Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

जताततै गणतन्त्रको जय जयकार, नेपाल र नेपाली बने एकाकार
राजा ज्ञानेन्द्र कहिले बहिनीको घर, कहिले नारायणहिटी राजदरवार गर्दै

Royal flag (Scepter), Nepal's flag, Narayanhiti Royal Palace by eEyeCam, International Convention Center (ICC), formerly Birendra International Convention Center (BCCI) by Santa, King Gyanendra, Prachanda (Pushpa Kamal Dahal) by Smita, Sun set as the symbol of the Shah king dynasty, Sun rise as the symbol of new Nepal.
Archive» Words: Sitaram , Santa & Photos: eEyeCam, Santa, Smita, sources. Illustration: eEyeCam
फोटो फिचर: बिहानको र्‍याली, दिउँसोको र्‍याल


Photos: 1st: Sitaram Baral and 2nd: Santa Bagam Magar

काठमाडौं,  May 28, 2008-संविधानसभाको पहिलो वैठकबाट गणतन्त्रको औपचारिक घोषणा हुने दिन अर्थात जेठ १५ गते बुधबार विहानै देखि गणतन्त्रको स्वागत गर्दै हजारौं नागरिकहरु सडकमा ओर्लेका छन् । बाजागाजा, अवीरजात्रा र बेलुन उडाउँदै निस्केका उनीहरुले 'नारायणहिटी खाली गर गणतन्त्र आउँदैछ' भन्ने नारा लगाएका छन् । संविधान सभाका सदस्यहरु गणतन्त्र घोषणाकालागि बैठकस्थलतर्फ समूह समूहमा जाँदैछन् ।

सो क्षेत्र वरिपरि निशेधाज्ञा लगाइएपनि मानिसहरुको घुँइचो छ । संघीय गणतन्त्रलाई स्वागत गरिएको ब्यानर, टुल, बेलुन, टिसर्ट लगाएर जनता सडकमा ओर्लने क्रम शूरु भई सकेको छ ।

गणतन्त्रको स्वागत गर्दै नागरिक समाजका अगुवा कलाकार, सन्‍चारकर्मी, मानवअधिकारकर्मी तथा विभिन्न तह र तप्काका जनताले नारा जुलुस प्रारम्भ गरेको छ।

उनीहरुले 'गणतन्त्र आई सक्यो, नारायणहिटी छोड', 'नारायणी दरबारलाई संग्राहलय बनाउछों', 'गणतन्त्र नेपाल जिन्दाबाद', 'गणतन्त्र नेपाललाई सु-स्वागत' जस्ता नारा घन्‍काई रहेका छन् ।

नागरिक समाज, मानवअधिकारवादी संघसंठनले आयोजना गरेको विशाल स्वागत र्‍याली रत्नपार्कबाट सिंहदरबार, माइतीघर, बबरमहल हुँदै न्‍यु बानेश्वर परिक्रममा गरिसकेको छ । उपत्यकाका विभिन्न गल्ली गल्लीमा गणतन्त्र स्वागतको तयारी भईरहेको छ ।


Padma Ratna Tuladhar. Photo: Sitaram

गणतन्त्रको स्वागतकालागि राजधानीबाहिरबाट गाडीमा हजारौं मानिसहरु भित्रिरहेका छन् । विभिन्न राजनीतिक पार्टीले जुलुश र र्यालीको आयोजना सुरु गरेका छन् । टोलटोलबाट बाजागाजा सहितका जुलुश निस्केका छन् । अवीरजात्रा सुरु हुन थालिसकेको छ । राजनीतिक दलहरुले दिउसो देखि जुलुशको आयोजना गर्नेछन् । सबैभन्दा ब्यापक तैयारी माओवादीले गरेको देखिएको छ । उसले राजधानीबाहिरबाट पनि हजारौंलाई विजयोत्सब मनाउन राजधानी भित्र्याएको छ ।

बुधबार बिहान नारायणहिटी राजदरवार वरिपरिको वातावरण शान्त छ । राजा ज्ञानेन्द्र हिजो राति १० बजे बहिनी शोभाको कमलादीस्थित निवासबाट नारायणहिटी छिरेका थिए । उनी दिउसोभरि बहिनी शोभाको मै थिए । उनले त्यहाँ आफ्ना सल्लाहकारहरुसँग के गर्ने भनेर सल्लाह लिएको अनुमान गरिएको छ ।

नारायणहिटीको मूल पर्खालबाहिर झुण्ड झुण्डमा उपस्थित भएर गणतन्त्रको चर्चा भैरहेको छ । नारायणहिटी वरिपरि सशस्त्र प्रहरीको व्यापकमात्रामा सुरक्षा तैनाथी सुरु भएको छ । नारायणहिटीभित्रपनि सैनिकको गस्ती गरिरहेको बाहिरबाट देख्न सकिन्छ।

यो दृष्य संविधान सभाको पहिलो बैठक सुरु हुनुअघिको हो । संविधानसभाले गणतन्त्रको घोषणा गरेपछि त्यसको स्वागतमा लाखौं मानिसहरु सडकमा हर्सोल्लास गर्दै उत्रने देखिएको छ । पहिलो बैठकले गणतन्त्रको घोषणासँगै ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी छाड्न अल्टिमेटम दिनेछ ।

-Sitaram Baral and Santa Bagam Magar in Kathmandu




Narayanhiti Royal Palace this morning. Photo: Sitaram




Malla K. Sundar, Harihar Birahi, Haribamsh Acharya and Madan Krishna Shrestha. Photos: Sitaram



Shyam Shrestha, Haribamsh Acharya and Madan Krishna Shrestha. Photo: Sitaram


Photo: Sitaram


Malla K Sundar, Harihar Birahi, Shyam Shrestha. Photo: Santa


Photo: Santa


Photos: Santa

फोटो फिचर: बिहानको र्‍याली, दिउँसोको र्‍याल
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®