Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नागरिकता लिन नमान्ने राउटेहरुले पाउने भए मासिक भत्ता २ हजार

काठमाण्डौं, January 4, 2009- आफ्ना समस्या र मागहरु लिएर काठमाडौं आएका राउटॆहरुको काठमाडौं भ्रमण राउटे समुदायकालागि साँच्चिकै फलदायी भएको छ ।

लोपोन्मुख जातिकालागि सरकारले छुट्याएको मासिक भत्ता राउटेहरुकालागि दोब्बर पार्न उनीहरुको यो भ्रमणले सघाउ पुर्याएको छ ।

बुधबार राष्ट्रपति डा. रामबरण यादव र विहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटी आफ्नो समुदायले भोग्नु परेका समस्याबारे बताएको राउटे प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेको थियो । भेटकालागि उनीहरु अर्थमन्त्रीको कार्यकक्ष पुगेका थिए ।

सोही क्रममा अर्थमन्त्री भट्टराईले लोपोन्मुख जातिका लागि प्रतिब्यक्ति मासिक ५ सय दिने निर्णय भएकोमा राउटेहरुकालागि मासिक १ हजार दिने जानकारी दिएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा भने उनीहरुले मासिक २ हजार दिनुपर्ने माग राखेका थिए ।

तर उनीहरुलाई कसरी सो रकम दिने भन्ने समस्यामा सरकार छ । राउटे फिरन्ते जाति भएका कारण यो समस्या परेको हो । फिरन्ते जाति भएका कारण उनीहरुसँग नागरिकता छैन । र नागरिकता बनाउने प्रस्तावपनि परम्पराविपरित भएको बताउँदै उनीहरुले अस्वीकार गरेका छन् ।

जानकारी अनुसार अर्थमन्त्री डा. भट्टराईसँगको कुराकानीमा राउटेका सहायक मुखिया ऐनबहादुर शाहीले आफूहरु नागरिकता बनाउने पक्षमा नरहेको बताउँदै मुखियाले दिने विवरणको आधारमा मासिक भत्ता दिइदिन अनुरोध गरेका थिए ।

-Sitaram Baral in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®