Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी जनयुद्धको उद्गम स्थल रोल्पामा उपनिर्वाचनको तयारी शुरु

रोल्पा, January 7, 2009- माओवादी जनयुद्धको उद्गम स्थल रोल्पा जिल्लाको क्षेत्र नं. २ को उपनिर्वाचनका लागि तयारी शुरु भएको छ। माओवादी अध्यक्ष तथा प्रधान मन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'ले राजीनामा दिएपछि खाली हुन गएको उक्त क्षेत्रको उपनिर्वाचन काङ्रेस र एमालेले हुनै नसक्ने बताए पनि प्रमुख जिल्ला अधिकारी र माओवादी प्रमुखले भने एक जना पनि बिस्थापित नभएको दाबी गर्दै चुनावी बातावरण भएको बताएका छन्‌।

जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचन क्षेत्र नं. २ मा हुने संविधान सभा सदस्य उपनिर्वाचनका यही पुस २७ गतेदेखि नामावली संकलन तथा अद्यावधिक कार्य शुर गर्ने भएको छ ।

निर्वाचन कार्यालयले हिजो सदरमुकाम लिबाङमा नामावली संकलन तथा अद्यावधिक सम्बन्धि सहायक नाम दर्ता अधिकारी र संकलनकर्ताहरुलाई प्रशिक्षण सुरु गरेको छ ।

उदघाटन कार्यक्रममा सहभागीले नामावली संकलन र अद्यावधिक गर्दा राजनीतिक दलका कायकर्तासँग समन्वय गर्नुपर्नेमा जोड दिएका छन्‌ ।

स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा गाउँस्तरीय सर्वदलीय संयन्त्रको सहयोगमा कसैको पनि नामावली नछुट्ने गरी संकलन गर्नुपर्ने वताइएको छ ।

दुई दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन १३ गाउँ विकास समितिका सचिव र १३ सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका सम्मिलित रहेका छन्‌ ।

बाँकी १३ गाउँ विकास समितिका सचिव र शिक्षक-शिक्षिकालाई भोलि प्रशिक्षण दिइने निर्वाचन अधिकृत चुडामणी पन्थीले जानकारी दिनुभएको छ ।

पुस २७ गतेदेखि माघ १२ गतेसम्म नामावली संकलन कार्यलाई तीब्रता दिइने निर्वाचन अधिकारी पन्थीले बताउनु भएको छ ।

पहिलो हुनेले जित्ने निर्वाचन अन्तर्गत रोल्पा क्षेत्र नं. २ बाट विजयी माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि उपनिर्वाचन हुने भएको हो ।

मंसिर महिनामै उपनिर्वाचन हुने चर्चा चल्नासाथ मतादाता शिक्षा अभियान यसअघि समेत सम्पन्न भईसकेको छ ।

विद्युतिय माध्यमबाट मतदान हुने भनिएको उपनिर्वाचनको मिति निश्चित नभएपनि रोल्पामा तयारीलाई भने निरन्तरता दिएको पत्रकार केशव शर्माले जनाएका छन्‌ ।

यता नेपाली काँग्रेस र एमालेले भने रोल्पामा माओवादीकै क्रियाकलापका कारण संविधानसभाको उपनिर्वाचन हुनसक्ने वातावरण नरहेको दाबी गरेका छन्‌ ।
 
माओवादी कार्यकर्ताले अझै पनि गाउँलेलाई थर्काउने, अरू दललाई गतिविधि गर्न नदिने, जनअदालत नभएपनि त्यसको नाउँमा विभिन्न क्रियाकलाप जारी राखेका कारण रोल्पामा उपनिर्वाचन हुनसक्ने अवस्था नरहेको उनीहरुको दाबी छ ।

एमाले रोल्पाका सचिव हरिप्रसाद घर्तीले जिल्लामा माओवादीको एकलौटी भएका कारण अरू दललाई संगठन विस्तारका क्रियाकलाप गर्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ।

केन्द्रीयस्तरका नेताले जिल्लाका नेतालाई त्यस्ता अराजक गतिविधि सञ्चालन नगर्न दबाब दिएमात्र उपचुनाव सम्भव भएको एमाले सचिव घर्तीको भनाई छ ।

नेपाली काँग्रेस रोल्पाका सभापति कृष्ण घर्तीमगरले मतदाता नै गाउँ जान नसक्ने स्थितिमा हुने उपचुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गर्नुभएको छ।

माओवादी रोल्पाका जिल्ला सेक्रेटरी आशाबहादुर पुनले भने सबै दलसँगको सम्बन्ध निकै राम्रो रहेको दाबी गर्दै पहिलेजस्तो अवस्था नभएको जिकिर गर्नुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी केशव आचार्यले पनि रोल्पामा अहिले एकजना पनि विस्थापित नभएको दाबी गर्दै अन्तको तुलनामा दलहरूबीचको सहकार्य राम्रो भएको उल्लेख गर्नुभएको छ ।

केही समस्या आएमा सबै दलहरू एक–आपसमा मिलेर सुल्झाउने भएका कारण पनि अवस्था असहज नभएको उहाँको भनाई छ ।

-Geban Mijhar in Surkhet
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®