लहान, Feb 3, 09- पेट्रोलियम पदार्थको वैकल्पिक उर्जाको रुपमा रहेको
संजिवनी तेल 'बघण्डी तेल' को प्रयोग गरी पश्चिमको पाल्पा पछि अब पुर्बी
नेपालको लहानमा पनि गाडि गुडाइएको छ ।
परराष्ट्र मन्त्री उपेन्द्र यादवले उक्त वायोडिजल प्रदर्शनीको उद्घाटन
गर्नु भएको संजिवनी तेल हालिएको सो गाडि लहानका संचारकर्मीहरुलाई बोकेर १०
किलोमिटरसम्म गुडाइएको थियो ।
सिरहाको वस्तीपुर ४ घलेटोलमा बघण्डीको वीउ प्रशोधन गरि निकालिएको सो
संजिवनी तेलबाट गाडि गुडाउंदा सफल परीक्षण भएको थियो ।
४ लिटर तेलबाट सफलतापूर्वक गाडि गुडेको थियो । सिरहाको मझौरा
चन्द्रअयोध्यापुर र मझौरा सामुदायिक वनको १ विघा क्षेत्रफलमा गरिएको
बघण्डीको खेती लाभदायक भएकोले आउंदो दिनमा यसको खेती ४ हजार विगाहा
क्षेत्रफलमा गरिने लक्ष्य रहेको सिडकोड नेपालका अध्यक्ष तथा तेल प्रशोधक
दिनेश यादवले बताउंनुभयो ।
३ लाख मूल्य बराबरको लागतमा अहिले एक ठाउंमा बघण्डी प्रशोधन गर्ने मेसिन
राखिएको छ । वायोडिजल प्रोग्रामका प्रशोधनकर्ता यादव भन्नुहुन्छ- 'जिल्लाको
विभिन्न सात ठाउंमा यस प्रकारको मेसिन जडान तथा खेति गरिएको छ ।'
रोपेको ४० वर्षसम्म फलिरहने बघण्डी खेतीलाई समुदायस्तरमा लगेर यसको खेतीलाई
अगाडि बढाउंने लक्ष्य रहेको प्राप्त समाचारमा जनाएको छ । हाल एक समूहमा
प्रशोधन जारी छ ।