|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
गणतन्त्रको घोषणा स्वर्गिय राजाको नाउँमा बनेको
भवनबाट Birendra International Convention Centre. Photo: Sirab काठमाडौं, April 23, 2008-ऐतिहासिक संविधान सभाको पहिलो बैठक बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ । सम्मेलन केन्द्रको करिव १ हजार मान्छे अटाउने 'सगरमाथा हल' मा बैठक गर्ने निर्णय संसद सचिवालयले गरेको छ । सिट क्षमताकाकारण िसंहदरवारस्थित संसद भवन संविधान सभाकालागि अनुपयुक्त हुने भएपछि सम्मेलन केन्द्र रोजिएको हो । िसंहदरवारको संसद भवनमा जनप्रतिनिधि, अतिथि एबं सन्चारकर्मी गरी करिव ५ सयमात्र अट्ने क्षमता छ । तर संविधान सभाका सदस्यहरुको संख्या ६ सय १ छ । करिव १ हजार जना अट्ने क्षमताको सम्मेलन केन्द्रको सगरमाथा हल सिट क्षमताका दृष्टिले सबैभन्दा उपयुक्त मानिएको छ । चीन सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको सम्मेलन केन्द्र स्वायत्त प्रकृतिको संस्था भएकाले संसद सचिवालयले सम्मेलन केन्द्रलाई त्यसबापतको रकम भुक्तान गर्नुपर्नेछ । सो हलको एक दिनको शुल्कमात्रै एकलाख भन्दा बढि छ । यस हिसावले सचिवालयले मासिक ३० लाख भन्दा बढि रकम सम्मेलन केन्द्रलाई बुझाउनु पर्नेछ । 'संविधान सभाको समयावधि दुई वर्ष तोकिएको छ त्यही अवधिसम्मकालागि हामीले सम्मेलन केन्द्र 'बुक' गरेका छौं' संसद सचिवालयका महासचिव मनोहर भटराईले भने- 'त्यस अवधिमा सम्मेलन केन्द्रको सो हलमा अन्य कुनैपनि कार्यक्रम हुनेछैनन् ।' संविधान सभा बैठकका अलवा 'अफिसियल' प्रयोजनकालागिपनि अन्य हलहरु लिनुपर्ने स्थिति छ । संविधान सभाका प्रत्येक गतिविधिहरु रेकर्डमा रहने प्रावधान छ । यसैगरी संविधान सभा सदस्यले बोल्नकालागि माइक आवस्यक पर्छ । तर यी सबै सुविधा सम्मेलन केन्द्रमा छैनन् । 'यसकालागि आर्थिक र प्राविधिक गरी दुई समिति बनाइएको छ' महासचिव भटराईले भने- 'आवस्यकताको अध्ययन गरी समितिले सम्पूर्ण प्रबन्ध गर्नेछ ।' राणाकालमा राणाहरुलाई मनोरन्जन प्रदान गर्न सांस्कृतिक हलको रुपमा निर्माण गरिएको थियो हालको संसद भवन । पन्चायतकालमा त्यसलाई राष्ट्रिय पन्चायत भवनको रुपमा प्रयोग गरियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि राणाकालीन सोही भवनलाई नै संसद भवनको रुपमा निरन्तरता दिइयो । तर संविधान सभा बैठककालागि सम्मेलन केन्द्र प्रयोग गरिने भएपछि नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण घोषणा सम्मेलन केन्द्रबाट हुने भएको छ । राजतन्त्रको पूर्ण उन्मूलनको घोषणापनि त्यही भवनबाट हुनेछ । काठमाडौं ५ देखि १० सम्मको मतगणना त्यहीं भएकाले 'प्रचण्ड' को विजयको घोषणापनि त्यहींबाट भएको थियो । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®