|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Boston: Sakela Festival in Boston, Massachusetts |
||
बोस्टनको साकेलामा न्यूयोर्कमा भेटने बाचा![]() Archive» Sakela in Boston. Photo: Arun Rai. Illustration: eEyeCam बोस्टन, May 22, 2008-"रातोलाइ भाले रेटौंला, न्यूयोर्कमा फेरी भेटौंला, सोई सोइ ला हो सोई सोई ला"- अमेरिकाको बोस्टन शहरमा गुन्जिएको यो गीतले अब न्यूयोर्कमा हुन लागेको साकेला नाँचको प्रतिक्षामा बस्ने मायालुहरुको ताँती लगाउने निस्चित छ। "लहरा भुईमा फूल रुखमा, लाइएछ माया भूल चुकमा, सोई सोई ला हो सोई सोई ला ऊँधाईलाइ कोशी बहन्छ, जिउ मरे किर्ति रहन्छ, सोइसोई ला हो सोई सोई ला" यही मे १८,२००८ का दिन अमेरिकाको बोस्टन शहरमा गुन्जिएको यो गीतले अमेरिका बस्ने नेपालीहरुलाई मातृभूमिको तातो याद दिलाऊदै असीन पसीन भैन्जेल नाच्न खुबै हौस्याएको थियो भने नेपाली परिकार सेल रोटी, पुलाऊ लगाएतका खानपानले नेपाली मात्र नभएर बिदेशी पाहुनाहरुलाई पनि खुबै लोभ्याएको थियो। Organizers and Sakela performers in Boston. Photo contributed: UKROA युनाईटेड किरात राई ओर्गानैजेसन अफ अमेरिकाको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख आतित्थ्य ग्लोबल फेडेरेसन अफ इनडिजिनस पीपुल्स अफ नेपालका सभापति कर्मा ग्यालजेन शेर्पाले गर्नु भएको थियो। उहाँले संसारमा जहाँ रहे पनि हामी जनजातिहरु एकताको सांगलोमा बाधीन पर्छ, तेसै भएर ग्लोबल फेडेरेसनले अन्य बिदेसमा रहेको संस्थाहरुसंग सम्पर्क गरी रहेको कुरा बताउनु भयो । यूकेआरओए न्यू इंगलैंड लोकल चाप्टरका सभापति मिस श्यामा राइले स्वागत भासण गर्नु हुँदै हाम्रो नेपाली रास्ट्रीय पहिचानको लागी यस्तो कार्यक्रमले बिदेसमा सकारात्मक भूमिका खेल्ने हुनाले संभव भएसम्म बिदेशी सबै मुलुकमा यस्तो कार्यक्रम गर्न पर्ने आबस्यक्ता औंलाउनु भयो । यूकेआरओए न्यूयोर्क चाप्टरका सभापति प्रभाकर राईले उपस्थित अमेरिकन नागरिकहरुलाई हाम्रो संस्कार के हो, यसको महत्व के छ भन्ने बारेमा जानकारी गराउनु हुँदै स्थानीय अमेरिकी नागरिकहरुले हाम्रो यस कार्यमा सहयोगको अनुरोध गर्नु भयो । बोर्ड मेंबर सुरेश चामलिंगले नेपाल सरकारले राईहरुको यो चाडलाइ रास्ट्रीय चाडको रूपमा मान्यता दिएकोमा धन्यबाद दिनु भयो । किरात इतिहासबारे बोल्नु हुँदै बोर्ड मेम्बर डा. कृष्णकुमार राईले हाम्रो भाषा, संस्कार, संस्कृति राष्ट्रको र बिस्व समुदायको सम्पति भएको हुंदा यसलाई जगेर्ना गर्न हाम्रो समुदाय, नेपाल राष्ट्र र बिस्वले नै महत्व भूमिका खेल्नु पर्छ भन्नु भयो । बोस्टनमा भएको बिभिन्न जनजातिहरुको संस्थाको तर्फबाट बोल्नु हुँदै ग्रेटर बोस्टन नेप्लिज कम्युनिटी (जीबीएनसी) सभापति प्रेम तामांगले यस्ता कार्यक्रमहरुले सम्पूर्ण जनजातिहरुलाइ एऊटै सूत्रमा बाधने र यसले नेपाल राष्ट्रको पहिचान दिलाउने बिचार ब्यक्त गर्नु भयो । यूकेआरओए का केन्द्रिय महासचिब इंजिनियर मिलन राईले आफ्नो संस्थाले गरेको प्रगति बिबरण र आगामी दिनहरुमा गरिने कार्यक्रमहरुकोलागी नेपालीहरु र अमेरिकन नागरिकहरुबाट सहयोगको अनुरोध गर्नु भयो। सिटी अफ समर्भिल कमिसन फर ओमेन बस्टनका एक्जुकेटिब डाइरेक्टर संजा दराई, सिटी अफ समर्भिल केअर एबाउट प्रिभेन्सन बोस्टनका डाईरेक्टर ट्यामी रोचा, लुथ्रान सोशल सर्विसका एलिजाबेथ चिपाले नेपाली कम्युनिटीसंग मिलेर काम गरी रहेको र अझ नेपाली कम्युनिटीलाइ उहाँहरुको सहयोग जारी राखने दृढ़ता ब्यक्त गर्नु भयो। भूटानी सरणर्थी देबी माया रिजालले अमेरिकामा आऊंदा यो संस्थाको सभापतिज्युले गर्नु भएको सहयोगको तारीफ गर्नु भयो। उक्त कार्यक्रममा बिभिन्न लोकल चाप्टरबाट र अन्य संस्थाहरुबाट आएको शुभकामना सन्देस वाचन गरीएको थियो। यूकेआरओए कालिफोर्निया, नेब्रास्का, कोलोराडो, र याक्थुम चुम्लुंग यूएसएका प्रेसिडेंट पूर्ण लिम्बूको शुभकामना वाचन गरिएको थियो। तमु समाज बोस्टनका अधक्ष सुन्दर गुरूंग, सेर्पा समाज बोस्टनका अधक्ष काजी सेर्पा ,थकाली समाजका दिनेश सेरचन, नेपाल इन्डीजिनस पीपल्स फोरमका नेत्र दराई, नेपालमा १० बर्स भन्दा बढ़ी सेवा गर्नु हुने अमेरिकी नागरिकहरु डग हल, संखुवासभा र सोलूमा शिक्षाको क्षेत्रमा सहयोग पुराउनु हुने काण्डी चाप्लिन लगाएतको पाहुनाहरु उपस्थित हुनु हुन्थ्यो। ![]() प्रबीना राईको नेतृत्वमा पाहुनाहरु महिलाहरुलाई ढाकाको पछयोऊरा, पुरूसहरुलाई नेपाली ढाकाको टोपी लगाई स्वागत गरिएको थियो। बिष्णु राई, केशब राइ, रमा राईले नाच ब्याबस्थापनको लागी बिसेस भूमिका निर्बाह गर्नु भएको थियो । धौल बीर राई र मोना राईको संयुक्त उदघोसणमा भएको उक्त कार्यक्रमको बिसर्जन गर्दै सभापति शिबकुमार राईले उपस्थितहरुलाइ धन्यबाद सहित संसारमा हाम्रो संस्कार र संस्कृति फैलाउनु पर्नेमा जोड़ दिनु भयो । ![]() कलाकार जय राईले मुरलीको धुन बजाएर दर्शकलाइ मंत्रमुग्ध पार्नु भएको थियो भने बाल कलाकार जेनिफ राइले नृत्य प्रस्तुत गर्नु भएको थियो । यूकेआरओए का सभापति शिबकुमार राइले ढोल बजाएर साकेला नाचको शुभारम्भ गर्नु भएको थियो । सिलीमोप्पा नारद राई र सिलिमोमा सुनीता राईको नेतृत्वमा नाचिएको साकेला नाचमा युबा युबतीहरु र अमेरिकी नागरिकहरु बढी हौसिएका देखिन्थ्यो । "रातोलाइ भाले रेटौंला, न्यूयोर्कमा फेरी भेटौंला, सोई सोइला हो सोई सोई ला" यसरी फेरी न्यूयोर्कमा भेटने बाचा सहितको गीत गाउँदै बोस्टनको साकेला सकिएको थियो । -Makar Rai in Boston, Massachusetts (मकर राई बोस्टनबाट) ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() Photos contributed by Prabina Rai and Arun Rai, Boston |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®