Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

जंगलमा बसोबास गर्ने राउटेहरुले जंगल मै बसेर जनयुद्ध लडेका प्रधानमन्त्रीलाई भेटे



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'बरु हामीलाई प्लेन चढ्नेजति पैसा देउ त्यसले हाम्रा बालबच्चाले चामल खान पाउँछन्'


'कोशी' लगाएपछि प्रम प्रचण्ड र राउटेबीचको कुराकानी Photos: Sitaram

काठमाण्डौं,
January 2, 2009-
एक हप्ताअघि आफ्ना समस्या र गुनासा सुनाउन काठमाडौं आएका जंगलका बासिन्दा आदिबासी जनजाति राउटेहरुले विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्नो समस्याबारे अवगत गराएका छन् । व्यस्तताका बीचपनि प्रधानमन्त्री प्रचण्डले राउटेहरुसँग आधा घण्टाभन्दा बढि समय कुराकानी गरे । प्रधानमन्त्री र राउटेहरुबीचको कुराकानीकाबीच बैठक कक्ष हाँसैहाँसोले गुन्जिएको थियो ।

प्रधानमन्त्रीले राउटेहरुको समस्या सुन्ने क्रममा 'तपाईंहरु जागिर खानुहुन्छ ? यदि खानुहुन्छ भने सरकारले जागिर र बसोबासको व्यवस्था गरिदिनेछ' बताएका थिए । जवाफ िदंदै राउटेहरुका सहायक मुखिया ऐनबहादुर शाहीले भने- 'यहाँ प्रधानमन्त्री निवास को झिलिमिली देख्दैमा शीर दुखिसक्यो यहाँ बस्दैनौ हामी जंगलमै बस्न चाहन्छौं ।'

भेटघाटको सुरुमै राउटेहरुले प्रधानमन्त्री प्रचण्डलाई आफूहरुले बनाएकॊ पानी थाप्न मिल्ने सिमलको काठको 'कोशी' टोपीको रुपमा लगाइदिएका थिए । भादगाउँले टोपीमाथि कोशी लगाइदिएपछि प्रम प्रचण्ड केही समय सोही कोशी लगाएरै राउटेहरुसँग कुराकानी गरिरहेका थिए । कोशी लगाएका प्रचण्डलाई हेर्दै आडैमा रहेकी उनका धर्मपत्नी सीता दाहाल र रक्षामन्त्री रामबहादुर थापा 'बादल' मरिमरि हाँसिरहेका थिए ।
 

प्रम प्रचण्ड र आदिबासी जनजाति राउटेबीचको कुराकानी Photos Sitaram

जंगलमा बसोबास गर्दै आएको विश्वकै अन्तिम कविला जाति राउटेहरुले विस्तारै आफूहरुलाई जंगलमा बस्न अप्ठेरो हुँदै गएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । सामुदायिक बनका कारण उनीहरुलाई जंगलमा जान र आवस्यक काठ काट्न रोक लगाउने गरिएकोमा उनीहरुको गुनासो थियो । जंगलका काठ काटेर त्यसैबाट ठेकीलगायतका सामाग्री बनाएर बेच्दै राउटेहरुले जिविकोपार्जन गर्दै आएका छन् ।


प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुलाई अनुभव सुनाउँदै राउटेका सहायक मुखिका ऐनबहादुर शाही

जंगलका बासिन्दा भनिने राउटेहरु र तीन बर्षअघि 'जंगलु मै बसेर जनयुद्ध लडेका माओवादी अध्यक्ष प्रचण्ड र राउटेहरुबीच चार बर्षअघि जंगलमै भेट भएको रहेछ । राउटेहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यो कुरापनि अवगत गराएका थिए । 'जाजरकोटमा तपाईंहरुसँग भेट भएको थियो' प्रधानमन्त्रीले स्मरण गराए- 'त्यो बेला मानबहादुर शाही मुखिया हुनुहुन्थ्यो तपाईंहरु उहाँकै समूहको हो?'

उनीहरुले 'हो' भनेपछि प्रम प्रचण्डले उनको हालखवर सोधे । सहायक मुखियाले जवाफ दिए- 'उ त मरिसक्यो ।' प्रचण्ड त्यसपछि दुखी देखिए । उनी हतारमा थिए किनभने उनले संविधान सभाको बैठकमा बोल्न जानु थियो । सदन सुचारु गर्ने सम्बन्धमा राउटेहरुसँग भेट्नुअघिमात्र बालुवाटारमै कांग्रेसका नेताहरुसँग भेट भएको थियो । तैपनि उनले कुराकानी जारी राख्न भने ।

राउटेहरुसँग सुखदुखको कुराकानी गरेपछि प्रधामन्त्रीले विदाईका बेला राउटेहरुलाई सोधे- 'तपाईंहरु कसरी फर्कनुहुन्छ, खर्चबर्चको व्यवस्था के छ ?' उनीहरुलाई अछामको कालेडाँडाबाट एकहप्ताअघि काठमाडौं ल्याउने कनटेम्पेरी भिजनका हरि थापाले गाडीमा चढ्दा रिङ्ग्याउने भएकाले उनीहरुले प्लेन चढ्न मन लागेको कुरा बताए ।


गाडी चढ्दा राउटेहरुलाई समस्या पर्ने कुरा थाहा पाएपछि प्रधानमन्त्रीले उनीहरुलाई प्लेन चढेर अछामसम्म पुग्ने व्यवस्था गरिदिने के बताएका थिए सहायक मुखिया ऐनबहादुरले भने- 'बरु हामीलाई प्लेन चढ्नेजति पैसा देउ त्यसले हाम्रा बालबच्चाले चामल खान पाउँछन् ।' यस्तो जवाफ पाएपछि बैठक कक्ष फेरि हाँसोले गुन्जियो ।

सीताराम बराल


सिमलको काठबाट बनाइएको पानी हाल्ने 'कोशी' टोपीको रुपमा प्रचण्डलाई लगाईदंदै राउटेका सहायक मुखिया ऐन बहादुर शाही


राउटेहरुका माझ प्रचण्ड


प्रधानमन्त्रीसँग सामुहिक फोटो खिचाउँदै राउटेहरु


प्रधानमन्त्री निवास परिसरमा राउटेहरुको प्रवेश


प्रधानमन्त्री निवासको मूल भवननिर राउटेहरु




प्रधानमन्त्री निवासको बैठक कक्षमा राउटेहरु प्रधानमन्त्रीलाई पर्खदै


चिया पिउँदै राउटेहरु


एक जना राउटे नमस्कार फर्काउँदै फोटो सबै- सीताराम बराल
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®