Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

गैंडा मार्ने गिरोहमा सेनादेखी तस्करसम्मको मिलोमतो


पत्रकार सम्मेलनमा बनमन्त्री मातृका यादब वायाँ र सचिव तीर्थराज शर्मा ज्ञवाली Minister Matrika Yadav and Secretary Tirtharaj Sharma. Photo: Sitaram Baral

काठमाडौं, May 17, 2008-बन्य जन्तु सुरक्षाकालागि खटिएका सेनाले नै गैंडाजस्तो महत्वपूर्ण जनावर मारेर खाग निकाल्न थालेभने के हुन्छ ? गैंडा मार्नेजस्तो गम्भीर अपराध गर्नेलाई छानविन गर्ने निकायले छानविन गर्न खोज्दा सहयोग गर्नुको बदला सेनाले असहयोग गर्यो भने सेनाप्रति जनताको धारणा कस्तो होला ? तर गैंडाको चोरी शिकारमा सैनिक जवानहरु नै संलग्न रहेको पाइएपछि र विभागीय मन्त्रीले दोषीमाथि छानविन प्रकृया अघि बढाउन खोज्दा सेनाले सहयोग नगरेपछि नेपाली सेना फेरि एक पटक विवादमा तानिएको छ ।

गत बैशाख १४ गते बर्दिया राष्ट्रिय निकुाजको सुरक्षाकालागि खटिएको सैनिक व्यारेक नजिकै एक गैंडा गोली प्रयोग गरी मारिएको र खाग निकालिएकॊ अवस्थामा फेला परेको थियो । गैंडा मार्नकालागि सेनाले प्रयोग गर्ने एसएलआर राइफल प्रयोग भएको पुष्टि भएको थियो । त्यसअघि सैनिक व्यारेक नजिकै चैत्र २२ गते अर्को गैंडा मारिएको थियो । धमाधम गैंडा मारिन थालेपछि गम्भीर बनेका बनमन्त्री यादवले चोरी तस्करका बिरुद्ध कडा रुपले प्रस्तुत हुन राष्ट्रिय निकुन्‍ज प्रशासनलाई आदेश दिएका थिए ।

यसैक्रममा राष्ट्रिय निकुन्‍जको गस्ती टोलीले आइतबार (बैशाख २९) जयबहादुर शाही, बिनोद शाह, रमेश (नेपाल) थारु र ओमप्रकाश बडुवाललाई पक्राउ गर्यो । उनीहरुलाई पक्रेपछि निकुाज सुरक्षार्थ बसेको सेनाको क्याम्पमा थुनियो । राष्ट्रिय निकुन्‍जको आदेशमा यसरी थुन्ने चलन छ । अनुसन्धान र दोषीमाथि कार्वाहीको निर्णयपनि निकुन्‍जकै वार्डेनले गर्नसक्ने प्रावधान राष्ट्रिय निकुन्‍ज ऐनले दिएको छ । घटना गम्भीर देखिएपछि निकुन्‍ज प्रशासनले घटनाकाबारेमा अनुसन्धान गर्न अधिकृत केदारनाथ कट्टेललाई अनुसन्धान अधिकृतको रुपमा तोक्यो।

गैंडाका चोरी शिकारी तथा तस्करलाई पक्राउ गरी थुनेपछि निकुन्‍जका अनुसन्धान अधिकृत केदारनाथ कट्टेलमाथि अपरिचित ब्यक्तिहरुले फोन गरी पक्राउ परेकालाई छाड्न र अनुसन्धान नगर्न भन्दै ज्यानमार्ने धम्की दिन थाले । धम्की आउन थालेपछि उनले पक्राउ परेका अभियुक्तहरुलाई काठमाडौं लगी अनुसन्धान गर्न पत्राचार गरे । चोरी शिकारीको घटना बढ्न थालेपछि गम्भीर बनेका बनमन्त्री मातृका यादव, सचिव तीर्थराज शर्मासहित बुधबार बर्दियातर्फ लागे । र पक्राउ परेका अभियुक्तहरुलाई काठमाडौं ल्याई अनुसन्धान गर्ने प्रकृया सुरु गर्न खोजे ।


बैशाख १४ गते बर्दिया राष्ट्रिय निकुाजमा मारेर खाग निकालिएको गैंडा Photo contributed: Sirab

'तर सेनाले काठमाडौं ल्याउन मिल्दैन पो भन्यो, किन मिल्दैन भन्दा माथिको आदेश छैन भनियो । सेनाको पृतनामा यसबारे कुरा गर्दा यति सानो घटना घट्दा मन्त्री र सचिवले किन चासो दिनुपर्यो भनियो' शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले भने- 'पछि बुझ्दा थाहा भयो पक्राउ परेकाहरु सेनाकै जवान रहेछन् ।' मन्त्री यादवको पत्रकार सम्मेलनपछि भने सेनाले दोषीलाई बुझाएर कार्वाही गर्न तैयार रहेको बिज्ञप्ति जारी गरेको छ । सैनिक प्रबक्ता रमीन्द्र क्षेत्री भन्छन्- 'दोषी सैनिकलाई काठमाडौं ल्याउन सम्बन्धित पृतनालाई आदेश दिइसकिएको छ ।'

पक्राउ परेकामध्ये जयबहादुर शाही निकुन्‍ज सुरक्षार्थ खटिएका सैनिक जवान थिए भने बिनोद शाह, रमेश (नेपाल) थारु भगौडा सैनिक थिए । ओमप्रकाश बडुवाल भने खाग तस्कर हुन् । उनले त्यहाँ कार्यरत सैनिकलाई प्रयोग गरी गैंडा मार्ने गरेको खुलेको छ । यो समूहले केही महिना अघि निकुन्‍ज सुरक्षार्थ खटिएका सैनिक जवान दिनेश चौधरीकोसमेत गोली हानी हत्या गरेको थियो । उनीहरुको साथबाट १ थान गैंडाको खाग, १० केजी बाघको हड्डी, सन् १९१० मा बनेको कार्वन गन २ वटा, भरुवा बन्दुक, एसएलआरका ८ वटा गोली बारुद फेला परेको छ ।

संरक्षण अधिकृतहरु चोरी शिकारीहरुले प्रयोग गर्ने गरेको हतियार देखेर छक्‍क परेका छन् । जानकारी अनुसार नेपालमा प्रचलनमा रहेका बन्दुक, राइफल लगायतका गोली सानो हुने भएकाले गैंडा मार्न धेरै गोली प्रयोग गर्नुपर्ने हुन्छ । ठूलो गोली प्रयोग भयो भने एकै प्रहारले मृत्यु हुन सक्छ । 'पक्राउ परेको अमेरिकी कार्वन गनमा निकै ठूलो गोली प्रयोग हुँदो रहेछ र एकै गोलीले गैंडा मर्दोरहेछ' मन्त्री यादव भन्छन्- 'नेपालमा अहिलेसम्म नदेखिएको हतियार प्रयोग भएको छ । यसबाट गैंडाको चेारी शिकारमा अन्तर्राष्ट्रिय गिरोह सकृय रहेको पुष्टि हुन्छ ।'

उनले यसअघि गैंडाको शिकारमा दरवारको हात रहने उल्लेखपनि गरे । उनको भनाई थियो- 'दरवारका मान्छेहरु बन्य जन्तु संरक्षणका नाममा अपराध गर्ने गर्थे यो कुरा बन्य जन्तु संरक्षँणसँग सम्बन्धित मानिसहरुबाटै सुनेको हुँ ।' अब उनी चोरी शिकारी र गैंडाको खाग लगायत बन्यजन्तुका अंग ओसार-पसारका सम्बन्धमा बुझ्न एक उच्चस्तरीय आयोग बनाउने योजनामा छन् । 'उच्चस्तरीय आयोग बनेपछि सबैकुराको छानविन त्यसले गर्छ' मन्त्री यादवले भने- 'त्यसपछि यसको जालो कहाँ कहाँ पुगेको रहेछ भन्ने थाहा हुन्छ ।'

जानकारी अनुसार बर्दिया राष्ट्रिय निकुन्‍जलाई गैंडाको बासस्थान बनाउने उद्देश्यले सन् १९८६ मा ८३ वटा गैंडा चितवन राष्ट्रिय निकुाजबाट गैंडा स्थानान्तरण गरिएको थियो । त्यसमध्ये ७० वटा गैंडा बबई उपत्यका र १३ वटा कर्णाली नदीको तटीय क्षेत्रमा छाडिएका थिए । तर बबई उपत्यकाका सम्पूर्ण गैंडा चोरी शिकारका कारण समाप्त भैसकेका छन् भने गैंडाको सुरक्षित बासस्थान मानिएको कर्णाली तटीय क्षेत्रमा गत चैत्र मसान्तसम्म गैंडाको संख्या बढेर ३१ वटा पुगेकामा त्यहाँपनि गैंडा संख्या घट्न थालेको छ।

बर्दिया राष्ट्रिय निकुन्‍जको कर्णाली तटीय क्षेत्रमा अहिले गैंडाको संख्या २२ मात्र छ । ३१ मध्ये ४ वटा गैंडा चोरी शिकारीहरुले मारेका र ५ वटाको प्राकृतिक कारणले मृत्यु भएको जानकारी बन मन्त्रालयले दिएको छ । चितवन राष्ट्रिय निकुन्‍जमा गैंडाको चोरी शिकार गर्नेहरु अहिले बर्दिया राष्ट्रिय निकुन्‍जमा आकर्षित भएका छन् । राष्ट्रिय निकुन्‍ज र बन्यजन्तुको सुरक्षाकालागि खटिएका सैनिकको चोरी शिकारमा संलग्नता र संलग्न सैनिकमाथि कार्वाहीकालागि सेनाले गरेको असहयोगले बाँकी गैंडापनि असुरक्षित छन् भन्ने देखाएको छ ।

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®