Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नयाँ नेपालका पहिलो राष्ट्रपतिमा रामराजाप्रसाद सिंहको नाम अगाडि
कांग्रेस र एमालेका पाका नेताहरुलेसमेत रोजे उनलाई


Ramrajaprasad Singh. Photo: Sitaram

काठमाडौं,  June 10, 2008- नेपालका भाबी राष्ट्रपतिका दाबेदार ब्यक्तित्वहरु कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमालेका निवर्तमान महासचिव माधव नेपाल, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य, एमाले नेतृ शाहना प्रधान, नागरिक समाजका अगुवा देबेन्द्रराज पाण्डे र मानब अधिकारबादी, बामपन्थी एवं आदिबासी नेता पदमरत्न तुलाधर भन्दा गणतन्त्रकालागि अविराम संघर्ष गर्ने मधेशी मूलको व्यक्तित्व रामराजाप्रसाद सिंह बलिया उम्मेदवार देखिएका छन्।

कांग्रेस र एमालेका पाका नेताहरुले समेत गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहलाई बनाउनुपर्नेमा जोड दिएका छन्।

कांग्रेस सभापतिकालागि गिरिजाप्रसाद कोइरालासँग दुई पटक प्रतिस्पर्धा गरेका कांग्रेसका संस्थापक नेता रामहरि जोशी र एमालेका केन्द्रीय सल्लाहकार कृष्णराज बर्माले सोमबार राजधानीमा आयोजित कार्यक्रममा भने- 'गणतन्त्रकालागि अविराम संघर्ष गर्ने व्यक्तित्व रामराजाप्रसाद सिंह गणतान्त्रिक नेपालको राष्ट्रपतिकालागि उपयुक्त पात्र हुन् ।'


Ramhari Joshi. Photo: Sitaram

'कोइरालालाई भन्दा रामराजालाई राष्ट्रपति बनाउँदा देशभरि सकरात्मक सन्देश जान्छ' कांग्रेसका बरिष्ठ नेता जोशीले भने- 'रामराजा मधेशी मूलको व्यक्तित्व हुनुहुन्छ तर उहाँमा आफू मधेशीमात्र हुँ भन्ने भावना छैन, राष्ट्रपतिको रुपमा सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न सक्ने रामराजाजस्तो अर्को उपयुक्त व्यक्तित्व नेपालमा छैनन् ।' माओवादीले राष्ट्रपतिको दाबी छाडेजस्तै कांग्रेसलेपनि दाबी छाडेर सिंहलाई समर्थन गर्न उनले आव्हान गरे ।


Krishnaraj Barma. Photo: Sitaram

एमालेका केन्द्रीय सल्लाहकार कृष्णराज बर्मालेपनि पार्टीलाई यस्तै सुझाव दिएका छन् । 'माओवादीले नागरिक समाज र राष्ट्रिय व्यक्तित्वमध्येबाट राष्ट्रपति बनाउने भनेर सर्हानीय प्रस्ताव अघि सारेको छ' बर्माले भने- 'त्यो उदारता हाम्रो पार्टीलेपनि देखाउनुपर्छ, रामराजाजस्तो राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको रुपमा एमालेलेपनि समर्थन दिनुपर्छ ।'

बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले स्कूल पढ्दादेखि नै रामराजाले गणतन्त्रकालागि संघर्ष गरेको बताउँदै रामराजा 'गणतन्त्रको सक्कली आमा' भएको बताए । उनले भने- 'गणतन्त्र अहिले बालकै छ, बालक गणतन्त्रको जिम्मा गणतन्त्र जन्माउने आमाको काखमा जिम्मा लगाउनुपर्छ ।'

साहित्यकार खगेन्द्र संग्रौलालेपनि सम्पूर्ण नेपालीलाई मनोबैज्ञानिकरुपले एकताको सूत्रमा बाँध्न सक्ने व्यक्तित्व सिंह भएको बताउँदै रामराजा सम्पूर्ण नेपाली जनताको अविभावक भएको चर्चा गरे । 'मधेशको नागरिक भएपनि उहाँमा मधेशी भन्ने भावना छैन, उहाँ सम्पूर्ण नेपालीलाई एकै दृष्टिले हेर्नुहुन्छ' संग्रौलाले भने- 'उहाँ गणतन्त्रको जनक हुनुहुन्छ, उहाँले गणतन्त्रकालागि नयाँ पुस्तालाई सँधै हौस्याउनु भयो, यस्तो व्यक्तित्वलाई राष्ट्रपति बनाउने मौका हामीले गुमाउनु हुँदैन ।'



'प्रज्ञा फाउन्डेसन' नामक संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य मनिषकुमार सुमनले माओवादीबाट प्रस्ताव आए आफ्नो पार्टीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको रुपमा स्वीकार गर्ने निर्णय गरिसकेको जानकारी दिए । उनले भने- 'उहाँ मधेशी मूलको व्यक्तित्व भएपनि उहाँमा मधेशी भावना छैन, उहाँले नै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न सक्नुहुन्छ भन्ने हामीलाई लाग्छ ।'


Matrika Yadab. Photo: Sitaram

बनमन्त्री तथा माओवादी केन्द्रीय सदस्य मातृका यादवले रामराजाप्रसाद सिंहले राजाका कुनैपनि लोभलालचमा नपरी सँधै गणतन्त्रमात्र ताकेर हिडेकाले राष्ट्रपतिकालागि चर्चामा आएका नाममध्ये सबैभन्दा उपयुक्त पात्र रामराजाप्रसाद सिंह भएको ठहर पार्टीले गरेको बताए ।

'दरवार हत्याकाण्डपछि ज्ञानेन्द्रलाई राजा बनाउन भूमिका खेल्ने र राजा भैसकेपछि दाम राखेर ढोग्नेलाई गणतान्त्रिक नेपालको राष्ट्रपति बनाइयो भने त्यसले गणतन्त्रको शोभा बढाउँदैन' प्रम गिरिजाप्रसाद कोइराला र एमालेका निवर्तमान महासचिव माधव नेपालप्रति संकेत गर्दै उनले भने- 'रामराजाप्रसाद सिंह भनेको गणतन्त्रकालागि बमको धमाका दिने व्यक्तित्व हुनुहुन्छ, राष्ट्रपतिकालागि हामीले संकलन गरेका व्यक्तित्वमध्ये गणतान्त्रिक नेपालको राष्ट्रपतिकालागि सबैभन्दा उपयुक्त पात्र रामराजाप्रसाद सिंह हुनुहुन्छ ।'

बताइए अनुसार प्रथम राष्ट्रपतिकालागि माओवादीले रामराजाप्रसाद सिंहका अलवा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य, एमाले नेतृ शाहना प्रधान, नागरिक समाजका अगुवा देबेन्द्रराज पाण्डे र पदमरत्न तुलाधर आदिलाई बिकल्पका रुपमा अघि सारेको छ ।

उता नेपाली कांग्रेसले भने राष्ट्रपतिकालागि सभापति गिरिजाप्रसाद कोइरालालाई अघि सारेको छ।

-Sitaram Baral in Kathmandu

Read our related news:
साताको कुराकानी: मेरो परिभाषामा गणतन्त्र भनेको शासनमा सबै जाति, बर्गका जनताको समान पहुँच हो।
-रामराजा प्रसाद सिंह
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®