भूमिगत संगठन रणवीर सेनाद्वारा काठमाडौंमा बम
विस्फोट
काठमाण्डौं, December 26, 2008- काठमाडौंस्थित अन्तरराष्ट्रिय विमानस्थलमा
रहेको बुद्ध एयरको काउन्टर नजिक बम विस्फोट भएको छ । पुस १२ गते विहान सवा
१० बजे भएको सो विस्फोटबाट बालाजुकी सुमित्रा श्रेष्ठ सामान्य घाइते भएको
प्रहरी निरीक्षक गंगा पन्तले जानकारी दिएकी छन् ।
घट्ना संलग्न भएको आशंकामा दुई जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरी
रहेको पनि निरीक्षक पन्तले बताइन् । भूमिगत संगठन रणवीर सेनाले घट्ना
आफूहरुले गराएको दाबी गरेको छ ।