|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
धाँधली गरी चुनाव जितेको प्रमाण फेला परे पछि काठमाडौं, April 30, 2008-निर्वाचित एक संविधान सभा सदस्यले संविधान सभा सदस्यको रुपमा सपथ लिन नपाउने भएका छन् । महोत्तरी- ६ का मधेशी जनअधिकार फोरमका शरदसिंह भण्डारीले धाँधली गरी चुनाव जितेको भन्दै सबैजसो विपक्षी उम्मेदवारहरुले संविधान सभा निर्वाचन अदालतमा दिएको उजुरीमा प्रारम्भिक सुनुवाई गर्दै अदालतले भण्डारीलाई संविधान सभामा प्रवेश तथा सपथ ग्रहण नगराउन अन्तरिम आदेश जारी गरेको हो। संविधान सभा अदालतका अध्यक्ष न्यायाधिस अनुपराज शर्मा, न्यायाधिसद्धय तपबहादुर मगर र रामकुमारप्रसाद शाहको इजालासले भण्डारीको नाम संविधान सभा निर्वाचनमा विजयी उम्मेदवारको रुपमा समावेश नगर्न समेत निर्वाचन आयोगलाई निर्देशन दिएको छ । २१ मतले निर्वाचित भण्डारीको विजय विवादास्पद बन्दै आएको छ । गणनाका क्रममा कूल खसेका भन्दा १ हजार बढि मत देखिएको थियो । यसैलाई आधार बनाएर संविधान सभा अदालतले सो निर्णय गरेको हो । भण्डारीसँग २१ मतले पराजित नेपाली कांग्रेसका उम्मेदवार सीताराम भण्डारीले पुन मतगणनाको माग गरेका थिए । माओवादी, एमाले, सद्भावना लगायतका पार्टीका उम्मेदवारहरुले भने पुन मतदानको माग गर्दै निर्वाचन अदालतमा मुद्धा दायर गरेका थिए । त्यस क्षेत्रका निर्वाचन अधिकृत, निर्वाचन आयोग र भण्डारीविरुद्ध दायर गरिएको मुद्धामा विपक्षीको जवाफ नआएसम्मकालागि उनलाई संविधान सभा प्रवेश, शपथ र उनको नाम विजयी सदस्यको सूचीमा समावेश नगर्न अदालतले भनेको छ । संविधान सभाको प्रत्यक्ष सिटमा फोरमका भण्डारीसहित ३० जना निर्वाचित भएका छन् । तर अदालतको यो निर्णयपछि फोरमको सिट संख्या २९ कायम भएको छ । फोरमको पूर्ववत सिट संख्या कायम रहन्छ वा घट्छ त्यो भने अदालतको अन्तिम निर्णयपछि थाहा हुनेछ । निर्वाचन आयोगमा हालसम्म ९ वटा यस्ता उजुरी परेका छन् । डडेलधुराबाट निर्वाचित कांग्रेस उम्मेदवार शेरबहादुर देउवालाई पनि निर्वाचन अधिकारीहरुले धाँधली गरी निर्वाचित भएको घोषणा गरेको भन्दै उजुरी परेको छ । निकटतम प्रतिद्धन्दी माओवादीका खगराज भट्ट लगायत एमाले उम्मेदवार बिक्रम शाही र स्वतन्त्र उम्मेदवार रामचन्द्र चटौतले निर्वाचन अदालतमा यस्तो उजुरी दायर गरेका हुन् । तीब्र प्रतिस्पर्धा रहेको सो क्षेत्रमा माओवादीको पक्षमा अधिक मत खसेको एउटा मतदान केन्द्रको मतपेटिकाको मतहरु गणनै नगरी एकपक्षीय रुपले देउवा विजयी भएको घोषणा गरिएको दावी माओवादी उम्मेदवारले गरेका छन् । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®