Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
धाँधलीका कारण स्वबियु निर्वाचन स्थगन र पुन: मतदान

काठमाण्डौं,  22 Mar, 09- 'माले अखिलले सभापति उपसभापतिसहित तीन स्थान जितेको अमृत साइन्स क्याम्पसमा मतगणनाको क्रममा धाँधली भएको प्रमाणित भएपछि त्यहाँ पुन मतदान गरिने सहमति विद्यार्थी संगठनहरुले गरेका छन् ।

उता विहीबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमध्ये सबैभन्दा बढि मतदाता रहेका केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयको मतगणना रोकिएका कारण त्यहाँ परिणाम अझै आउन सकेको छैन ।

पश्चिमाचलको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमापनि विद्यार्थी संगठनहरुबीचको विवादको कारण मतगणना रोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा प्रयोग गरिएको मत पत्रको मतमा रेजा लगाउने स्थान अखिल क्रान्तिकारीकालागि निकै साँघुरो र अन्य विद्यार्थी संगठनकालागि फराकिलो राखिएको पाइएपछि अखिल क्रान्तिकारीले मत गणना रोक्न माग गरेको थियो । 'हाम्रा उम्मेदवारलाई मतदान गर्ने स्थान साँधुरो राख्दा धेरै मत बदर हुने भएकाले यस्तो गरेको पाइयो' क्रान्तिकारीका महासचिव तथा सभापतिका उम्मेदवार हिमाल शर्माले भने- 'यो काम नियोजित रुपमा भएको देखिएको छ त्यसैले यो कुराको छिनोफानो र हामीले न्याय पाउने स्थिति नभएसम्मकालागि मतगणना स्थगित गरिएको हो ।'

विश्वविद्यालय निर्वाचन आयोगलेपनि क्रान्तिकारीका उम्मेदवारकालागि मतदान गर्ने स्थान साँघुरो र अरु संगठनकालागि फराकिलो भएको स्वीकार गर्दै माफी मागेको छ । अब मतगणना गर्दा साँघुरो मतपत्रकाकारण बदर मतलाई सदर नै मान्ने र मतगणना जारी राख्न निर्वाचन आयोगले अनुरोध गरेपनि यसअघि गणना तथा क्रान्तिकारीका बदर भएका मतपत्रहरुलाईपनि सदर गर्नुपर्ने माग क्रान्तिकारीले गरेको छ ।

सभापतिका उम्मेदवार शर्माले भने- 'अखिल क्रान्तिकारीलाई हराउन नियोजित रुपले यस्तो गरिएको पुष्टि भैसक्यो त्यसैले षडयन्त्रस्वरुप बदर गराइएका हाम्रा मतहरुलाई सदर नगरिएसम्म मतगणना हुन सक्दैन ।'

त्रिभुवन विश्वविद्यालयमा हालसम्म भएको मतगणनामा क्रान्तिकारीका उम्मेदवारहरु ४ सय मतले अगाडि छन् । अन्य विद्यार्थी संगठनहरुले भने क्रान्तिकारीका धेरै मतदाता रहेको राजनीति शास्त्र विभागबाट मतगणना सुरु गरिएको र अन्य विभागको मतगणना हुँदा क्रान्तिकारीको स्थिति कमजोर हुने भएकाले बखेडा झिकेको आरोप लगाएका छन् ।

एमाले अखिलले क्रान्तिकारीले आचार संहिता तोडेर मतगणना स्थगित गरेको आरोप लगाएको छ भने नेबिसंले आफ्ना मतहरुपनि बदर भएकाले क्रान्तिकारीको बखेडा निहुँमात्र भएको बताएको छ । क्रान्तिकारीका सभापतिका उम्मेदवार हिमाल शर्मा भने आफूहरुविरुद्ध षडयन्त्रको पुष्टि भैसकेकाले उनीहरुले लगाएको आरोपको कुनै अर्थ नहुने बताउँछन् ।
  उता राजधानीको अमृत साइन्स क्याम्पसमा जम्मा ११ मतले विजय हासिल गरेका एमाले अखिलका सभापतिका उम्मेदवार कमल बस्नेतको विजयपनि विवादमा परेको छ । मतगणनाका क्रममा अखिल क्रान्तिकारी मतगणना प्रतिनिधिलाई झुक्याएर क्रान्तिकारीका उम्मेदवारलाई खसेका मतहरु रद्द गरिएको पाइएपछि क्याम्पसको एउटा कक्षामा पुरै मतदान गर्ने सहमति विद्यार्थी संगठनहरुले गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसमापनि प्रहरी-प्रशासन एबं क्याम्पस प्रशासनको आडमा एमाले अखिलले धाँधली गरी चुनाव जित्न खोजेको आरोप लगाउँदै नेबि संघ र क्रान्तिकारीले मतगणना स्थगित गरेका छन्।

जानकारी अनुसार क्याम्पसभित्र ठूलो संख्यामा प्रहरी छिराई अन्य विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई क्याम्पस बाहिर पठाएर मतगणना गर्न खोजिएपछि त्यहाँ विवाद उत्पन्न भएको थियो । मतगणना सुरु भएपछि गृहमन्त्रीको निर्देशनमा त्यहाँ प्रहरी प्रवेश गराइएको अन्य विद्यार्थी संगठनहरुको आरोप छ । उता नेबि संघका अध्यक्ष प्रदीप पौडेलले स्ववियू निर्वाचनको परिणामलाई एमाले अखिलले भ्रमात्मक रुपले प्रचार गरेको आरोप लगाएका छन् । 'एमाले अखिलले आफूले जितेका क्याम्पस भनेर बढाईचढाई गरिरहेको छ, हामीसँग प्यानल बनाएर जितेका क्याम्पसमापनि आफूले एक्लैले जितेको भनेर प्रचार गरेको छ यो भन्दा अनैतिक र हास्यास्पद अरु हुन सक्दैन ।'

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®