Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कमरेड शहिदहरुलाई सम्झिदा आँसु धरर



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Barshman Pun 'Anant' paying tribute to Comrade Sunil who was killed by army attacked. Photos: Santa.

काठमाण्डौं, November 29, 2008- 'कुरा २०६१ सालमा हामीले चार महिना एकतर्फी युद्धविराम गरेताकाको हो । सोही वर्षको मंसिर १४ गते सम्पूर्ण डिभिजनका कमाण्डरहरुको 'रोलकाल' चलीरहेको थियो । कार्यक्रम स्थलमाथि अचानक सेनाको कालो हेलिकप्टर उड्न थाल्यो । त्यसपछि हामीले तत्काल कार्यक्रम स्थगित गर्यौ । साँझ पर्न थालेपछि हामीले अब खतरा हुन्न भन्ने समिक्षा गरेर पुन कार्यक्रम शुरु गर्यौ । प्रमुख अतिथि नेत्र विक्रम चन्द 'विप्लव'ले एक घण्टा जति बोल्नु भयो । त्यसपछि उद्घोषकले मलाई बोल्न ड्यासमा बोलाउनु भयो । उद्घोषण पाँचौ डिभिजन कमाण्डर किमबहादुर थापा मगर 'सुनिल'ले गरीरहनु भएको थियो । म बोलेको १० मिनेट जति मात्रै के थियो सेनाको हेलिकप्टरबाट हाम्रै कार्यक्रम स्थल लक्षित गरेर धावा बोल्न थाल्यो । उनीहरुले माथिबाट स्टेजलाई लक्षित गरेर लन्चर बम बारुद बर्षाउन थाले । त्यसपछि हामी सुरक्षित स्थानको खोजीमा लाग्यौं । उनीहरु हामी माथि आक्रमण गरेपछि फर्किए । तर त्यसवीचमा उदघोषक कामरेड सुनिल र बटालियन कमाण्डर भीमप्रसाद पुन 'निर्मम'ले सहादत प्राप्त गरिसक्नु भएको रहेछ ।'

यो संस्मरण माओवादी जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन 'पासाङ्ग'ले चौथो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनाएका हुन्‌ । ललितपुरस्थित पाटन क्याम्पसमा आयोजित सो कार्यक्रमलाई सम्वोधन गर्दै पासाङ्गले हजारौं सहिदहरुको रगत लेख्न लागिएको नयाँ संविधान जनपक्षीय हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा सहिद सुनिलका छोरा विजयले क्रान्ती अझै नसकिएकाले निरन्तरता दिन नेताहरुलाई आग्रह गरे । प्रमुख अतिथि तथा माओवादी सचिवालय सदस्य दिवाकरले सहिदहरुको सपनालाई जसरी पनि पुरा गरेर छाडने बताए ।
 


माओवादी प्रवत्ता कृष्णबहादुर महराले पुरानै धरातलबाट हेर्नेहरुले माओवादीलाई अझै बुझ्न नसकेको धारणा राखे । सो कार्यक्रममा अर्का सचिवालय सदस्य वर्षमान पुन 'अनन्त', केन्द्रिय सदस्य कुलप्रसाद केसी 'सोनाम', अखिल नेपाल महिला सँघ क्रान्तिकारी अध्यक्ष जयपुरी घर्ति मगर, सभासद जोखबहादुर महराले क्रान्ति अझै नसकिएको धारणा राखेका थिए । सुनिलले सहादत प्राप्त गर्दा साथमै रहेका सामना सांस्कृतिक परिवारका झङकार मगरले सहिदको सम्झनामा गीत सुनाउदा उपस्थित सबैको आँखा रसाएको थियो ।

-Santa Bagam in Kathmandu




Barshaman Pun. Photos: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®