Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
आतंकवाद नियन्त्रणका लागि सार्क क्षेत्रका १० स्थानमा केन्द्र स्थापना


आफ्ना दुई सहयोगीक साथमा सार्क महासचिव डा. शर्मा बीचमा Photo: Sitaram

काठमाण्डौं, December 17, 2008- सार्क महासचिव डा. शिलकान्त शर्माले सार्क क्षेत्रका सदस्य राष्ट्रहरुले आतंकवाद नियन्त्रणका लागि विगतमा भएको सम्झौतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टस्र क्लब नेपालद्धारा राजधानी काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले आतंकवाद सार्ककै चुनौती भएकाले त्यसविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । उनले भने- 'आतंकवाद नियन्त्रणका लागि भएको सम्झौता कार्यान्वय गर्ने जिम्मेवारी सदस्य राष्ट्रहरुको हो यसलाई प्रभावकारी रुपमा अगाडि बढाए आतंकवाद धेरै हदसम्म नियन्त्रण हुनेछ ।'

सार्कका सदस्य राष्ट्रहरुले आतंकवाद विरुद्ध एक अर्कालाई सहयोग गर्ने सम्झौता गरेकाले तदअनुरुप काम हुने आशा उनले व्यक्त गरे । आतंकवाद नियन्त्रणका लागि सार्क क्षेत्रका १० स्थानमा केन्द्र स्थापना भएको बताउँदै पांचवटामा प्रभावकारी काम भइरहेको दावी उनले गरे । डा. शर्माले सार्कको विकास र आतंकवादविरुद्ध गरिएको सम्झौता कार्यान्वयनतर्फ काम अगाडि बढिरहेको जानकारीपनि दिएका छन् ।

खाद्यान्न, सुरक्षा, यातायात सन्‍जाल निर्माण, ऊर्जा उत्पादन, सार्क विश्वविद्यालय संचालनका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल भएको बताउँदै महासचिव डा. शर्माले भने- 'सार्क क्षेत्रको विकासका लागि महत्वपूर्ण कामहरु अगाडि बढाइएको छ, सार्क अझ प्रभावकारी हुन्छ, सदस्य राष्ट्रहरुबाट पनि सार्कलाई प्रभावकारी बनाउने गम्भीरता प्रकट भइरहेको छ ।' खाद्यान्न सुरक्षाका लागि सदस्य राष्ट्रहरुले गर्ने योगदान तय भइसकेको बताउदै काम अगाडि बढेको उनको भनाई थियो ।


  सार्कलाई प्रभावकारी बनाउन जनता जनताबीचको सम्बन्ध विस्तारका आधार तयार गर्ने विभिन्न कार्यक्रम अगाडि सारिएको बताउँदै महासचिव शर्माले सन् २०१० बाट सार्क विश्वविद्यालय संचालनमा आउने बताए । भारतमा विश्वविद्यालय बनिरहेको बताउँदै विश्वस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको बताएका उनले सार्क क्षेत्रमा उच्चतम शिक्षाका लागि सार्क विश्वविद्यालयले योगदान पुर्याउने लक्ष्य राखिएको जानकारीपनि दिएका छन् ।

ऊर्जा समस्या समाधानका लागि सदस्यराष्ट्रहरुबीच सम्झौता भएअनुरुप काम अगािड बढिरहेको बताउँदै शर्माले ऊर्जा मन्त्रीहरुको बैठक आगामी जनवरीमा बस्ने जानकारी दिए । उनले भने- 'ऊर्जा संकट समाधानका लागि सार्कले ठोस नीति बनाउँदैछ ।' खाद्यान्न संकट समाधान सूचना र संचारका क्षेत्रमा आपसी समन्वय गरी अगाडि बढ्न बैठकहरु बसिरहेको जानकारी गराएका उनले सार्कले महत्वाकांक्षी योजनाहरु अगाडि सारेकाले कार्यान्वयनका लागि सबैले गम्भीरता देखाउने आशा व्यक्त गरे ।

सार्क राष्ट्रहरुबीचको खुल्ला आवतजावतको अभ्यास भइरहेको उल्लेख गर्दै अन्य राष्ट्रबीच पनि त्यसको व्यवस्था गर्न सम्बन्धित राष्ट्रहरुकै निर्णयमा भर पर्ने उनको कथन छ । स्मरणीय छ, सार्क महासचिव शर्मा भारतीय नागरिक हुन् । सार्कको अध्यक्ष र महासचिव सदस्य राष्ट्रहरुको तर्फबाट पालैपालो हुने प्रचलन छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®