|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
धानको बाला झुल्यो हजुर देशै रमाइलो... |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Farmers in Patan, Lalitpur harvesting rice. Photos: Samita काठमाण्डौं, October 22, 2008- दशैं सकिनासाथ नेपाली किसानहरु धान भित्र्याउने तरखरमा लागेका छन् । धान नेपालको प्रमुख खाद्य बाली हो । राजधानी काठमाडौं तथा राजधानी बाहिरका किसानहरुलाई यतिबेला धान भित्र्याउनका लागि भ्याई नभ्याई छ । राजधानीभित्रै लगाइएको धान काट्न व्यस्त किसानहरुले सबैको ध्यान आकर्षित गरेको मनोरम दृश्य यतिबेला देख्न सकिन्छ । ![]() Rice harvesting. राजधानी बाहिर कार्तिक तेश्रो सातादेखि मंसीरको दोश्रो सातासम्म धान काट्ने गरिएपनि राजधानी काठमाडौं र वरिपरि भने असोजको अन्त्य तथा कार्तिकको पहिलो सातासम्म किसानहरुले धान काटिसकेका हुन्छन् । धान काटेर खालि रहेको जग्गामा राजधानीका किसानहरु तरकारी लगायतका नगदे बाली लगाउने गर्छन् । |
|
![]() धान लगाइएका राजधानीका खेतहरुमा किसानहरु काटिएको धानलाई सुकाएर धान काटेको ठाउँमा नगदे बालीको रुपमा तरकारी लाउने कार्य गर्दैछन् भने अर्कोतिर काटेको धानलाई सुकाउन र थन्क्याउनमा व्यस्त छन् । काटेर सुकाइएको धानलाई राजधानी बाहिर दाईं हालेर परालबाट छुट्याउने गरिन्छ भने राजधानीमा भने चुटेर धान र पराल छुट्याउने गरिन्छ । काठमाडौं तथा तराईका जिल्लामा धानलाई परालबाट छुट्याउने थ्रेसर मेसिनको प्रयोग पनि बढ्दो छ । पहाडी इलाकामा पनि यस्तो मेसिनको प्रयोग बढ्दै गएको राजधानीमा आई बसोबास गर्नेहरु बताउंछन् । दशैं सकिए लगत्तै तिहार नजििकंदैछ । राजधानी काठमाडौंका नेवार किसानहरुले नजिकिदै गएको तिहारको लक्ष्मी पूजामा धनधान्यको देवी लक्ष्मीलाई नयाँ धान, चामल र नयाँ धानको चामलबाट बनेको पिठोबाट रोटी बनाई पूजा गर्ने गरेका छन् । नयाँ धान, चामल र नयाँ नयाँ चीजहरु चढाएमा लक्ष्मी पनि खुशी भई घरमा लक्ष्मीको बास बसी धनसम्पत्तिमा पनि बृद्धि हुन्छ भन्नेमा राजधानीका नेवारहरु विश्वास गर्छन् । ![]() जानकारी अनुसार काठमाडौं बाहिरका पहाडी इलाकामा भने यस्तो प्रचलन छैन । काठमाडौं बाहिर खासगरी पश्चिमी पहाडी जिल्लामा भने धान घरमा भित्र्याउनु अघि नयाँ धानको चामलबाट बनाइएको 'न्वागी' खाने प्रचलन छ । नयां धानबाट निकालिएको चामलमा दही र केरा मिसाएर देउतालाई चढाई त्यसरी चढाइएको प्रसादलाई न्वागी भन्ने गरिन्छ । उता विश्व खाद्य संगठनले यस वर्ष संसारभरि खाद्यान्न संकट हुने चेतावनी दिइसकेको छ । यसप्रति मध्यनजर राख्दै विभिन्न देशहरुले आफ्नो देशकालागि आवस्यक पर्ने खाद्यान्न संग्रह गर्न थालिसकेका छन् । नेपालको पूर्वी क्षेत्रमा पर्ने कोशी तथा सुदुर पश्चिमी तराईमा आएको बाढीका कारण हजारौं विगाहमा लगाइएको धान वालीको नोक्सान भएका कारण नेपालले पनि चामल लगायतका खाद्य वस्तुको संकट व्यहोर्ने निश्चित छ । उत्पादन कमीका कारण विश्वव्यापी खाद्यान्न संकटको सम्भावना देखिए पनि नेपालका बाढी पहिरो नआएका स्थानमा भने राम्रैसंग धान फलेको किसानहरु बताउंछन् । त्यसैलेपनि धान काट्दा र थन्क्याउँदा हुने रमाइलोसंगै राम्रोसंग धान फलेका कारण यस बर्ष नेपालका किसानहरुमा उमङ्ग छ । यो उमङ्गसंगै राजधानीका नेवारहरुको नयाँ वर्ष न्हुँद नेपाल सम्बत ११२९ मनाउन, तराई मधेशका किसानहरु छठ मनाउन तथा राजधानी बाहिरका किसानहरु तिहार मनाउने तरखरमा छन् । -Samita Byanjankar in Patan, Lalitpur. ![]() ![]() ![]() ![]() Photos: Samita |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||