|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
दरबारको सुरक्षा यसरी हुँदैछ काठमाडौं, May 31, 2008- संविधान सभाको पहिलो बैठकको निर्णयबाट राष्ट्रिय संग्रहालयमा परिणत नारायणहिटीको सुरक्षा व्यवस्था सम्बन्धमा अध्ययन गर्न सरकारले एक कार्यदलको गठन गरेको छ । कार्यदलको संयोजकमा गृहमन्त्रालयको प्रबक्तासमेत रहेका गृह सचिव मोदराज डोटेल तोकिएका छन् । केन्द्रीय सुरक्षा समितिको शुक्रबारको बैठकले यो निर्णय गरेको हो । कार्यदलमा नेपाली सेनाका सहायकरथी केशवराज महत, जनपद प्रहरीका डिआइजी महेन्द्र भट्टचन, नेपाल प्रहरीका डिआइजी सुरेन्द्र पाल र दरवारको सैनिक प्रहरी लेफ्टीनेन्ट कर्णेल कमल रावल छन् । हालसम्म पूर्व राजा ज्ञानेन्द्र र राजपरिवारको सुरक्षाको रुपमा मूलरुपमा सेना खटिएपनि सशस्त्र प्रहरी र जनपद प्रहरीपनि सुरक्षामा संलग्न छन् । सो कार्यदलले नारायणहिटी दरवार र पूर्व राजपरिवारको सुरक्षाकालागि खटिएको सेनाको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारलाई सुझाव दिनेछ । राजपरिवारका सदस्यहरु अब नागरिकमा परिणत भैसकेकाले उनीहरुलाई यसअघि जस्तो सैनिक सुरक्षा प्राप्त हुनेछैन । दरवारमा रहेका अभिलेखहरुको व्यवस्थापनसम्बन्धी निर्णयपनि सो कार्यदलले गर्नेछ । हाल नारायणहिटीमा करिव ३ हजार सैनिक छन् । त्यहाँ गोरखबहादुर नामको मगर जातिको पल्टनका अलवा बर्दबहादुर गण छ भने सैनिक प्रहरीको बटालियन गण स्तरको अर्को पल्टनपनि छ । यसैगरी 'एन्टी एयरक्र्याफ्ट' सहितका तोपहरु सन्चालन गर्ने हवाई सुरक्षा गुल्मपनि छ । पूर्व राजाको निजी सुरक्षाको व्यवस्थाका सुरक्षा समन्वय कार्यालयपनि छ। -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®