|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
लौ सुनौं जनयुद्धको उद्गमस्थलको बीरताको कहानी रोल्पा र रोल्पाली जनताले सिकाएको पाठ ![]() रोल्पाली सभासद्हरु वायाँबाट क्रमश खुमा सुवेदी, जोखबहादुर महरा, झक्कुप्रसाद सुवेदी, वर्षमान पुन, कृष्णबहादुर महरा, पुष्पकमल दाहाल प्रचण्ड, जयपुरी घर्ति, ओनसरी घर्तिमगर, तारा घर्तिमगर र सन्तोषी बिक । फोटो- दिनेश श्रेष्ठ Rolpali CA Memebers: L to R: Khuma Subedi, Jokhbahadur Mahara, Jhakkuprasad Subedi, Barsaman Pun Magar, Krishnabahadur Mahara, Pushpakamal dahal 'Prachanda', Jayapuri Gharti Magar, Onasari Gharti Magar, Tara Gharti Magar and Santoshi BK. Photo: Dinesh Shrestha काठमाडौं, May 11, 2008-दश वर्षसम्म युद्ध लडेका माओवादीका कार्यकर्ताहरु आजकल सामुहिक-जनवादी विवाह गर्न रुचाउँछन् । केही रोल्पाली माओवादी जोडीहरुको विवाह उत्सवजस्तो लागेपनि वास्तवमा यो दृष्य विवाहको थिएन । बरु संविधान सभामा निर्वाचित माओवादी अध्यक्ष प्रचण्डसहित रोल्पाका १० जना संविधान सभाका सदस्यहरुको अभिनन्दनको उत्सव थियो । बिहीबार राजधानीको राष्ट्रिय सभा गृहको रौनकपनि केही माओवादी जोडीहरुको सामुहिक विवाह जस्तै थियो । रोल्पाली महिलाहरुको बिशेष पहिरन 'गादो' लगाएकी रोल्पाकी पूर्व रापंस बमकुमारी बुढामगर लगायतका मगर महिलाहरु र घलेक पहिरिएका गुरुङ्ग महिलाहरुले जब मन्चमा उपस्थित ५ पुरुष र ५ जना महिलालाई अविर र माला लगाइदिन थाले त्यहाँ नजिकै रहेका दर्जीहरुले नर्सिङ्ह र पन्चैबाजाले सभागृह हललाई गुन्जायमान पारे । हल रोल्पालीहरुको तालीले गुन्जियो । संभवत नेपालको सीमाभित्र रोल्पा भन्ने जिल्ला नभएको भए संविधान सभाको चुनाव नहुनपनि सक्थ्यो । संविधान सभाकालागि सबैभन्दा बढि रगत बगाएका रोल्पालीहरुले रोल्पाको इतिहासमै सबैभन्दा बढि प्रतिनिधिहरु पठाउन सफल भएका छन् । संविधान सभाकालागि सबैभन्दा धेरै रगत बगाएका रोल्पालीहरु १० जनालाई संविधान सभामा पठाउन सफल भएपछि त्यसैको उत्सव कार्यक्रम राखेका थिए । ३ बर्षअघिसम्म काठमाडौंमा रोल्पाली हुँ भन्नसमेत डर मान्नुपर्थ्यो । प्रहरीले रोल्पाली भन्ने थाहा पाएपछि पक्राउको डर हुन्थ्यो । काठमाडौंबाट रोल्पा जाने र रोल्पाबाट काठमाडौं आउने गाडीलाई ठाउँ-ठाउँमा सेना-प्रहरीले खानतलासी लिन्थे । रोल्पालीलाई सास्तीको क्रम ०४८ को संसदीय चुनावमा रोल्पाका दुबै सिटमा जनमोर्चाले जितेपछि अरु बढ्यो । ०५० साल लाग्दा नलाग्दै जिल्लामा रोमियो अपरेशन सुरु भयो । जननिर्वाचित जिविस सभापति झक्कु सुवेदीले विकास निर्माणका काम गर्न पाएनन् पक्राउ गरेर उनी थुनिए । उनले काठमाडौंका हिरासतमा करिव ३ वर्ष बिताए । यी सबै सास्तीको एकमुष्ट बदला संविधान सभा चुनावमार्फत् रोल्पालीले लिएका छन् । 'भाग्यमानी' रोल्पा रोल्पाबाट अध्ययनकालागि काठमाडौं आएका रोल्पाका दीपेश पुन मगर अलिक उत्तेजित थिए । माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पा-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष रहेका पुनले कार्यक्रममा उपस्थित माओवादी अध्यक्ष लगायतका रोल्पाली सभासद्हरुको सम्मानमा आयोजित कार्यक्रममा भने- '३० वर्षे पाचायत र १६ वर्षे बहुदलकालमा नारायणहिटी र िसंहदरवारको आदेशमा सेना-प्रहरीले रोल्पाबासीलाई सताउनसम्म सताए आज हामीले नारायणहिटी र िसंह दरवारमा अपरेशन गर्नकालागि १० जना सभासद् पठाएका छौं ।' दीपेश पुनले भनेजस्तै रोल्पाले आफ्नो इतिहासमै सबैभन्दा बढि अर्थात् १० जना जनप्रतिनिधिहरु संविधान सभामा पठाउन सफल भएको छ । भावी राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा प्रचारित माओवादी अध्यक्ष प्रचण्ड रोल्पा- २ बाट निर्वाचित भएका छन् भने महिला संघकी अध्यक्ष जयपुरी घर्ति 'नमूना' मगर रोल्पा- २ बाट चुनिएकी छिन् । नेपालको इतिहासमा पहिलो पटक रोल्पाली जनताले चुनेका प्रतिनिधिले प्रधानमन्त्री र राष्ट्रपति हुने सौभाग्य पाउँदैछन् । रोल्पाबाट बिजयी माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं- १० बाटपनि बिजय हासिल गरेका छन् । रोल्पाबाट सुरु भएको माओवादी जनयुद्धले १० वर्षको अवधिमा जसरी सम्पूर्ण देश ढाक्न सफल भयो त्यसैगरी रोल्पाली माओवादी नेताहरुले काठमाडौंसम्म आइपुगेर विजय हासिल गरी देश-विदेशमा समेत चर्चा बटुलेका छन् । एमाले महासचिव माधव नेपाललाई पराजित गर्ने झक्कु सुवेदी रोल्पाको गजुलका हुन् । जनमुक्ति सेनाको डेपुटी कमाण्डर रहेका बर्षमान पुन मगर 'अनन्त' ले ललितपुर- १ बाट बिजय हासिल गरेका छन् । यसैगरी सूचना तथा सन्चारमन्त्री कृष्णबहादुर महरापनि रोल्पा सदरमुकाम लिवाङ्गका हुन् । र उनले दाङ्ग- ३ बाट बिजय हासिल गरेका छन् । समानुपातिक तर्फबाट पनि रोल्पाले उत्तिकै स्थान हासिल गरेको छ । माओवादी अध्यक्ष प्रचण्डका निजी सहायक जोखबहादुर महरा 'प्रताप' लगायत महिला नेतृहरु ओनसरी घर्तिमगर, तारा घर्तिमगर, खुमा सुवेदी र सन्तोषी बिक पनि रोल्पाबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् हुन् । यी मध्ये ओनसरी र तारा यस्ता बीरङ्गना हुन् जसले माओवादी जनयुद्ध सुरुवातको दिन रोल्पाको होलेरी चौकीमा भएको आक्रमणमा सहभागी भएका थिए । त्यसका अलवा ओनसरीले माओवादी जनमुक्ति सेनाको बि्रगेड कमिसारको भूमिकापनि निर्वाह गरिसकेकी छिन् । रोल्पा- १ बाट निर्वाचित जयपुरी घर्तिमगरले गृहमन्त्री खुमबहादुर खड्काको सतबरिया दाङ्गमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमाथिको आक्रमणको नेतृत्व गरेकी थिइन्। रोल्पाको बलिदान र पसिना २०३६ को जनमत संग्रहमा रोल्पाको थवाङ्गबाट निर्दलको पक्षमा एक मतपनि परेन । निर्दलको पक्षमा एउटापनि मत नपरेको देशभरिको एकमात्र मतदान केन्द्र थवाङ्ग मतदान केन्द्रमात्र थियो । जनमत संग्रहमा पन्चायतको पक्षमा यस्तो निराशाजनक परिणामको बदला लिन तत्कालिन पाचायती सरकारलेसेना पठाएर थवाङ्गमा अपरेशन गरेको थियो । त्यसयता राज्यले रोल्पालाई कहिल्यैपनि सकरात्मक आँखाले हेर्न सकेन । फलतः २०४८ को संसदीय निर्वाचन सकिएलगत्तै त्यहाँ फेरि प्रहरी अपरेशन सुरु भयो । १० वर्षे जनयुद्धमा पनि सबैभन्दा बढि दमन खेप्ने रोल्पा नै थियो । माओवादी रोल्पाले दिएको जानकारी अनुसार जनयुद्धका क्रममा रोल्पाबाटमात्रै करिव ७ सय जनाले ज्यान गुमाएका छन । जनयुद्धको अवधिमा देशभरि मारिने माओवादीहरुको संख्या करिव १० हजार छ । अङ्गभङ्ग र विस्थापित हुने रोल्पालीहरुको संख्यापनि त्यत्तिकै छ । माओवादी विरुद्ध लगाइएको संकटकाल र त्यस क्रममा भएका सैनिक अपरेशनहरुमा गाउँका गाउँ उजाड पारिएका थिए । रोल्पाका थवाङ्ग राङ्सी माडीचौरलगायत गाउँहरुमा जाने हो भने सैनिक अपरेशनका क्रममा सेनाले ध्वस्त बनाएका घरहरुको खण्डहर अहिलेपनि देख्न सकिन्छ । यो बलिदान अनुसार रोल्पाले माओवादी पार्टीभित्र अवसरपनि पाएको छ । आफ्नो गृहजिल्ला चितवन र जन्मस्थान कास्की छाडेर माओवादी अध्यक्ष प्रचण्ड रोल्पामा उठ्नु रोल्पालीप्रतिको उनको सम्मान थियो । ३३ सदस्यीय माओवादी केन्द्रीय समितिमा सबैभन्दा धेरै सदस्य रोल्पाकै छन् । प्रबक्ता कृष्णबहादुर महरा सचिवालय सदस्य बर्षमान पुन 'अनन्त', कूलप्रसाद केसी सोनाम र नन्दकिशोर पुन 'पासाङ्ग' रोल्पाकै हुन् । सैन्य संगठनभित्र प्रचण्डपछि दोक्षो पंक्तिका मानिने ४ डेपुटी कमाण्डरमध्ये २ जना रोल्पाकै छन् । डेपुटी कमाण्डरद्धय 'अनन्त' र 'पासाङ्ग' को हैसियत माओवादीको सैन्य फाँटमा उच्च छ । चर्चित सहायक संगठन वाइसीएललाई इन्चार्जका रुपमा हाँक्ने जिम्मापनि रोल्पाकै कूलप्रसाद केसी 'सोनाम' ले पाएका छन् । जनमुक्ति सेनाको ५ नं डिभिजन कमाण्डर शुकबहादुर पुन 'शरद' पनि रोल्पाकै हुन् । १० वर्षे जनयुद्धमा मारिने माओवादीको सैन्य फाँटका सबैभन्दा उच्च डिभिजन कमाण्डर किमबहादुर थापा 'सुनिल' पनि रोल्पाकै थिए । कतिपय बृगेडको नेतृत्व अहिलेपनि रोल्पाली सैन्य कमाण्डरहरुले सम्हालेका छन् । आफ्नो निजी सहायकमा प्रचण्डले रोल्पाकै जोखबहादुर महरालाई राखेका छन् । रोल्पा- १ बाट निर्वाचित सभासद् जयपुरी घर्ति अखिल नेपाल महिला संघ क्रान्तिकारी को केन्द्रीय अध्यक्षसमेत छिन् । रोल्पाका सबैभन्दा बरिष्ठ माओवादी नेता कृष्णबहादुर महराले बर्तमान अन्तरिम सरकारमा पार्टीको नेतृत्व गरिरहेका छन् । अहिलेपनि धेरै जिल्लामा माओवादीको राजनीति रोल्पाबाटै गएका माओवादीका नेता-कार्यकर्ताले धानिदिएका छन् । पूर्वको मेचीसम्म होस् वा पश्चिमको महाकालीसम्म होस् माओवादीको राजनीति विस्तारकालागि रोल्पालीहरु नै पुगेका थिए । बर्षमान पुन 'अनन्त' पूर्वको मेची-कोशी पुगेपछिमात्र त्यहाँ जनयुद्ध फस्टाएको थियो । दार्चुला, बैतडी, कैलाली, कन्चनपुरमा माओवादी जनमुक्ति सेनाको संगठन विस्तारकालागि रोल्पाकै कालीबहादुर खाममगर 'बिबिध' हाल ३ नं डिभिजन कमाण्डर पुग्नुपरेको थियो । यसबाट देखिन्छ रोल्पालीहरुले अहिले अवसर पाएकामात्र छैनन् उत्तिकै रगत र पसिनापनि बगाएका छन् । रोल्पालीलाई प्रचण्डको अभिनन्दन रोल्पाली र रोल्पाली जनतालाई लाटो र सुधो जातिको रुपमा प्रचार गरिन्थ्यो । रोल्पालीहरुलाई हेप्नेहरुले रोल्पालीलाई असभ्य जमातको रुपमा खिल्ली उडाउँथे । काठमाडौंमा रोल्पालीहरुलाई कोक्ल्याँटो जातिको रुपमा प्रचार गर्दै एउटा ठट्यौली सुनाइने गरिन्थ्यो । ठट्यौली यस्तो थियो- 'रोल्पाका बालाराम घर्तिमगरले आफू मन्त्री भएका बेला रोल्पामा मोटरबाटो पुर्याएछन् । तर रोल्पालीले गाडीलाई कुनै जनावर हो भन्ने ठानेछन् । र गाडीलाई घाँस हालिदिएछन् ।' जनआन्दोलन सफल भएर रोल्पाली नेताहरु काठमाडौं नआउन्जेसम्मपनि रोल्पालीहरुको बारेमा यस्तो खिसिट्युरी गरिन्थ्यो । तर कठिन भन्दा कठिन क्षणहरुमा आफू र माओवादीलाई जोगाउने रोल्पा र रोल्पालीको महत्व बुझेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरुको सम्मान कार्यक्रममा निकै भावुक बन्दै रोल्पालीहरुप्रति उच्च सम्मान प्रकट गरे । 'म चितवनको मान्छेलाई रोल्पाली जनताले आफ्नो गाउँ-ठाउँमा लगेर जिताए, रोल्पाका अन्य साथीहरु दाङ्ग काठमाडौं र ललितपुरसम्म आइपुगेर चुनाव जित्नुभएको छ' प्रचण्डले भने- 'मलाई के लाग्छ भने हामी भन्दा बढि अभिनन्दनीय त रोल्पाली जनता छन् किनभने उनीहरुले असम्भव भनिएका कामहरुपनि सम्भव छन् भनेर देखाइदिएका छन् ।' काठमाडौंले रोल्पालीलाई जतिसुकै असभ्य र गवाँर किन नभनोस् रोल्पालीहरु सबैभन्दा सचेत छन् भन्ने कुरा अभिनन्दन कार्यक्रममा देखियो । कार्यक्रममा रोल्पाली ब्रिटिश गोर्खा सेनाका रिटायर्ड लप्टन मानबहादुर बुढामगरलाई मन्तव्यकालागि बोलाइएको थियो । उनले भने- 'अरु पार्टीका नेताहरु भ्रष्ट र काठमाडौं केन्द्रित भएर बिगि्रए नातावाद र आफन्तबादका कारण बिग्रिए । हाम्रा दशै जना सभासद्हरुले यो पाठबाट सिक्नुपर्छ । काठमाडौंमा चाकरी गर्नेहरुको बिगविगी छ । चाकरीप्रथाबाट हाम्रा नेताहरु मुक्त हुनुपर्छ । र हामीले रोल्पालाई नमूना जिल्लाको रुपमा प्रस्तुत गर्नुपर्छ ।' यति सचेत छन् रोल्पालीहरु, त्यसो भए के रोल्पालीहरुलाई गवाँर भन्नेहरु आफै गवाँर होइनन् त ? -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®