![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
को हुन् राज दरबार भित्र कि
राजा कि प्रेमिका?![]() Narayanhiti Royal Palace, Kathmandu. Photo: eEyeCam काठमाडौं, March 4, 2008-नारायणहिटी राजदरवारभित्रको एउटा जीर्ण घरमा आफ्नो बुढ्यौली जीवन गुप्तरुपले बिताइरहेकी एक स्वर्गीय राजाकी प्रेमिका को हुन्? अन्य कुन कुन भित्रिनी रानी र सुसारे सुन्दरीहरुबाट को, कति सन्तानहरु भए? ति को, कहाँ छन्? यूएस नेपाल अनलाइन डट कमको बिशेष रिपोर्ट पढ्नुहोस् उहिलेका राजा-महाराजाका सबैले थाहा पाउने गरी दरवारमा दुई-तीनवटी नै बैध "बडामहारानी-महारानी" हरु हुन्थे । थाहा पाउने गरी नै दुई-तीन वटी बडामहारानी हुन्थे भने दरवारका चार दिवारभित्र सर्वसाधारणले थाहा नपाउने गरी गुप्त रानीहरु त कति हुन्थे होलान्; यो कुरा सुन्दा आजको पुस्तालाई दन्त्यकथा जस्तो लाग्छ । यसरी ल्याइएका अवैध रानीहरुबाट बच्चाहरुपनि जन्मन्थे जसलाई राजगद्दीको उत्तराधिकारबाट चािहं बिाचत गरिन्थ्यो । यसरी रानीहरु थुपार्ने कार्यमा राणाहरु अग्रणी थिए । प्रथम राणा शासक जंगबहादुरका पत्नी संख्या नै ३४ भन्दा बढिरहेको इतिहासकार पुरुषोत्तम शमशेर राणाको कथन छ । तर रानी थुपार्ने कार्यमा शाह राजाहरुपनि कम्ति थिएनन् । तर यी कुरा इतिहास भैसके भन्दै चित्त बुझाउन बाध्य छौं हामी । तर यो इतिहासमात्र होइन वर्तमानपनि हो । यसको प्रमाण हुन् नारायणहिटी राजदरवारभित्रको एउटा जीर्ण घरमा आफ्नो बुढ्यौली जीवन गुप्तरुपले बिताइरहेकी एक स्वर्गीय राजाकी प्रेमिका । दरवारभित्रको उनको गुमनाम जीवनले पहिलेका राजाहरुको यौन र वैवाहिक जीवनको झल्को दिन्छ। राजनीतिक रुपले शक्तिहीन बनाइएको नारायणहिटी राजदरवारभित्र उमेरका हिसावले सबैभन्दा बरिष्ठ सदस्य को हो भन्ने सोधियो भने सबैबाट सहज उत्तर आउँछ- "मुमा बडामहारानी रत्न" "मुमाबडामहारानी" रत्न स्व. राजा महेन्द्रकी रानी हुन् । राजा महेन्द्रले जेठी रानी इन्द्रराज्यलक्ष्मीको निधन पछि पिता त्रिभुवनको अनिच्छाका बावजुद रत्नसँग विवाह गरेका थिए । हालसम्म जीवित मुमाबडामहारानी रत्नलाई सबैले दरवारभित्रकी सबैभन्दा बरिष्ठ सदस्यको रुपमा मान्ने गरेका छन् । तर उमेरका हिसावले नारायणहिटी दरवारभित्र अर्कै महिला छन् । जसलाई त्यहाँभित्र "जिजुमुमा बडामहारानी सरकार" को रुपमा चिन्ने गरिन्छ । उमेरका दृष्टिले "मुमा बडामहारानी" रत्न ८० को हाराहारीमा छिन् भने "जिजुमुमा बडामहारानी" चािहं ९० नाघिसकेकी छिन् । र उनको नाम हो सरला शाह । सरला शाह स्व। श्री ५ त्रिभुवनकी भित्रिनी श्रीमति हुन् । राणाकालमा राजाहरुले आफ्नो शक्तिमाथि चुनौति नदियुन् भन्दै राणाहरुले राजाहरुको आमोद-प्रमोदको व्यवस्था गरिदिएका हुन्थे । आफ्ना बैध रानीहरुका अलवा राणाहरुले आमोद-प्रमोदकालागि व्यवस्था गरिदिएका तिनै युवतिहरुसँग राजाहरुको दैनन्दिन बित्ने गथ्र्या । त्यसो त प्रजातन्त्रका मामलामा राजा त्रिभुवन जति उदार थिए यौनको मामिलामा त्यो भन्दा बढि उदार देखिन्थे उनी । उनका रानीहरु नै दुईवटी थिए- कान्ति र इश्वरी जो भारतको कास्मीरका राजकुमारीहरु थिए । तर आफ्नो विरुद्ध संगठन निर्माण गर्दै रहेका प्रचण्ड गोरखा नेपाल प्रजापरिषद् नेपाली कांग्रेस राजनीतिक कार्यकर्ताहरुसँग राजा त्रिभुवनको सापिप्यता नरहोस् भन्दै राणाहरुले व्यवस्था गरेका केही युवतिमध्ये सरलापनि एक थिइन् जो अहिलेपनि जीवित छिन् । र नारायणहिटी दरवारमै आफ्नो जीवनका अन्तिम दिनहरु गुजारिरहेकी छिन् । बताइए अनुसार उनको वास्तविक नाम सरला मानन्धर हो । नारायणहिटी दरवारको मूल भवनको पूर्वपट्टि रहेको एउटा पुरानो भवनमा उनलाई राखिएको छ । राजा त्रिभुवनकी ुरखैलु भएकाले हुनुपर्छ उनलाई दरवारभित्र त राखियो । तर बैध रानीको मान्यता दिइएन । दरवारले विदेशी तथा अन्तरजातीय विवाहलाईपनि स्वीकार गर्ने गरेको छैन । त्यसैले पनि उनलाई दरवारमा राखिएपनि गुमनाम जीवन बिताउनु परेको दरवार निकट एक पूर्व कर्मचारीले यूएस नेपाल अनलाइन डट कमलाई बताए । रमोलादेवी मानन्धरलेपनि यस्तै जीवन बिताउनु परेको थियो । उनले राजा महेन्द्रका भाई अधिराजकुमार हिमालयसँग विवाह गरेकी थिइन् । तर रानी सरला शाह मानन्धर ले झैं उनले दरवारमा रहन पाइनन् । कवयित्री रमोलादेवी शाहका नामले चिनाउने उनको केही वर्षअघि नै निधन भैसकेको छ । यस्तै स्थिति नेपालकी चर्चित लेखिका बार्बरा एडम्सलेपनि भोग्नु पर् यो । अधिराजकुमार बसुन्धरासँग वैवाहिक जीवनमा बाँधिएपनि त्यो विवाहलाई दरवारले मान्यता दिएन । बार्बरालाई अझैपनि नेपालको नागरिकता दिइएको छैन । दरवारहत्याकाण्डका बेला हत्या गरिएका स्वर्गीय अधिराजकुमार धीरेन्द्रको एक बेलायती युवतीसँग विवाह गर्ने भएपछि उनले अधिराजकुमार पदवी त्याग्नु परेको थियो । त्यसअघि उनले अधिराजकुमारी प्रेक्षासँग पारपाचुके गरिसकेका थिए । कस्तो अचम्म; धीरेन्द्रसँग विवाह गरेकाले प्रेक्षा राणाले "अधिराजकुमारी" बन्ने मौका पाएकी थिइन् । समयक्रममा स्व। धीरेन्द्र एक नेपाली नागरिक सरह धीरेन्द्र शाहमा परिणत भए । तर अधिराजकुमार धीरेन्द्रसँगको विवाहका कारण अधिराजकुमारी बन्ने मौका पाएकी प्रेक्षु धीरेन्द्रसँगको डिभोस्रपछिपनि अधिराजकुमारी नै रहिन् । राजा त्रिभुवनकी भित्रिनी रानी सरला मानन्धरसँगबाट सन्तान भए कि भएनन् भएका थिए भने उनीहरु कस्तो हालतमा छन् भन्ने कुराको खुलाशा हुनसकेको छैन । किनभने यस्ता कुराहरुलाई दरवारले अत्यन्त गोप्य राख्ने गर्छ । तर त्रिभुवनपछि नेपालको राजगद्दी सम्हालेका उनका जेठा छोरा राजा महेन्द्रकीपनि पिता त्रिभुवनजस्तै एकजना भित्रिनी रानी थिइन् । उनी गुरुङ्ग परिवारकी थिइन् । दरवारमा कार्यरत ती सुसारे गुरुङ्ग महिलासँगको यौन सम्पर्कबाट रवीन्द्र शाहको जन्म भएको थियो । उनी स्व। राजा बीरेन्द्र भन्दापनि जेठा थिए । उनी आफूलाई राजकुमार रवीन्द्र शाहको नामबाट चिनाउने गर्थे । तर गुरुङ्सेनी सुसारेबाट जन्मिएकाले उनलाई राजगद्दीको उत्तराधिकारीको रुपमा त परै जाओस् राजा महेन्द्रको जेठो छोराको रुपमापनि स्वीकार गरिएन । यद्यपी राजकुमार रवीन्द्रले २०५४ मा "म राजा महेन्द्रको जेठो छोरो र राजा वीरेन्द्रको दाजु हुँ" भन्दै सार्वजनिक अन्तर्वार्तापनि दिएका थिए । राजकुमार रवीन्द्रकी आमा स्व। महेन्द्र भन्दा १० वर्ष जेठी भएको बताइन्छ । महेन्द्र १३ वर्षको हुँदा उनीबाट रवीन्द्रको जन्म भएको थियो । आफ्नै शासनकालमा महेन्द्रले आफ्नी गुरुङ्सेनी पत्नी र जेठा छोराकालागि कालिमाटी रवीभवनमा एउटा महलको व्यवस्था गरिदिएका थिए । राजकुमार रवीन्द्रको २०५४ मा निधन भएको थियो । विसं २०२८ मा राजा महेन्द्रको निधन हुँदा राजकुमार रवीन्द्रले गद्दीको दावी गर्न सक्ने भयले रवीभवनस्थित उनको निवासलाई सेनाले घेरा हालेको थियो । आफूलाई गुमनाम जीवन बिताउन बाध्य पारिएकोमा उनी आफू निकटस्थहरुसँग असन्तुष्टी पोख्ने गर्थे । असन्तुष्टि र निराशाकाबीच नै उनको निधन हुनपुग्यो । आधुनिक कालमापनि राजाहरुले भित्रेनी रानी राखेका थिए भन्ने कुराको अर्काे उदाहरण राजकुमार रवीन्द्रकी आमा थिइन् भने यस्ता "रानी" हरुबाट जन्मेका सन्तानलाई मान्यता दिने मामिलामा कसरी अन्याय गरिएको थियो भन्ने कुराको एक उदाहरण १० वर्षअघिसम्म राजकुमार रवीन्द्र थिए । त्यस्तै जीवित उदाहरण रानी सरला शाह बनेकी छन् जसको न कुनै सार्वजनिक परिचय छ न त राजा त्रिभुवनकी रानीको रुपमा मान्यता नै । उनी केवल राजाको यौनतुष्टिको साधनमात्र बन्न पुगेकी थिइन् भन्ने कुरा उनको गुमनाम जीवनले देखाएको छ । उनलाई न राजा त्रिभुवनले आफ्नी श्रीमतिको रुपमा मान्यता दिए न त त्यसपछि राजा बनेका महेन्द्र बीरेन्द्र र ज्ञानेन्द्रका पालामा नै उनलाई प्रजातन्त्रका पिता श्री ५ त्रिभुवनकी एकमात्र जीवित रानीको रुपमा नेपालीलाई जानकारी दिइयो । आफ्नो जीवनको अन्तिम समयमा त्रिभुवनले सरलाको बारेमा भविष्यका बारेमा चिन्ता गरेकाले हुनसक्छ उनले नारायणहिटीभित्रै बाँकी जीवन बिताउने मौकासम्म पाएकी छिन् । यस हिसावले राजाहरुको यौनतुष्टिको साधनमात्र बनेका अन्य महिला भन्दा सरला शाह भाग्यमानी देखिन्छिन् । उनलाई राजपरिवारको सदस्यको रुपमा गणना नगरिएकाले देशमा राजतन्त्र कायम भएकाबेलासमेत राज्यबाट भत्ताको व्यवस्था गरिएको थिएन । उनको जीवनयापनकालागि भने दरवारकै ढुकुटी विभागबाट केही रकमको व्यवस्था गरिएको श्रँेतले बताएको छ । साथै उनको सेवा-सुश्रुसाकालागि आधा दर्जन सुसारेपनि दिइएको छ । नारायणहिटी परिसरभित्रै उनको जीवन बितिरहेपनि उनको निवास बिल्कूलै विरानो ठाउँजस्तो छ भन्ने श्रँेतको दावी छ । नारायणहिटी दरवार परिसरभित्रको सबैभन्दा पुरानो तथा गाउँले पाराको घर उनलाई दिइएको जानकारहरु बताउँछन् । श्रँेतका अनुसार उनी निकै कममात्र आफू बसेको भवनबाट बाहिर निस्किने गर्छिन् उनलाई हनुमानढोकास्थित नृिसंह देवताको दर्शन गर्न जानेसम्मको छुट दरवारले दिएको थियो । तर लोकतन्त्रको पुनर्वहालीपछि उनी आफू रहेको भवनबाट बाहिरपनि ननिस्केको बताइएको छ । आफू बसेको भवनबाट बाहिर निस्केका बेला उनले आफू बसेको भवनको सुरक्षुको लागि खटिने सिपाहीहरुलाई केही रकम दिने गरेकी थिइन् । -बिबेक बराल २०६४ फागुन २१, March 4, 2008 |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®