|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
नाँच्ने बेला आयो साकेला अमेरिकामा न्यूयोर्क, May 12, 2008-किरात राइहरुको सांस्कृतिक चाड साकेला पर्ब अमेरिकाको बिभिन्न राज्यहरुमा मनाउनको लागी अन्तिम तयारी पूरा भएको छ। सो कार्यक्रमका कोअरडीनाटर धौलबीर राइका अनुसार नेब्रास्का शहरमा मे ११, बोस्टन शहरमा मे १८, सानफ्रांसिस्कोको गोल्डेन गेट ब्रिज पार्कमा जून १ मा मनाइने छ। यसै बिच, नेब्रास्का शहरमा साकेला धुमधामका साथ मनाइन लागेको कुरा इंजिनियर मिलन राईले बताउनु भएको छ। नेब्रास्का शहरमा बसोबास गर्ने राईहरु भेला भई लेक मनोवा पार्कमा पिकनिक तथा साकेला नाचिने कुरा नेब्रास्काबाट संजय राइले जानकारी गराएका छन्। अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्ने किरात राइहरुले आफ्नो चाडलाई जातीय पहिचान र रास्ट्रीय चाडका रुपमा बिशेष महत्वका साथ मनाऊदै आई रहेका छन्। बोस्टन शहरमा हुने साकेला मनाउनका लागि ढोल, झ्यामटाको ब्यबस्था, पार्क बुकिंगका साथै आमंत्रित पाहुना हरुकोलागी बस्ने खाने सम्पूर्ण तयारी गरी सकिएको छ। अमेरिकाको दस वटा भन्दा बढ़ी राज्यहरुबाट पाहुनाहरु आउने कुरा थाहा भएको र प्रमुख आतिथ्य ग्लोबल फेडेरेसन इनडीजिनस पीपुल्स अफ नेपाल यूएसएका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले गर्नु हुने भएको छ। ओरगानैजेसन लोकल चाप्टरका प्रेसिडेंट श्यामा राइको अध्क्ष्यतामा प्रबीना राई, बिष्णु राई, रमा राई सहित ११ सदस्यीय आयोजक समिति गठन गरी उक्त कार्यक्रम वाटरटाउन पार्कमा गरिने भएको छ। यसरी नै, न्यूयोर्क शहरमा आयोजक समिति गठन गरी साकेला मनाउन गई रहेको कुरा आयोजक समितिका सदस्य लीला राइले बताउनु भएको छ। उहाका अनुसार 'यो चाड राईहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरूको चाडको रूपमा न्यूयोर्क शहरमा बिकसित हुँदै गई रहेको छ। हामी राईहरु संसारको जुनसुकै कुनामा रहे पनी हाम्रो संस्कृति प्यारो लाग्ने रहेछ। त्यसै भएर यसलाई निरन्तरता दिएको हो, बर्स भरी काम गरी यो समयमा छुट्टी मिलाई पाहुना बोलाउने, पाहुना भएर आफंतकोमा जाने, रमाइलो गर्ने र एकदिन भब्यताका साथ न्युयोर्कको क्वीन्स बोरो पार्कमा सम्पूर्ण नेपाली तथा बिदेशीहरु भेलाभई साकेला नाच नाचिनेछ।' न्यूयोर्कको साकेला समारोहका लागि जेस्ठ नागरिक पदम राईको अगुवाइमा सुरेश चामलिंग, बिजय राई, प्रभाकर राइ, केशब राइ, सुषमा राई, रंजिप राई, कृष्ण राई, नारद राई, पर्खी राइ, लगायेत १५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। उता क्यालिफोर्नियाबाट तेज राईले बताए अनुसार सम्पूर्ण राईहरु मिली सानफ्रांसिस्कोको गोल्डेन गेट ब्रिज पार्कमा यही जून १ २००८ का दिन भब्य रूपमा साकेला मनाउनु १५ सदस्यीय समिति गठन गरिएको छ। यान राई, रबिन्द्र राई, नन्द राज राइ, देब राई, अशोक राई, ज्ञान राई, भीम राई, मात्रा राई, जोरबिर राईहरुको आयोजनामा हुने उक्त कार्य कार्यक्रमको अन्तिम तयारी प्राय पूरा भएको छ। गत सालहरुको साकेलाभन्दा बृहत् र ब्यापक जन सहभागिता जुटाउने अभियानमा लागेको कुरा तेज राईले बताउनु भएको छ। यसै परिप्रेक्ष्यमा कोलोराडो राज्यको डेनभरमा सुनिता राईको संयोजकत्वमा यहि जुन ०१, २००८ का दिन साकेवाको आयोजना हुन गइरहेको कार्यक्रममा अन्य राज्यका राईहरुको पनि सहभागिता रहने कुरा संस्थाका अध्यक्ष प्रकाश राईले वताउनु हुँदै इच्छुक महानुभावले बहुमूल्य उपस्थिति जनाइ दिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ । यसै बिच युनाईटेड किरात राई ओर्गानैजेसनका सभापति शिबाकुमार राइले संसारको बिभिन्न कुनामा बस्ने राईहरुले साकेला मनाउने कुराले खुसी लागेको कुरा बताउनु भयो। यस कार्यक्रमलाइ संसारमा ब्यापक प्रचार प्रसार गर्न निरन्तर प्रयास रहेको पनि उहाले जानकारी गराउनु भयो। -Suresh Chamling Rai in New York. Colorado news contributed by Chandra (Akash), www.akashpoetry.blogspot.com Read: यसरी मनाइन्छ किरात राई जातिको 'साकेवा' by Akash |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®