|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाडौं उपत्यकाको अन्न देवतालाई सम्झिदा काठमाडौं, July 27, 2008-
नेपाल एक बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक राज्य हो । विश्वको
मानचित्रमा सानो भए पनि संस्कृतिमा नेपाल धनी छ । विभिन्न जात, जाति र
उनीहरुको आ-आफ्नै धर्म संस्कार विद्यमान छन् ।परम्परा देखि चलिआईरहेको संस्कार र संस्कृति संरक्षण गर्नकै लागि ललितपुरमा बसोबास गर्ने नेवारहरु रातो मच्छिन्द्रनाथको रथ जात्रा वर्षौदेखि मनाउँदै आईरहेका छन् । यो नेपालकै सबैभन्दा लामो जात्रा हो । यो जात्राले लिच्छवीकालदेखि निरन्तरता पाउँदै आएको हो । भोटोजात्रा र यसको सांस्कृतिक पक्ष ललितपुरवासी यसलाई अन्नको देवता र लोकको कल्याण गर्ने देवता लोकेश्वर 'बुंगद्य' को रुपमा मान्दै आईरहेका छन् । लिच्छवीकालमा देशमा पानी नपरेर खडेरी र अनिकाल लाग्दा राजा नरेन्द्रदेवले तान्त्रिकहरुको सल्लाहानुसार तान्त्रिक बज्राचार्य र भरिया रन्थुचक्र ज्यापुको साथमा भारत आसामको कामाक्षबाट मच्छेन्द्रनाथलाई ल्याई ललितपुरमा राखेका थिए। । त्यसपछि देशमा वर्षा हुन थालेको र अन्न फल्न थाल्यो । त्यहाँदेखि मच्छेन्द्रनाथलाई वर्षा र अन्नको देवताको रुपमा पुकारिन थालेको हो । काठमाडौं उपत्यकावासीहरुमा मच्छेन्द्रनाथप्रति अपार श्रद्धा र सम्मान मौलाउन थाल्यो । यस श्रद्धा र सम्मानको कारण उनको प्रवेशसँगै जनमानसमा बिस्तार हुँदै आएको करुणावाद पनि हो । यही करुणावादको प्रतीकको रुपमा मच्छिन्द्रनाथलाई करुणामय भनेर पनि पुकारिन्छ । यसरी वर्षा र अन्नको देवी लोकको कल्याण गर्ने लोकेश्वर एवं जनतामा करुणावादको ज्ञान दिलाउने करुणामयको विभिन्न रुप नै मच्छिन्द्रनाथ हो। मुलुककै
लामो जात्राको रुपमा मनाइने रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरको
पुल्चोकबाट गाबहालमा ल्याई पुर्याउँदा, काठमाडौंवासीहरुले राजा
नरेन्द्रदेवको सम्झनामा मनाइने जात्रा सुन्धारामा ल्याई पुर्याउँदा,
भक्तपुरवासीहरुले रन्थुचक्र ज्यापुको सम्झनामा एवं लगनखेलमा रथ ल्याई
पुर्याउँदा पाटनवासीहरुको जात्राको रुपमा र जावलाखेलमा ल्याई पुर्याउँदा
सम्पूर्ण भक्तजनहरुको जात्राको रुपमा मनाइने गरिन्छ ।मच्छिन्द्रनाथको जात्रालाई भोटोजात्रा पनि भनिन्छ। यो जात्राबारे अर्को किवदन्ती यस्तो छ- एकपटक नागरानीलाई रोग लागेछ । त्यो रोगलाई स्थानीय एक ज्यापुले निको बनाएछ । त्यसको खुशीमा नागराजाले उक्त ज्यापुलाई हिरामोती जडित भोटो उपहार दिएछ । केही समय पश्चात सो भोटो फुकालेर खेतमा काम गर्दा भोटो राक्षसले चोरेछ । |
|
त्यसपश्चात
रातो मच्छिन्द्रनाथको जात्रामा राक्षसले उक्त हराएको भोटो लगाएर आएको समयमा
उनीहरुको जम्काभेट हुँदा ज्यापुले सो भोटो आफ्नो भएको दाबी राक्षससँग गर्दा
उनीहरुको विवाद भएछ । विवाद चर्केपछि राजाले सो भोटो मच्छिन्द्रनाथको
जात्रामा कसको हो दावी गर्न आउनु भनेर त्यसपश्चात जावलाखेलमा भोटो देखाएर
भोटोजात्रा मनाउने शुरु गरिएको भन्ने िकंवदन्ती छ । यसरी रातो
मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा पुर्याएको चौथो दिनमा पूर्व राजाहरुको
समुपस्थितिमा भोटो देखाइने प्रचलन बन्न गयो ।ललितपुरको जावलाखेलमा लिच्छवीकालदेखि देखाउँदै र मनाउँदै आएको भोटोजात्रा यस पाली साउन ११ गते मनाइयो। उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने सरकारी परम्परा कायम छ। Photos: Mejan Pun Magar |
||
| -Samiata Byanjankar in Lalitpur | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||