|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
प्रचण्डलाई
किराँतीहरुले प्रथम राष्ट्रपतिको रुपमा मान्दा![]() Archive» Words & photos: Sitaram Baral. Illustration: eEyeCam काठमाडौं, May 25, 2008-किराँतीहरुले आफ्नो चाड उभौली शनिवार काठमाडौंमा भव्यरुपले मनाएका छन् । उनीहरुले उभौलीलाई महान चाडको रुपमा एक दिन बिदा दिन आग्रहपनि गरेका छन् । उभौली पर्वमा मुख्य अतिथिको रुपमा बोलाइएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सबै किराँतीहरुले 'कार्यकारी अधिकारसहितको प्रथम राष्ट्रपतिको रुपमा मानेको' उल्लेख गर्दै आगामी बर्षदेखि उभौलीलाई महान चाडको रुपमा ब्याख्या गर्दै त्यस अवसरमा बिदा दिनपनि उनीहरुले प्रचण्डसँग आग्रह गरे । प्रचण्डलाई किराँत टोपी लगाईदंदै किराँत राई यायोख्खाकी अध्यक्ष सुमाया राई Kirat Rai Yayokhkha Chair Sumaya Rai honouring Prachanda with Kirati Hat. प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित तीन दलको बैठक हतार-हतारमा सकेर प्रचण्ड शहीद गेट नजिकैको टुँडिखेलमा आयोजित उभौली पर्वको प्रमुख अतिथि बन्न पुगेका थिए । उनलाई हजारौं किराँतीहरुले स्वागत गरेका थिए । उनलाई किराँत जातिले बिशेष पर्वमा लगाउने विशेष प्रकारको टोपी, इष्टकोट र खादा पहिर्याइएको थियो । प्रचण्ड पत्नी सीता दाहाललाईपनि किराँती खादामा िसंगारिएको थियो । प्रचण्डले किराँती बस्त्र लगाएर किराँती रुप धारण गरेपछि किराँत राई यायोख्खाका महासचिव चन्द्रबिक्रम राईले भने- 'यो टोपी र खादा हामीले कमरेड प्रचण्डलाई त्यसै पहिर्याएका होइनौं उहाँले किराँती जातिलाई दिनुभएको सम्मानकालागि हो । अब उहाँ राष्ट्रपति बनेपछि उभौलीलाई महान चाड भनेर सार्वजनिक बिदा दिनुपर्छ । अहिलेसम्म सरकारले पर्वमात्र भनेको छ यो पर्वमात्र होइन महान् चाड हो माओवादीको सरकारले यसलाई चाडको रुपमा मान्यता दिनुपर्छ ।' 'गणतन्त्र घोषणा भएपछिको प्रथम राष्ट्रपति प्रचण्ड नै हुनुपर्छ र त्यो कार्यकारी अधिकारसहितको हुनुपर्छ' भन्ने कुरा किराँत जातिले चाहेको उद्घोषपनि महासचिव राईले गरे । उनले यो घोषणा गर्दा हजारौं किराँतीहरुले तालीको गडगडाहटबीच स्वागत गरेका थिए । 'माओवादीले नै किराँत प्रदेशको अबधारणा ल्याएको हो' उनले भने- 'अब अन्तरिम संविधानमा आत्मनिर्णयको अधिकार सहितको किराँत राज्यको व्यवस्था गर्ने कार्यको नेतृत्वपनि माओवादी र प्रचण्डले नै गर्नुपर्छ ।' Prachanda after wearing Kirati dress. Photos: Sitaram उद्घाटन भाषण गर्दै प्रचण्डले बालुवाटारमा भएको तीन दलबीचको बार्तामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई सरकारको नेतृत्व गर्न पहिलो पटक आव्हान गरेको कुरा किराँतीहरुसमक्ष सार्वजनिक गरे । उनी त्यो बैठक सकेर असिनपसिन हुँदै सोझै उभौली मनाइरहेका किराँतीहरुका माझमा पुगेका थिए । 'यो युगान्तकारी परिवर्तनको क्षणमा तपाईंहरु उभौली मनाइरहनुभएको छ' उनले भने- 'यो महान् चाड भुल्न नसकेर र तपाईंहरुको संस्कृति बुझ्न म यहाँ आएको हुँ ।' सम्बोधन गर्दै प्रचण्ड साथमा सैन्य विद् एबं माओवादी सभासद् डा. इन्द्रजीत राई Prachanda and Dr. Indrajit Rai शाह बंशीय सामन्ती राज्य व्यवस्थाको बिरुद्ध सबैभन्दा बढि किराँतीहरु लडेको इतिहास उल्लेख गर्दै प्रचण्डले सामन्ती राज्य व्यवस्था विरुद्धको १० वर्षे जनयुद्धमा पनि सयौं किराँतीहरुले रगत बगाएर माओवादीलाई बिजय गराएको स्मरण गरे । 'नयाँ नेपाल निर्माणकालागि अझैपनि माओवादीलाई समस्त किराँतीहरुको सहयोगको आवस्यकता छ' उनले भने- 'अप्ठेराहरु अझै बाँकी छन् त्यसैले म तपाईंहरुसँग फेरिपनि सहयोगको आशा गर्दछु ।' -Sitaram Baral in Kathmandu साकेला नाचमा व्यस्त किराँतीहरु परम्परागत भेषभूषामा किराँत महिलाहरु प्रचण्डसँग बसेर फोटो खिचाउँदै एक किराँत महिला सम्मानकालागि सभासद्हरु बायाँ बीच सन्चपाल किराँती र मणि खम्बु दायाँ बीच CA Members Sanchapal Kirati (2nd from left) and Mani Khambu (2nd from right). Prachanda and his wife Sita Dahal. Photos: Sitaram Baral |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®