|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राजा र राजतन्त्र जोगाउन रातारात बैठक तिब्र आमा राजा बचाउनतिर, छोरी कांग्रेस बचाउनतिर काठमाडौं, May 21, 2008-राजतन्त्रको भाग्य फैसला गर्ने जेठ १५ को संविधान सभाको पहिलो बैठकमा राजतन्त्र जोगाउन भरमग्दुर प्रयत्नको खोजीमा राजावादी दलहरु लागेका छन् । यसै प्रयोजनकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेताहरुको गोप्य बैठक मंगलबार बसेको थियो । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निवास महाराजगन्जमा बसेको बैठकमा अध्यक्ष राणाका अलवा लोकेन्द्रबहादुर चन्द, महामन्त्रीद्धय दीपक बोहोरा र ध्रुबबहादुर प्रधान, सभासद् प्रतिभा राणा (पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउबाकी पत्नी डा. आराजु राणा देउबाकि आमा) लगायतको सहभागिता थियो । बैठक बेलुकी अबेरसम्म भएको बताइएको छ । श्रोतका अनुसार अन्तरिम संविधानमै टेकेर राजतन्त्र कसरी जोगाउन सकिन्छ भन्ने कुराको खोजी गर्ने कुरामा नेताहरुले छलफल गरेका थिए । यसैगरी गणतन्त्र घोषणा गर्न नदिन संविधान सभामा रहेका अन्य राजावादी दल र संविधान सभा सदस्यसँग छलफल गर्नुपर्ने कुरामा जोड दिइएको थियो । अध्यक्ष थापाले सार्वजनिक कार्यक्रममा भने संविधान सभाले गर्ने निर्णय आफूलाई मान्य हुने बताउँदै आएका छन् । तर उनको पार्टीले गणतन्त्रमा जाने निर्णय गरेको छैन । उता राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १५ बस्ने संविधान सभा बैठकले गणतन्त्रको घोषणा गरे देशमा अनर्थ हुने चेतावनी दिएका छन् । संविधान सभामा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सभासद्हरुको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । राप्रपा नेपाल श्रोतले बताए अनुसार केही दिन अघिको भेटमा आफूले राजा ज्ञानेन्द्रलाई गद्दी र नारायणहिटी नछाड्न सुझाव दिएको थापाले बताउने गरेका छन् । 'सकेसम्म बार्गेनिङ्ग गर्नुपर्छ भन्ने सुझाव दिएको छ' शाही गृहमन्त्री थापाको भनाई उद्धृत गर्दै श्रोतले भन्यो- 'छाड्नै पर्ने भएपनि तीन ठूला पार्टीहरुलाई गलाएरमात्र छाड्नुपर्छ भनेको छु ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®