|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
शाही शासनकाबेला मन्त्री बनेका एमाले नेताहरु घर फर्किदै, कोही माओवादीमा
जाने काठमाण्डौ, January 17, 2009- राजाको शाही शासनकाबेला मन्त्री बनेका एमालेका पूर्व नेताहरु कोही माओवादीमा जाने भएका छन् भने कोही एमालेमै फर्केका छन् । एमालेको संस्थापक मध्येका चर्चित झापाली नेता राधाकृष्ण मैनाली माओवादीमा जान इच्छुक देखिएका छन् भने नेमकिपाबाट एमाले हुँदै शाही शासनकालमा जलश्रोत राज्यमन्त्री बनेका बिनोदकुमार शाह एमालेमै फर्किएका छन् । श्रोतका अनुसार गत मंगलबार पूर्व एमाले नेता राधाकृष्ण मैनालीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । सोही अवसरमा उनले आफू कम्युनिष्ट आन्दोलनमै सकृय हुन चाहेको बताएका थिए । उनको इच्छालाई सकरात्मक रुपमा िलंदै प्रचण्डले माओवादीमा आउन आग्रह गरेका थिए । एमालेले अपमानजनक ढंगले पार्टीबाट निस्कासन गरेपछि उनी शाही शासनकालमा शिक्षामन्त्री बनेका थिए । उता शनिवार बल्खुस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव झलनाथ खनालले शाहीकालीन मन्त्री बिनोदकुमार शाह, दैलेख, पदम भण्डारी, इलाम, यज्ञराज न्यौपाने, कालीकोटलाई पुन: पार्टी प्रवेश गराए । उनीहरु तीनैजना पूर्वसांसदपनि हुन् । भण्डारी र न्यौपानेलेपनि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा शाही शासनका समर्थन गरेका थिए । उनीहरुलाई स्वागत गर्दै एमाले महासचिव खनालले विगतमा विविध कारणबश बाहिरिएकाहरुका लागि आफ्नो पार्टीको ढोका खुला रहेको बताए । एकताबद्ध हुनेहरुलाई पार्टीले विनाभेदभाव जिम्मेवारी दिने बताऊदै उनले भने- 'विगतमा जे सुकै कारणले पार्टीबाट बाहिरिएको भएपनि तपाईंहरुको यस निर्णयलाई पार्टीलाई सहयोग गर्ने छ ।' नवप्रवेशी विनोदकुमार शाहले विगतमा आफूले गल्ती गरेको महसुस भएको स्वीकार गर्दै आगामी दिनमा पार्टी, मुलुक र जनताको हितमा इमानदारीपूर्वक लाग्ने बताएका थिए भने भण्डारीले पार्टीमा फर्किन पाऊदा आफूलाई गर्व लागेको बताएका थिए । पछिल्लो समयमा माओवादी र एमालेबीच राजावादी पृष्ठभूमिका राजनीतिकर्मीहरुलाई आफ्नो पार्टीमा भित्र्याउने होड चलेको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||