|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from USA: Kirat Rai Festival Sakewa |
||
|
यसरी मनाइन्छ किरात राई जातिको 'साकेवा' Colorado, May 19, 2008-साकेवा किरात राई जातिलाई चिनाउने अमूल्य निधि सम्पदा हो । चण्डी नाँच भनेर पनि चिनिने किरात राई जातिको यो महान पर्वलाई राईहरुको विभिन्न भाषामा साकेवा, साकेला, साकेल, सेक्रो, ढ्व्ङ्गको, तॊसी आदी भनी वोलाइने गरिन्छ । चण्डी नाँच नामकरणले साकेवाको विशेषतालाई प्रष्टाउन सक्दैन । साकॆवा उधौली र उभौली गरी वर्षमा दुई पटक मनाईन्छ । यो चाड उधौलीभन्दा उभौंली प्रसिद्ध छ । मुलतः मंसीर महिनाको पूर्णिमाका दिन उधौली र बैशाखे पूर्णिमादेखि शुरु हुने उभौली दशमीसम्म मनाईन्छ । साकेवाका बेला राईहरुमा हर्षोलास छाउँछ । साकेवालाई सजिलो अर्थमा बुझ्ने हो भने नाच्ने-गाउने, मिठामिठा खानेकुरा खाने, युवा-युवतीवीच मायाप्रीति साट्ने तथा इष्टमित्रसित भेट गरी दुःख-सुखका कुरा आदन-प्रदान गरि वर्षभरिका पीर-दर्दलाई भुल्ने माध्यम अर्थात सुनौलो मौका भनि बुझ्न सकिन्छ । तर यसको छुट्टै साँस्कृतिक, धार्मिक, पारम्परिक तथा शास्त्रीय महत्व रहेको छ । साकेवा मनाउने आफ्नै विधि छ। र यसको प्रकृया लामो छ। प्रकृति पुजारी राईहरु यस समयमा उनीहरुका आराध्य देवता सुम्निमा-पारुहाङ, कुल मृत मातृ-पितृ आत्माद्वारा दैवी शक्ति प्राप्त होस् भनि आराधना गर्ने, सारा लोक जगतको कल्याण र समृद्धिको लागि आर्शिवाद माग्ने, रोगब्याधी हटाई निनाम्माले सुस्वस्थ्य राखुन् साथै अन्नवालीमा सह प्राप्त होस् भनि पूजाअर्चणा गर्ने कार्यहरु पर्दछ । -Chandra (Akash), Colorado, USA. www.akashpoetry.blogspot.com |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®