Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

सद्भावना पार्टी 'आनन्दीदेवी' का तीनवटा महाधिवेशन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

काठमाण्डौं, October 18, 2008- 'कहीं नभएको जात्रा हाँडी गाउँमा' भने झैं मधेशवादी दल नेपाल सद्भावना पार्टी 'आनन्दीदेवी' नामक एउटै पार्टीका तीनवटा महाधिवेशन हुने भएका छन् । लोकतान्त्रिक आन्दोलन २०६२-०६३ को एक घटक सो पार्टीमा आन्दोलनपछि सरकारमा जाने विषयमा भएको विवादमा मुछिएका तीन गुटका नेताहरुले छुट्टाछुट्टै महाधिवेशनको आयोजना गरेका हुन् ।

पार्टीमा अहिले सरिता गिरी समूह, खुसीलाल मण्डल समूह र श्यामसुन्दर गुप्ता समूह गरी तीन वटा गुट छन् । यसमध्ये गिरी समूह र मण्डल समूहले आनन्दीदेवी सिंहलाई नै आफ्नो अध्यक्ष मानेका छन् भने गुप्ता समूहले सिंहलाई मानसिक रोगी घोषणा गर्दै उनलाई पार्टी अध्यक्ष पदबाट हटाएर श्यामसुन्दर गुप्तालाई पार्टी अध्यक्ष बनाएको छ ।

तीन समूहमध्ये पार्टी अध्यक्ष सिंह हाल गिरी समूहमा देखिएकी छन् । गिरी समूहद्धारा सिरहाको लाहानमा आयोजित पाँचौं महाधिवेशनको उद्घाटन शुक्रबार अध्यक्ष सिंहले नै गरेकी छन् । कार्तिक १ देखि सुर भै कार्तिक ३ सम्म लाहानमा भैरहेको सो समूहको महाधिबेशनले नेतृ गिरीलाई पार्टी अध्यक्षमा निर्वाचित गर्ने पक्कापक्कीजस्तै छ । पार्टीबाट संविधान सभामा दुईमध्ये दुवै जना गिरी समूहका छन् ।

अध्यक्ष सिंहलाई मानसिक रोगी भएको आरोप लगाउँदै अध्यक्षबाट निस्कासन गरी आफैं अध्यक्ष भएका श्यामसुन्दर गुप्ता समूहलेपनि कार्तिक ३-५ सम्म रुपन्देहीको भैरहवामा पार्टीको महाधिवेशन बोलाएको छ । गुप्ता मन्त्री भएका बेला अध्यक्ष सिंहको अपहरण गरेको आरोप लागेको थियो । सिंह अपहरणमुक्त भएलगत्तै गुप्तालाई पार्टीबाट निस्कासन गरेकी थिइन् ।

यी दुई समूहका अलवा खुसीलाल मण्डलले नेतृत्व गरेको 'आनन्दीदेवी' को अर्को समूहपनि छ । यो समूहले आगामी कार्तिक २६-२८ सम्म जनकपुरमा पार्टीको महाधिवेशन बोलाएको छ । यो समूहले पार्टीको बहुमत केन्द्रीय समिति आफ्नो पक्षमा रहेको दावी कोषाध्यक्ष तेजकान्त झाले गरेका छन् । मण्डल पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहका अत्यन्त निकटस्थ मानिन्थे ।

शुरुमा 'नेपाल सद्भावना पार्टी' नाम रहेको सो पार्टी शाही शासन प्रारम्भ भएपछि लोकतान्त्रिक र राजावादी गरी दुई खेमामा विभाजित भएको थियो । राजावादी खेमाको नेतृत्व बद्रीप्रसाद मण्डलले गरेका थिए । लोकतन्त्रवादी खेमाले भने छुट्टै समूह बनाएर त्यसको नाम नेपाल सद्भावना पार्टी 'आनन्दीदेवी' राखेको थियो । लोकतान्त्रिक आन्दोलनको सफलतापछि दुवै समूहको पार्टी एकता भएको थियो ।

मन्त्री परिषद्मा सो पार्टीले एक स्थान पाउने भएपछि पार्टीभित्र विवाद र विभाजनको प्रकृया सुरु भएको थियो । सुरुमा ह्दयेश त्रिपाठी मन्त्री भए । उनी मन्त्री भएलगत्तै उनलाई हटाउन राजेन्द्र् महतो लागे र उनी सफलपनि भए । महतो मन्त्री बनेपछि उनलाई हटाएर श्यामसुन्दर गुप्ता मन्त्री भए । उता महतोले आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टीलाई पुनर्जिवन दिए । उनी हाल सो पार्टीको अध्यक्ष र मन्त्रीपनि छन् ।

महतो नेतृत्वको सद्भावनाले संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फबाट ५ गरी ९ स्थानमा विजय हासिल गरेको छ । तर आपसी फुट र विभाजनकाकारण आनन्दीदेवी समूहले भने समानुपातिकबाट जम्मा २ जनामात्र निर्वाचित गराउन सक्यो । गुप्तालाई चािहं तत्कालिन प्रम गिरिजाप्रसाद कोइरालाको निगाहका कारण मन्त्री परिषद्को कोटाबाट संविधान सभामा मनोनयन गरिएको थियो ।
  यसअघि अध्यक्ष सिंह र राजेन्द्र महतो पक्षबीच पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको थियो । पार्टी अध्यक्ष सिंहको नाम र बहुमतपनि सिंह पक्षमा भएको भन्दै निर्वाचन आयोगले सिंह पक्षलाई मान्यता दिएको थियो त्यसैकारण महतोले नेसपा आनन्दीदेवी को सट्टा नेपाल सद्भावना पार्टीको रुपमा नयाँ पार्टी बनाएका थिए ।

त्यतिेबला बहुमत र अध्यक्ष सिंहको नामलाई आधार बनाएर पार्टीको आधिकारिकता सिंह पक्षलाई दिइएपनि हाल बहुमत कुनैपनि पक्षमा नदेखिएकाकारण यससम्बन्धी विवाद निकै जटिल हुने देखिएको छ । सद्भावनाभित्रको विवादले निर्वाचन आयोगलाईपनि फेरि एक पटक विवादको घेरामा तान्ने पक्कापक्की छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®