|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नारायणहिटी दरवारका कर्मचारीहरुले धमाधम
राजिनामा दिन थाले काठमाण्डौ, 14 Feb, 09- लामो समयदेखि नारायणहिटी दरवारमा कार्यरत कर्मचारीहरुले धमाधम सरकारी सेवाबाट राजिनामा दिन थालेका छन् । सरकारको व्यवहार आफूप्रति विश्वासिलो नरहेको अनुभूति गर्दै उनीहरुले राजिनामा दिएको श्रोतले बताएको छ । उनीहरुलाई पूर्ण रुपले विश्वास गर्न नसकेको सरकारले उनीहरुलाई अवकासको मौका दिएपछि उनीहरुले सरकारी सेवा छाडेका हुन् । जानकारी अनुसार गत माघमामात्र नारायणहिटी प्रशासनमा कार्यरत सचिव, सहसचिव, उपसचिव र सहायक सचिवलगायतका करिब ८० जना भन्दा कर्मचारीले जागिरबाट स्वअवकाश लिएका छन् । यसरी राजिनामा दिनेमा नारायणहिटीको राजकीय सम्पत्ति कोष विभागका सचिव प्रदीपकुमार अर्यालपनि छन् । दरवारको सम्पूर्ण आर्थिक व्यवस्था सोही विभागले हेर्दै आएको थियो । श्रोतका अनुसार अर्यालले गत माघको अन्तिम हप्ता अवकाशका लागि निवेदन दिएका थिए । लेखा परीक्षण विभागका सचिव कुमार शर्मापनि स्वअवकासकालागि राजिनामा दिने तैयारीमा रहेको श्रोतले बताएको छ । गणतन्त्र अघिसम्म दरवारमा करिव १ दर्जन सचिव रहेकामा यसअघि नै अधिकांसले उमेरका आधारमा अवसका पाइसकेका छन् । गणतन्त्र अघि भने दरवारमा काम गर्न उमेरको बन्देज थिएन । दरबारको सर्वाधिक शक्तिशाली कार्यालय प्रमुख, राजदरबार पदाधिकारी कार्यालयका सहसचिवहरु माधवबहादुर बस्नेत र श्रीराम केसी, मुख्य प्रमुख सचिवालयका सहसचिव रामशंकर सत्याल, पूर्वराजाको निजी सचिवालयका सहसचिव विष्णुराज शर्मा, प्रशासनिक सेवा विभागका प्रमुख रहेका सहसचिव मचाकाजी डंगोल, संवाद सचिवालयका सहसचिव कुलप्रसाद भट्टराई, रामशंकर सत्याल, प्रमुख सचिवालय कैलाश केसीलगायतका सहसचिवलेपनि अवकाश मागेका छन् । जानकारी अनुसार पछिल्लो विभिन्न समयमा उपसचिवस्तरका कर्मचारीलाई विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा काजमा पठाइए पनि सचिव र सहसचिव तहका पूर्वराजप्रासाद सेवाका कर्मचारीलाई कतै पनि पदस्थापना गरिएको थिएन । त्यसैले असुरक्षा महसुस गरी उनीहरुले अवकास माग्न थालेका हुन् । सरकारले २० वर्ष सेवा गरिसकेका र ५० वर्ष उमेर नाघिसकेका कर्मचारीले स्वअवकाश चाहेमा निवेदन दिन सक्ने नीति ल्याएको छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||