Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

राजाबादी र गैर राजाबादी जनमुक्ति पार्टी एकिकृत



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गोरेबहादुर खपाङ्गी कुर्ले- 'मलाई मात्र कति खेद्नु हुन्छ । म एउटा जनजातिलाई । सक्नुहुन्छ भने वाहुन नेतालाइृ खेदेर देखाउनुस्‌ न ।"


MS Thapa Magar and Gorebahadur Khapangi Magar. Photos: eEyeCam

काठमाण्डौं, November 9, 2008- संबिधान सभासद एमएस थापा मगर अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टी र पूर्व राजा ज्ञानेन्द्रका पालाको पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर अध्यक्ष रहेको प्रजातान्त्रिक जनमुक्ति पार्टीवीच कार्तिक २३ गते एकिकरण भएको छ ।

दुबै पार्टीका अध्यक्षद्धयले एक समारोहकावीच एकिकरण पत्रमा हस्ताक्षर गरेको सो पार्टीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

एकिकृत पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै राखिएको तथा खपाङ्गीलाई वरिष्ठ केन्द्रीय नेता बनाइएको छ । प्रजातान्त्रिक जनमुक्तिका बाँकी केन्द्रीय नेताहरुलाई केन्द्रीय सदस्य दिइएको बुझिएको छ । खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व महासचिव हुन्‌ । उनी २०५९ असोज १८ को शाही मन्त्री मण्डलमा महिला, वालवालिका तथा समाजकल्याण मन्त्री बनेका थिए । मातृ पार्टीले कारवाही गरेपछि उनले सोही वर्षको पुस २६ गते नयाँ पार्टी दर्ता गराएका थिए ।

जनजाति आन्दोलनका अग्रणी योद्धाको रुपमा परिचित खपाङ्गी सो मन्त्री मण्डलमा सहभागी भएपछि र दसैंमा राजाबाट टिका थापे उनले आर्जन गरेको साख लगभग पुरै धरासायी भएको थियो ।

तँपाई त राजावादी मान्छे कसरी एडजस्ट गर्नुहुन्छ गणतान्त्रिक नेपालमा ? भन्ने युएसनेपाल अनलाइनको टेलिफोन प्रश्नमा उनको जवाफ यस्तो थियो - 'मलाई मात्र कति खेद्नु हुन्छ । म एउटा जनजातिलाई । सक्नुहुन्छ भने वाहुन नेतालाइृ खेदेर देखाउनुस्‌ न । हिजो हामी जसरी नै मन्त्री, प्रधानमन्त्री बनेकाहरु शेरबहादुर देउवा, भरतमोहन अधिकारी, रेणु यादव, सर्वेन्द्रनाथ शुक्लहरु गणतान्त्रिक नेपालमा अटेकै छन् । मेरो नाउँको पछाडि मगर झुण्डिएकैले नअट्ने हो भने म के भनुँ । ?'

संविधान सभामा दुई जना सभासद रहेको सो पार्टीमा रुपचन्द्र विश्वकर्माको दलित श्रमिक मोर्चा पनि एकिकरण भएको अध्यक्ष थापाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संबिधान सभामा रहेका साना दलहरुको मोर्चा बनाउन लागि परेका अध्यक्ष थापा नजिक सुत्रले दिएको जानकारीअनुसार निकट भबिश्यमा नेपाल राष्ट्रिय दल लगायतका साना दलहरु बिच एकिकरण हुने सम्भावना छ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®