Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

राउटे समुदायलाई पहिलोपटक लोपोन्मुख भत्ता वितरण



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भत्ता दिन नौ लाख रुपैयाँ बोकेर जङ्गल पुगे सरकारी अधिकारी


Raute indigenous tribal peoples receiving government allowance. Photos: Geban

सुर्खेत, 27, Mar, 09- लोपोन्मुख राउटे समुदायका सदस्यले पहिलोपटक सरकारी भत्ता पाएका छन् । उनीहरुले नेपाल सरकारले बार्षिक बजेटमा घोषणा गरेअनुरुप प्रतिव्यक्ति मासिक पाँच सयका दरले ६ महिनाको लोपोन्मुख भत्ता पाएका हुन् ।

राउटे समुदायका एक सय ३९ जनालाई भत्ता वितरण गरिएको सो समुदायमा काम गरिरहेको गैरसरकारी संस्था कन्टेम्पोररी भिजनले जनाएको छ । संस्थाका कार्यक्रम संयोजक आदेश कर्माचार्यका अनुसार बिहीबार दैलेखका स्थानीय विकास अधिकारी तुलसीप्रसाद आचार्यले राउटे बासस्थान दैलेखको तिलेपाटा र राकम पुगेर सो भत्ता वितरण गरेका हुन् । असोजदेखि फागुनसम्मको एकमुष्ट तीन हजार रुपैयाँ प्रत्येक व्यक्तिलाई वितरण गरिएको कर्माचार्यले बताए ।

राउटेहरुले अर्थमन्त्री डा. बाबुराम भट्टराईले बढाउने घोषणा गरेको रकम भने पाएनन् । गत पुसमा काठमाडौँ गएको राउटे टोलीलाई अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रतिव्यक्ति पाँच सय थप गरी एक हजारका दरले लोपोन्मुख भत्ता दिने घोषणा गरेका थिए । तर बिहीबार अर्थमन्त्रीले बढाएको पाँच सय रुपैयाँ राउटेले पाएनन् । भत्ता वितरण कार्यक्रममा राउटे मुखिया महिनबहादुर शाहीले अर्थमन्त्रीले घोषणा गरेअनुरुप भत्ता दिन सरकारसँग माग गरेका छन् ।
 

भत्ता वितरण गर्न राउटे बासस्थान पुगेका सरकारी प्रतिनिधि स्थानीय विकास अधिकारी आचार्यले भने अर्थमन्त्रीद्धारा मौखिक रुपमा बढाइएको भत्ताको लागि निर्देशन नआएकोले वितरण गर्न नसकिएको बताए । आचार्यको टोली अनुमानित साढे चार सय जनाको लागि नौ लाख रुपैयाँ लगेर राउटे बासस्थान पुगेको थियो । तर राउटेको संख्या अनुमान गरिएभन्दा निकै कम भएपछि सो रकम फिर्ता भएको छ । आचार्यले भने 'हामीसँग रकम नभएको होइन तर मौखिक रुपमा बढाएको रकम दिन निर्देशन नआएकोले दिन सकिएन ।' उनले निर्देशिका आउने वित्तिकै बढाएको रकम वितरण गरिने बताए ।

मध्यपश्चिमका जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटेहरु अहिले दैलेखको तिलेपाटा र राकममा दुई समूहमा बिभाजित छन् । मुखिया महिनबहादुरको नेतृत्वमा तिलेपाटामा ६० जना र सहायक मुखिया ऐनबहादुर शाहीको नेतृत्वमा राकममा ७९ जना राउटेहरु रहेका छन् ।

-Geban Mijhar in Surkhet





Photos: Geban


Photos: Geban
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®