Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गैंडाको खाग प्रकरणमा प्रहरीको लोभिपापी खेल

काठमाण्डौ, 24 Jan, 09- नेपालको प्रहरी प्रशासन कत्तिको भ्रष्ट रहेछ भन्ने कुरा सुदुरपश्चिको कन्‍चनपुरमा समातिएको गैंडाको खाग प्रकरणले स्पष्ट पारेको छ ।

तस्करहरुले ल्याएको खाग समात्न सहयोग गर्नुको बदला प्रहरीले मिहिनेत गरी खागसहित तस्करलाई समात्ने जिल्ला बन कार्यालय दार्चुलाका जिल्ला बल अधिकृतलाई पो पक्राउ गरिदियो ।

गत विहीबार बन अधिकृतसहितको टोलीले दार्चुलाका मानबहादुर कुँवर र बझाङ्गका रबीन्द्र ऐडीलाई गैंडाको खागसहित पक्राउ गरेका कन्‍चनपुरको महेन्द्रनगरस्थित राजधानी होटलबाट पक्राउ गरेका थिए । तर खागतस्करलाई उनले शुक्लाफाँटा बन्यजन्तु आरक्षमा जिम्मा लगाएर फर्कंदै गर्दा उनलाई कन्‍चनपुर प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला बन अधिकृत चन्दलाई सर्वसाधारणलाई अपहरण गरेको आरोप लगाइएको थियो । गृहमन्त्रालयले भने प्रहरीलाई जानकारी नदिई पक्रन गएकाले यो समस्या आएको बताएको छ । चार घण्टा प्रहरी हिरासतमा रहेपछि चन्दलाई कन्‍चनपुरका जिल्ला बन अधिकृत सूर्यमणि सिग्देलको रोहबरमा रिहा गरिएको थियो ।

-Sitaram Baral in Kathmandu


कञ्चनपुर, 23 Jan, 09- गैंडाको खाग तस्कर पक्राउ गर्ने जिल्ला वन अधिकृतलाई कञ्चनपुर प्रहरीले हिजो राती ४ घण्टा थुनामा राखेर छाडेको छ।

गैंडाको खाग तस्करी गर्ने २ जनालाई पक्राउ गरेपछि दार्चुलाका अधिकृत रमेश चन्दलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

सर्वसाधारणलाई अपहरण गरी थुनामा राखेको आरोपमा कञ्चनपुरका प्रहरी प्रमुख माधब नेपालको ठाडो आदेशमा अधिकृत चन्दलाई पक्राउ गरिएको बुझिएको छ ।
४ घण्टाको थुनापछि कञ्चनपुरका बन अधिकृत सूर्यकान्त सिग्देलको रोहबरमा आज बिहान १० बजे फेरि उपस्थित गराउने शर्तमा चन्दलाई छाडिएको बताइएको छ ।

आफूहरुले तस्कर समात्दा पनि, प्रहरीले उल्टै आफैलाई खोरमा हालेको भन्दै वन अधिकृत चन्दले तस्करलाई पक्राउ गर्नुको साटो प्रहरीले नै संरक्षण गरेको आरोप पनि लगानुभयो ।

गैंडाको खागसहित दार्चुलाका मानबहादुर कुँवर र बझाङ पिपलकोटका सन्तोष ऐडीलाई हिजो साँझ महेन्द्रनगरको राजधानी गेष्ट हाउसवाट पक्राउ गरिएको उहाँको दाबी छ ।

अधिकृत चन्दले तस्करीमा संलग्न अरु ३ जना फरार रहेपनि पक्राउ परेका २ जना तस्करलाई शुक्लाफाँटा बन्यजन्तु आरक्ष मझगाउँको जिम्मा लगाइएको जानकारी दिनुभयो।
  घटनास्थलबाट जिल्ला बन कार्यालय फर्कदै गरेका बेला आफूलाई प्रहरीले भीमदत्तनगर बजारबाटै पक्राउ गरेको उहाँको भनाई छ ।

प्रहरी उपरीक्षक नेपालले भने वन अधिकृत चन्दले सर्वसाधारणलाई अपहरण गरेकाले थुनामा राख्नब लगाइएको दाबी गर्नुभएको छ ।

-Geban Mijhar in Surkhet
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®