Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

गणतन्त्र घोषणाको दिन (जेठ १५) यसरी मनाइदै छ
राष्ट्रिय झण्डाको समानान्तर दरवारको झण्डा फर्फराउन मिल्दैन


Members of Citizen Society (Nagarik Samaj).

काठमाडौं,  May 26, 2008-कस्तो होला काठमाडौं गणतन्त्र घोषणाको दिन ? अनि 'गणतन्त्र नेपाल' को पूर्व सन्ध्या कस्तो होला ? गणतन्त्रको पूर्वसन्ध्या र गणतन्त्र आएका दिन काठमाडौंका जनाले उत्सब त मनाउने नै छन् । तर त्यो दिनको सिर्फ उत्सबमात्रै हुनेछैन् बरु त्यो दिन काठमाडौं र सारा देशले गणतन्त्रको स्वागत गर्दै 'महाउत्सब' मनाउनेछ ।

गणतन्त्र घोषणाको दिन र गणतन्त्र घोषणाको अघिल्लो साँझलाई 'गणतन्त्र आगमन पूर्वसन्ध्या' को रुपमा मनाउन काठमाडौं र देशैभरि व्यापक तैयारी सुरु भएको छ ।

यो 'महाउत्सब' का लागि गणतन्त्रको स्वागत सहितको व्यानर बनाउन राजधानीका कतिपय 'आर्टिष्ट' हरुलाई यतिबेला भ्याई नभ्याई छ । कलाकारहरु गणतन्त्रको स्वागत गीतकालागि गीत रच्न व्यस्त छन् । राजनीतिक पार्टीहरु लाखौं नेपालीहरुलाई सडकमा उतारेर गणतन्त्रको अनुमोदन गराउन प्रचार प्रसारमा व्यस्त छन् । नागरिक समाजले भने त्यो दिनको कार्यक्रम सिर्फ 'उत्सब' मात्र नभएर 'महाउत्सब' हुने बताएको छ ।

शाही निरंकुशता विरुद्धको आन्दोलन र शान्ति वार्ताको अप्ठेरा मोडहरुमा संसदवादी राजनीतिक दल र द्धन्दरत माओवादीलाई एक ठाउँमा ल्याएका नागरिक समाजका अगुवाहरुले त्यो दिनलाई 'महाउत्सब' को रुपमा प्रस्ताव गर्दै लाखौं जनतालाई सडकमा उत्रन आव्हान गरेका छन् । उनीहरुले राजनीतिक दलका नेताहरुलाई कुनैपनि हालतमा जेठ १५ गते गणतन्त्रको घोषणा गर्नपनि आग्रह गरेका छन् ।


Padmaratna Tuladhar. Photos: Sitaram

नागरिक समाजका प्रतिष्ठित व्यक्तित्व र विभिन्न संघसंस्थाहरु मिलेर बनेको 'गणतन्त्र महाउत्सब नागरिक समिति' ले यो कार्यक्रम घोषणा गरेको हो । सो समितिको संयोजकमा पद्मरत्न तुलाधर छन् । 'जनताको शहादतको बलमा १४ गतेको साँझ गणतन्त्रको 'पूर्वसन्ध्या साँझ' बनेर आउँदैछ' तुलाधरले 'गणतन्त्र महाउत्सब' सम्बन्धी कार्यक्रमहरु सार्वजनिक गर्दै भने- 'जेठ १४ को साँझ अन्त्यसँगै आउने जेठ १५ को विहानीले गणतन्त्र नेपाल हाम्रो घर आँगनीमा ल्याउनेछ त्यसैले गणतन्त्रको पूर्व सन्ध्या र गणतन्त्र ल्याउने विहानीलाई 'महाउत्सब' को रुपमा मनाउनु व्यापक तैयारी गरौं ।'

नागरिक समाजका अगुवा डा. अर्जुन कार्कीले यी दुई दिनहरु नेपालको इतिहासमा एक चोटिमात्र आउने भएकाले त्यसलाई महाउत्सबको रुपमा व्याख्या गरिएको बताए । 'अघिल्लो दिन एक युगको अन्त्य हुनेछ' उनले थपे- 'अर्को विहान अर्को सुनौलो युगको सुरुवात हुनेछ ।' डा. कार्की भन्छन्- 'महाउत्सब कार्यक्रम राजधानी काठमाडौंमामात्र होइन देशका ७५ वटै जिल्लामा हुनेछन् । त्यो दिन सारा देशले गणतन्त्रको स्वागतको प्रतीक्षा गरेर बिताउनेछ । र भोलिपल्ट हुने गणतन्त्रकालागि लाखौं मानिसहरु शान्तिपूर्णरुपमा सडकमा आउनेछन् ।'

गणतन्त्रको पूर्व सन्ध्या अर्थात् जेठ १४ साँझ काठमाडौंको टुंडिखेलस्थित शहीद मन्‍चमा भव्य 'गणतन्त्र स्वागत सांस्कृतिक साँझ' को आयोजना गरिएको छ । सो कार्यक्रम मध्यरातसम्म चल्नेछ । कार्यक्रममा चर्चित कलाकारहरु मदनकृष्ण-हरिबंशका साथै रामेश, रायन, मनोज गजुरेल, जेबी टुहुरे, नन्दकृष्ण जोशी, रामकृष्ण दुवाल, बद्री पंगेनी, मधु गुरुङ्ग, रुबिन गन्धर्व आदिले आफ्नो प्रस्तुतिद्धारा गणतन्त्रको स्वागत गर्नेछन् ।

यो कार्यक्रमको समाप्तीसँगै हजारौं नागरिकहरु १५ गते बिहान बसन्तपुरमा जम्मा हुने कार्यक्रम तय गरिएको छ । त्यसपछि नागरिक समाजका अगुवाहरुको नेतृत्वमा हजारौं नागरिकहरु गणतन्त्रको स्वागतमा प्रभातफेरि गर्दै संविधान सभाको पहिलो बैठक स्थल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुग्नेछन् । त्यसकालागि एउटा ठूलो व्यानर लेिखंदैछ भने सबैले देख्नेगरी गणतन्त्रको घोषणा अबधिभर आकासमा उडाउनकालागि बेलुन बनाउने र त्यसलाई रंगाउने कामपनि भैरहेको छ ।

राजधानी काठमाडौंका टोल-टोलबाट र गल्ली-गल्लीबाट बाजागाजासहित जुलुश र झाँकी प्रदर्शन गर्दै बसन्तपुर पुगेर त्यहाँबाट लाखौं सहभागितासहितको जुलुश बानेश्वर पुग्ने तुलाधरले बताए । नागरिक समाजका नेताहरुले सोही दिन घोषणा हुने गणतन्त्र नै नेपालको राष्ट्रिय एकताको प्रतीक हुनेपनि बताएका छन् । 'गणतन्त्रले नै नेपाली जनतालाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नेछ' तुलाधरले भने- 'त्यसदिन घोषणा हुने गणतन्त्रको स्वागतमा हिमाल-पहाड र तराईका साथै सबै जातजाति, क्षेत्र ,लिङ्ग र समुदायका मानिसको सहभागिता हुनेछ । त्यसले पुष्टि गर्नेछ नेपालको राष्ट्रिय एकताको प्रतीक राजतन्त्र होइन गणतन्त्र हो।'

देश गणतन्त्रको प्रतीक्षामा ब्यग्र बनिरहेका बेला राजनीतिक पार्टीहरुबीच भने अझै महत्वपूर्ण विषयहरुमा सहमति जुट्न सकेको छैन । साना-तिना कुराहरुलाई लिएर दलहरुबीच आरोप-प्रत्यारोप बढ्दो छ । र दलहरुबीचको बढ्दो यो विवाद र अविश्वासले जनमानसमा सो दिन गणतन्त्र नै घोषणा नहुने हो कि भन्ने आशंकापनि छ ।

नागरिक समाजका अगुवाहरुले भने जेठ १५ गतेको संविधान सभाको पहिलो बैठकलाई गणतन्त्र घोषणामा मात्र केन्द्रित गर्न संविधान सभामा प्रतिनिधित्व गर्ने दल र सरकारसँग आग्रह गरेका छन् । पूर्वमन्त्री निलाम्बर आचार्यले महाउत्सब कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा भने- 'राजनीतिक दलबीच केही विवाद छन् भने कि जेठ १५ गते अघि मिलाइयोस् कि जेठ १७ गतेदेखि विवादका विषयमा छलफल शुरु होस् । तर जेठ १५ गते कुनैपनि हालतमा गणतन्त्रको घोषणा हुनैपर्छ ।'

पहिलो बैठकले संविधान सभाको अध्यक्ष चुन्ने भएकाले त्यो दिन गणतन्त्र घोषणा गर्न नसकिने तर्क कतिपय नेताहरुले गर्दै आएका छन् । तर त्यो तर्कमा कुनै दम नभएको नागरिक समाजले बताएको छ । 'संविधान सभाका सबैभन्दा जेष्ठ सदस्यले बैठक सन्‍चालन गर्न सक्नेछन्, पहिलो बैठकबाट गणतन्त्रको घोषणा गर्न संविधान सभाको अध्यक्षको निर्वाचन हुनुपर्दैन' अन्तरिम संविधानमा पहिलो बैठकबारे राखिएको प्रावधान उद्धृत गर्दै आचार्यले भने- 'पहिलो बैठकलाई अध्यक्ष चयनको प्रसङ्गसँग जोड्न मिल्दैन, जेष्ठ सदस्यले अध्यक्षता गरेर त्यही दिन गणतन्त्र घोषणा गर्ने व्यवस्था गर्नुपर्छ ।'

संविधान सभाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट गणतन्त्रको घोषणा गर्नासाथ संविधान सभाका सदस्यहरुलाई गणतन्त्र स्वागतकालागि राजधानीका सडकमा उत्रेका जनसमुदायसँग एकाकार हुनपनि नागरिक समाजले आग्रह गरेको छ । जसअनुसार गणतन्त्र घोषणापछि सभासद्हरु बैठक स्थलबाट निस्केर लाखौं नागरिकसँग बिजय उत्सबमा सामेल हुनुपर्नेछ । त्यसपछि सरकारले नारायणहिटी राजदरवारमा अर्को कार्यक्रमको आयोजना गर्नपनि उनीहरुले सरकार र संविधान सभाका सदस्यहरुसँग माग गरेका छन् ।

'गणतन्त्र घोषणा गरेरमात्र पुग्दैन गणतन्त्र आयो भन्ने अनुभूति सारा नेपाली र विश्व समुदायलाई गराउनुपर्छ यसकालागि त्यसैदिन नारायणहिटी खाली गराउनुपर्छ' अन्तरिम संविधान मस्यौदा समितिका संयोजक एबं पूर्व न्यायाधिस लक्ष्मणप्रसाद अर्याल भन्छन्- 'गणतन्त्रको घोषणापश्चात् विजय जुलुशमा सहभागी भएपछि प्रधानमन्त्री, मन्त्री, सभासद्, विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु नारायणहिटी जानुपर्छ र त्यहाँ फहराईरहेको राजाको झण्डा निकालेर नेपालको राष्ट्रिय झण्डा गाड्नुपर्छ ।'

त्यसदिनदेखि नेपालको राष्ट्रिय झण्डाको समानान्तर हुनेगरी दरवारको झण्डा अस्तित्वमा रहन नसक्ने उल्लेख गर्दै अर्यालले गणतन्त्रपछि नारायणहिटीमा फहराउने नेपालको राष्ट्रिय झण्डालाई नेपाली सेनाले तोपसहितको सलामी दिने कार्यक्रमपनि राख्नुपर्ने बताए । उनले थपे- 'नारायणहिटी दरवार राज्यको सम्पत्ति हो किनभने त्यो नेपालको राष्ट्राध्यक्षको निवासस्थान हो, गणतन्त्रको घोषणा गरी राष्ट्रिय झण्डा गाडिएपछि त्यहाँ कुनैपनि राजपरिवार ले बस्न पाउनेछैन ।' उनले अघिल्लै दिन ज्ञानेन्द्रसहित निलम्बित राजपरिवारका सदस्यलाई नारायणहिटी खाली गर्न सरकारले आदेश दिनुपर्ने बताए ।

नागरिक समाजका अर्का अगुवा श्याम श्रेष्ठले यी सबै काम दिउसै नेपाली जनताले देख्न पाउने गरी गर्नुपर्ने माग गरे । 'संविधान सभाको पहिलो बैठक लम्ब्याउन थालियो भने नेपाली जनताले षडयन्त्र सुरु भएको बुझ्ने छन् किनभने नेताहरुमा हरेक काम मध्यरातमा गर्ने बानी परेको छ' श्रेष्ठले चेतावनीको भाषामा भने- 'महत्वपूर्ण काम मध्यरातमा गर्ने बानी नेपाली नेताहरुले बसालेका छन्, त्यो दिन त्यस्तो नहोस्, गणतन्त्रको घोषणा, नारायणहिटीमा नेपालको राष्ट्रिय झण्डा गाडी सलामी दिने काम दिउसै जनताको उपस्थितिमा गर्नुपर्छ, गणतन्त्र घोषणामा ढिलाई भयो भने जनता बिद्रोहमा उत्रनेछन् ।'

नेपाली इतिहासको सर्बाधिक महत्वपूर्ण दिनलाई उत्सबको रुपमा मनाउन सरकारले ध्यान नदिएकामा नागरिक समाजका अगुवाहरुले असन्तुष्टिपनि जनाएका छन् । 'जेठ १५ लाई नेपालको राष्ट्रिय एकताको चाडको रुपमा मान्नुपर्ने हो तर सरकारले अहिलेसम्म त्यो दिबस मनाउने तैयारी गरेको छैन' नागरिक समाजका अर्का अगुवा मानवअधिकारवादी सुशील प्याकुरेलले भने- 'त्यसदिन राष्ट्रिय विदाको घोषणा गर्नुपर्नेमा अहिलेसम्म सरकारले कुनै तैयारी गरेको देखिन्न ।'

गणतन्त्रको घोषणा भएपछि राजपरिवारका कुनैपनि सदस्यलाई भत्ताको व्यवस्था नगर्नपनि अगुवाहरुले सरकारसँग आग्रह गरेका छन् ।

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®