Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

शरब लोशरलाई तोला, सोनाम र ग्याल्वो लोसार भन्न मिल्दैन, किन?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौ, 25 Feb, 09- नेपालका केही तथाकथित विद्वानहरु र खेन्पो लामाहरुले आदिमकालदेखि शेर्पाहरुले मान्ने गरेको शरब लोशर शेर्पा लोशरलाई काल्पनिक रुपमा 'तोला, सोनाम र गेल्बु ग्याल्वो लोसार' भनेर विभाजन गरी तथाकथित गेल्बु लोशरलाई शेर्पाहरुको भागमा पारी ती तथाकथित तोला र सोनाम लोशरलाई चीनी-मङ्गोलमूलका गुरुङहरु र तामाङहरुका भागमा पारेका देखिन्छन् ।

वि.सं. २०४६ सालको जनआन्दोलनपछिका दिनदेखि ती गुरुङहरु र तामाङहरुले गलत रुपमा 'ल्होछार-लोछार' भनी क्रमशः पुस १५ गते, माघको शुक्ल प्रतिपदामा मान्ने गरेका देखिन्छन् भने शेर्पाहरुले चाहिँ 'शरब लोशर' नै भनी फाल्गुन शुक्ल प्रतिपदामा मान्ने गरेका देखिन्छन् । तर भारतीय उपमहाद्वीपमा अहिलेसम्म प्राप्त भएका ऐतिहासिक पुरातातात्विक, सांस्कृतिक, साहित्यिक, भाषिक, सामाजिक, धार्मिक, भौगोलिक आदि प्रमाणहरुका आधारमा प्राचीन तथा नवीन ढुङ्गे युग (Palaeolithic Age & Neolithic Age) हुँदै ढुङ्गे-धातु युग (Chalcolithic Age) मा प्रवेश गरेर शम्बर तथा शिव (पशुपति)को लिङ्गोपासना गरी सिन्धु तथा नेपाली सभ्यताहरुको सिर्जना गर्ने आग्नेयीमूलका लिङ्ग¨पूजक शेर्पा मूलवासीहरु (आदिबासीहरु) ले सिन्धु तथा नेपाली सभ्यताहरुको सिर्जना गरी चरमोत्कर्षमा उतारेको खुसियालीमा आदिमकालदेखि विशेष गरेर ढुंगे-धातु युगको चौथो सहस्राब्दी ३५०० ईश्वी पूर्वदेखि बसन्त ऋतु लागेर देशै ढकमक्क भएर फुलेको र रङ्गिएकोले सबै देशबासी खुशी छन् भनेर दर्शाउनकालागि बसन्त ऋतुको चैतमा र अहिले विक्रम संवत्को फाल्गुण शुक्लाको प्रतिपदाको दिनदेखि १५ दिनसम्म वसन्त ऋतुलाई निम्त्याएर बसन्ती चाड (Spring Festival) को रुपमा यस शरब लोशरलाई मान्ने गरेको तथ्य वस्तुगत रुपमा प्रमाणित भएका देखिन्छ।

हेक्का रहोस, शेर्पाहरुको यही बसन्ती चाड शरब लोशरलाई यस समयमा आर्यमूलका हिन्दूहरुले बसन्त ऋतुबाट शरद ऋतु आश्विन र कार्तिकमा सारेर राष्ट्रको सबैभन्दा ठूलो राष्ट्रिय चाडको रुपमा उनीहरुकै प्रसिद्ध काव्य ग्रन्थ रामायण तथा पुराणहरुका कथावस्तुहरुलाई आधारित गरी सांकेतिक रुपमा आर्य-अनार्यको लडाईंलाई प्रस्तुत गरेर 'विजय दशमीको पर्व' भनेर मान्ने गरेका छन् भने चीन, जापान, कोरिया, भिएत्नाम, भूटान, नेपाल, भारत, अष्ट्रेलिया, मिस, फिजी, जर्मनी, होल्याण्ड, हङ्गेरी, आयरल्याण्ड, ईज्राएल, जमाइका, जोरडन, मलेसिया, माली, मेिक्सको, फिलिपिन्स्, अमेरिका, पोल्याण्ड, सिङ्गापुर, सुडान, टर्की, उगाण्ड, युक्रेन आदि देशहरुका विभिन्न भूभागहरुका आदिबासीहरुले अहिले पनि यस शरब लोशरलाई बसन्ती चाड (Spring Festival) कै उत्सवको रुपमा मनाएका देखिन्छन् ।

यसबाट अज्ञानताको दलदलमा फसेर नेपालका यी विद्वानहरु र खेन्पोलामाहरुले सिन्धु तथा नेपाली सभ्यताहरुको सिर्जना गर्ने आग्नेयीमूलका मूलवासी शेर्पाहरुको अपमान गरेर उनीहरुको यो आदिम चाड शरब लोशरलाई बिक्रित बनाई नेपाली समाजमा अन्यायपूर्ण भ्रमको खेती गरेका देखिन्छन् । आदिबासी अर्थात मूलवासी शेर्पाहरुको आदिम चाड यस शरब लोशर शेर्पा लोशरलाई सम्पूर्ण नेपालीहरुको साझा राष्ट्रिय चाडको रुपमा सरकारी विदासहित सम्मानपूर्वक स्थापित गरेर मान्ने र मनाउनेतर्फ पाइला चालिहाल्नु पर्ने जरुरी भैसकेको देखिन्छ ।

-Prof. Shyam Sunder Sherpa in Kathmandu

(लेखक त्रिभुवन विश्व विद्यालयमा तीन दशकभन्दा बढी समयको सेवा प्रदान गरी 'सिन्धु तथा नेपाली सभ्यता र संस्वुतिको विकासमा शेर्पाहरुको योगदान' शीर्षकमा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मानविकी तथा सामाजिक शास्त्र संकायको नेपाली इतिहास संस्क्रिती र पुरातत्व विषयको विद्यावारिधि उपाधिकोलागि वि.सं. २०३६ सालदेखि अहिलेसम्म अनुसन्धानमा संलग्न छन्।
  प्रोफेसर शेर्पा सुवर्ण पदक नेपाल, महेन्द्र विद्याभूषण-वि.सं. २०२९, सुवर्ण शिक्षा पदक-वि.सं. २०५१, सुवर्ण यूनेस्को-लुम्बिनी बौद्ध विद्वत् पदक-ई.सं. १९९५ र सुवर्ण दीर्घ सेवा पदक-वि.सं. २०५५ द्वारा विभूषित पहिलो शेर्पा एम.ए., एम.एड. गोल्ड मेडालिष्ट र पहिलो श्रेणीको पहिलो शेर्पा प्राध्यापक हुन् ।)
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®