|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Colorado: Sakewa Celebration by Kirat Rai Society of America |
||
अमेरिकी डेनभर शहरमा ढोल, झ्याम्टा र साकेवा नाँच![]() Karate veteran Thaneswar Rai offering puja. डेनभर, कोलोराडो, June 2, 2008- सरद मौसमको मध्य दिन टन्टलापुर घाम, पोटिला-राता गालामा पसिना पुच्दै मुस्कानयुक्त ओठ लिई ढोल झ्याम्टा र साकेवा गीतको बेजोड ताल र शुरमा हर्षित मुद्रामा जॊश र जागरले नाच्दै गाउँदै उमङ्गीत हुदै चौर माझ धुलो उडाउँदै कोलोराडो राज्यको डेनभर शहरमा जुन १ २००८ को दिन किरात राईहरुले उनीहरुको महान पर्व साकेवा मनाएका छन् । ![]() Sakewa dance. किरात राई सोसाइटी अफ अमेरिकाद्वारा आयोजित साकेवालाई किरात राई जातिको परम्परागत तथा नेपाली भेषभूषामा सजिएका राईहरुले आफ्नो सास्कृतिक मोहलाई छर्लङ्ग झल्काएका दखिन्थॆ भने उनीहरुलाई नेपाली र अमेरिकी समुदायले साथ दिएका थिए । निशुल्क मिष्ठान भोजनलाई सेल रोटीले पनि विशेष आकर्षण दिएको थियो । Guests were honored with "Pheta" by Kirat Rai Society of America. सोसाईटीका सचिव राजेन्द्रकुमार राईद्वारा संचालित उक्त कार्यक्रममा कोलोराडो लोकल च्याप्टरका तर्फबाट नेपाल कँराते महासंघका पूर्व वरिष्ठ प्रमुख प्रशिक्षक थानेश्वर राईलाई सोसाईटीका वोर्ड अफ डाइरेक्टर चन्द्रकुमार राईले किरात राई परम्परा अनुसार फेटा गुथी सम्मान गर्नुभएको थियो । कार्यक्रममा डा. सन्ध्या राईलाई पनि सम्मान गरिएको थियो । यसैगरी सम्मान कै क्रममा बोर्ड अफ डाईरेक्टर बिनोद राईले संस्थालाई महत्वपूर्ण सहयोग र सुझाव दिदै आउनु भएका सल्लाहकार भीम राई, नेव्रासका र लोकल च्याप्टर कोलोराडोलाई आर्थिक तथा अन्य कार्यहरुमा महत्वपूर्ण टेवा पुर्याउँदै आउनु भएका धिरेन्द्र लिम्बुलाई फेटा गुथी सम्मान गरिएको थियो। सोसाईटीको तर्फबाट देवकोटा जयन्ती २००७ मा कविता प्रतियोगितामा प्रथम हुनु भएका बोर्ड अफ डाइरेक्टर मणि वाङ्देललाई सोसाइटीका अध्यक्ष प्रकास राईले फेटा गुठी बधाई तथा सम्मान प्रकट गर्नु भएको थियो । साथै कोलोराडो लोकल च्याप्टरले बाहिरी राज्यहरुबाट साकेवा मनाउन पाल्नु भएका पाहुनाहरुलाई विशेष उपहार नम्रता राईबाट प्रदान गरिएको थियो। ![]() Performing Sakewa puja to the Sakewa Thaan. साकेवा पूजा गर्ने कार्यक्रम अन्तर्गत संस्थाका सल्लाहकार थानेश्वर राईले अक्षता, अदुवा, जाँड, केराको पात रहेको चिण्डोले प्रतीकको रुपमा बनाइएको साकेवा थानमा पूजा अर्चना गर्नु भएको थियो भने यी जातिको पवित्र पेय पदार्थ जाँड उपस्थित सबै साकेवामा सहभागिहरुलाई प्रसादको रुपमा पिउन दिइएको थियो । साकेवा नाच शुरु हुनुपूर्व सिल्लीहाङ्गपा चन्द्र राई "आकाश" लाई साकेवा मनाउन केन्टकी राज्यबाट पाहुनाको रुपमा आउनु भएका गणेश कुमारी राईले फेटा गुथी दिनु भएको थियो । Kiratis of Denver, Colorado performing Sakewa dance. साकेवा नाचको सिलसिलामा नाचलाई्र अर्थपूर्ण बनाउन एक साकेवा नाच समुहले चासुम सिली प्रस्तुत गरेका थिए । सो सिलीमा नाच्नेहरुमा सिलीहाङ्पा चन्द्रकुमार राई 'आकाश', कला राई, चन्द्रकुमार राई, नितु खापुङ, विनॊद राई, धुव्रकुमार राई, राजेन्द्रकुमार राई, निर्मल श्रेष्ठ र रत्ना राई थिए । साकेवा नाचको क्रममा न्यूयोर्कबाट आउनु भएका सुरॆन्द्र राईकॊ कलात्मक नृत्य शिल्पी र सिलीहाङ्पा प्रस्तुतीले मनोरन्जनका साथै रौनक थपेको थियो । साकेवा नाचको अन्तसँगै वोर्ड तथा कार्यकार्यणी समिति बैठक बसि महत्वपूर्ण निर्णय गर्दै कोकटेल पार्टीद्वारा साकेवाको समापन गरिएको थियो । - नितु खापुङ (Nitu Khapung), Denver, Colorado, USA Sakewa dance. ![]() Photos contributed by Nitu Khapung |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®