|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राज्यले दिने छात्रवृत्ती हुनेखानेले मात्र पाउने गरेको आरोप |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Vice-Chancellor Prof. Kesharjaung Baral Magar in Adibasi Mahotsav in Palpa. Photo: Hari पाल्पा, November 5, 2008- राज्यले प्रदान गर्ने छात्रवृत्ती हुनेखानेले मात्र पाउने गरेकेा आरोप पोखरा विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालमगरले लगाएका छन् । त्यसैले पनि आदिवासी जनजाति, पिछडिएको वर्ग, दलित, विपन्नले त्यस्ता छात्रवृत्ती पाउन नसकेको उनले बताए । नेपाल आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा पाल्पा आएका बरालसंग आदिवासी जनजाति पत्रकार संघ अनिजले सोमवार साझ आयोजना गरेकेा पत्रकार सम्मेलनमा बोल्दै आरक्षणकोटा वितरण प्रकृया नै राम्रो छैन, धनीवर्गको पहुचमा मात्र त्यस्ता छात्रवृत्ती कोटा रहेको बताउदै उनले वास्तविक जसको लागी आएको हो त्यसले पाउन नसक्दा पनि ती वर्ग शिक्षामा अगाडि बढ्न नसकेकेा बताए । आर्थिक दृष्टिकोणले सक्षम भएका उच्च शिक्षामा धेरै पुग्न नसकेको बताउदै डा. बरालले विदेशिने, मोजमस्तीमा भुल्ने, अभिभावकको छोरालाई लाहुरे बनाउने चाहनाले पनि शिक्षामा अगाडि बढ्न नसकेकेा उनले आरोप लगाए । सरकारले दलित, विपन्न र गरिवकोलागी उच्च शिक्षासम्मको शिक्षालाई नि:शुल्क बनाउनुपर्ने बताउदै उनले नसक्नेको लागी शिक्षा दिन कसरी सकिन्छ भन्नेसोच बनाउन जरुरी रहेको बताए । जनजाति आफैमा पनि पढ्नुपर्छ भन्ने भावना जाग्नुपर्ने बताउदै उनले अहिलेकेा छात्रवृत्ती हो वा अन्य आरक्षणको नीति कुनै पनि राम्रो नभएको जिकिर गरे । प्राविधिक शिक्षा हो वा अन्य कुनैपनि क्षेत्रमा गरिवको पहुच हुने खालको शिक्षामा नीति नबनेको बताउदै डा. बरालले अझै पनि केन्द्रीकृत नीतिले समस्या पारेको उनले बताए । बाहिर जिल्लाका सभासद्हरुले जोडबल गरेनन् भने अव खुल्ने खुल्ला विश्वविद्यालय पनि काठमाण्डौमै बस्ने भएकोले बाहिरबाट प्रतिनिधित्व गर्ने सभासद्लाई चनाखो भएर बस्न आग्रह गरे । सास्कृतिक महोत्सवका प्रचारप्रसार संयोजक राजकुमार आलेको सभापतित्व र अनिजका सचिव हरिबहादुर सारुको संचालनमा कार्यक्रम भएको थियो । यसैवीच नेपाल आदिवासी जनजाति महासंघ पाल्पाको आयोजनामा 'नयाँ नेपालमा आर्थिक क्रान्तिको लागि सांस्कृतिक रुपान्तरण' गोष्ठी मंगवार तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तुतकर्ता डा. केशरजंग वरालले राजनैतिक परिवर्तनसंगै शान्तिलाई दिगो राख्नको लागि सर्वसारधरण नेपालीहरुको आर्थिक अवस्थामा सुघार आउनु पर्ने बताउनु भयो । त्यसैले उहाले भन्नुभयो 'दिगो शान्तिको लागि अव आर्थिक क्रान्तिको आवश्यक छ ।' |
|
|
प्रस्तुतकर्ता वरालले सांस्कृतिक रुपान्तरणको विश्लेषण गर्दै राज्यले जनजातिहरुको विकासको लागि अनुकुल परिवेश दिनुको साथै जनजातिहरुलाई हरेक क्षेत्रमा विशेष गरेर राजनैतिक क्षेत्रमा सहभागि हुन सक्ने किसिमको राजनैतिक संरचना दिनुपर्ने जोड दिनुभयो । -Haribahadur Saru Magar in Palpa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||