीडन्तको राजनीति सुरु हुनेछ भने अर्कोतिर संविधान निर्माण कार्यमा अवरोध आउनेछ । -Sitaram Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®