Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'विज्ञान र प्रविधिबिना देशको समृद्धिको कुरा गर्नु असंभव छ' -प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं, December 2, 2008-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकका सबै क्षेत्र सङ्क्रमण कालमा गुजि्ररहेको र त्यसको अन्तिम टुङ्गो लागि नसकेकोले अहिले सबै क्षेत्रको सकारात्मक सोच अनिवार्य रहेको धारणा राखेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान 'नास्ट'को २७ औं प्राज्ञ सभालाई मंसिर १७ गते सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मुलुक शान्तिको बाटो र अग्रगमनतर्फ अघि बढिरहेको बेला अहिले पनि केही सोच समाजलाई नै पछि धकेल्नेतर्फ लागिरहेको उल्लेख गरे ।

एक्काइसौं शताब्दीको पहिलो दशक विज्ञान प्रविधि सूचना र परिवर्तनको युग भएकोले विज्ञान र प्रविधिबिना देशको समृद्धिको कुरा गर्नु असंभव छ भन्दै प्रधानमन्त्री प्रचण्डलॆ अहिले देशमा सो प्रकृयाको सुरुवात भएको र नेपाली समाज त्यसमा हिँडेको दाबी गरे ।

नयाँ र समृद्ध नेपाल निमार्णका लागि विज्ञान प्रविधि क्षेत्रको योगदान जरुरी भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने- 'राजनीतिलाई बुझ्न र परिचालन गर्ने प्रकृयामा पनि विज्ञान तथा प्रविधिले रचनात्मक सहयोग गर्नसक्छ ।' वर्तमान सरकारको चुनौती अप्ठ्यारो छ र यसको समाधानको लागि आज नेपाली काङ्ग्रेस सहितको उच्चस्तरीय बैठक बसेको चर्चा गर्दै उनले वर्तमान सङ्क्रमणकाललाई सही ढङ्गले अघि हिँडाउन नयाँ प्रतिबद्धताका साथ सबै दल अघि बढेको छ भन्ने जानकारी दिए ।

कार्यक्रममा नाष्टका उपकुलपति प्रा. डा. होमनाथ भट्टराईले देशमा भएको ठूलो परिवर्तनपछिको नयाँ समृद्ध नेपाल बनाउने अभियानमा आधुनिक विज्ञान प्रविधिको उपयोग र महत्वलाई हृदयङ्गम गरी यस प्रतिष्ठानको भूमिकालाई अझ सशक्त बनाउन नाष्ट प्रयासरत रहेको बताए ।

-Santa Bagam in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®