Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकाउने अभिब्यक्ती

काठमाण्डौं, October 14, 2008-नेपालको शक्तिशाली विद्यार्थी संगठन अनेरास्ववियूकी नवनिर्वाचित केन्द्रिय अध्यक्ष रामकुमारी झाँक्रीमगरले आफ्नै बर्गतले निर्वाचन जित्न नसक्ने एमालेका हिम्मतहारा नेताहरुको कटु आलोचना गरेकी छन् ।

माओवादी सहयोगमा चुनाव लड्न एमाले नेता माधव नेपाललाई माओवादी अध्यक्ष प्रचण्डको आग्रह र नेपालले त्यो आग्रह अस्वीकार नगरेपछि झाँक्रीले पार्टीका बरिष्ठ नेता नेपालको आलोचना गरेकी हुन् ।

पोखरामा गत महिना सम्पन्न अनेरास्ववियूको राष्ट्रिय सम्मेलनमा आफूलाई चुनाव हराउन गरिएको कैयौं हत्कण्डाका बाबजुद अत्याधिक बहुमतले विजयी भएलगत्तै दशैं मान्न गृह जिल्ला गुल्मी पुगेकी झाँक्रीले आफ्नो स्वागतमा आयोजित कार्यक्रममा भनिन्- 'माओवादीको बैशाखी टेकेर एमालेका बरिष्ष्ठ नेताहरुले उपचुनाव जित्नुपर्ने भएको छ, पार्टीकालागि यो भन्दा दुर्भाग्यपूर्ण स्थिति के हुन्छ ?'

यसै साता माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेका निवर्तमान महासचिव माधव नेपालको निवास पुगी संविधान मस्यौदा समितिको संयोजकको जिम्मेवारी सम्हाल्न, उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न वा उप निर्वाचन लडेर संविधान सभामा निर्वाचित भई आउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एमाले नेता नेपालले उपचुनावमा प्रतिस्पर्धा गरेमा उनलाई विजयी बनाउन आफ्नो पार्टीले पूर्ण रुपले समर्थन गर्ने बताएका थिए । माओवादी अध्यक्ष प्रचण्डले जितेर खाली गरेका रोल्पा- २ वा देव गुरुङ्गले खाली गरिदिएको कास्की- २ मा चुनाव लड्न माओवादीले महासचिव नेपाललाई प्रस्ताव गरेको बुझिएको छ ।

एमाले नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डका उपरोक्त तीन प्रस्ताव तत्काल अस्वीकार गर्न सकेनन् बरु यस विषयमा पार्टीमा सल्लाह गरी निर्णय दिने जवाफ दिएका थिए । पदकालागि लोभी मानिने नेपालले माओवादीले गरेको यो प्रस्ताव अस्वीकार गर्नुको साटो पार्टीमा सल्लाह गर्ने भनेपछि उनको पार्टीभित्र आलोचना सुरु भएको छ ।

यसै सन्दर्भमा अखिल नेतृ झाँक्रीले एमाले नेता नेपालको आलोचना गरेकी हुन् । अनेरास्ववियूको गत राष्ट्रिय सम्मेलनमा एमाले नेता नेपालसहितका नेताहरु झाँक्रीलाई अखिल अध्यक्ष बन्न नदिने योजनामा थिए । एमालेभित्र अझै शक्तिशाली मानिने निवर्तमान महासचिव नेपाल पक्षीय उम्मेदवार गोकूल घर्तिमगरलाई फराकिलो मतान्तरले पराजित गर्दै झाँक्री अखिल नेतृत्वमा पुगेकी हुन् । यस अघी उनी उपाध्यक्ष थिइन्‌।

माओवादीको बैशाखी टेकेर एमाले नेताहरुले चुनाव जित्नुपर्ने दयनीय स्थिति सिर्जना भएको भन्दै नेतृ झाँक्रीले अनेरास्ववियूको सम्पूर्ण शक्ति पार्टीको पुनर्गठनमा लगाइने बताएकी छिन् । झाँक्री हाल गृह जिल्ला गुल्मीमै रहेकी छिन् । गुल्मीमा उनले दिएको अभिव्यक्तिले काठमाडौंमा रहेका एमाले नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ ।

-Sitaram Baral in Kathmandu
   
 
Read our related news:

» नेपालको इतिहासमा पहिलो महिला नेतृ बनिन्‌ रामकुमारी झाँक्री (5 Photos)
 उनलाई हराउन एमालेका माधव नेपाल पक्षधरहरु   जिताउन महासचिव झलनाथ खनाल र उपप्रधानमन्त्री   बामदेव गौतम नेताहरु्ने
» Education, Health and Employment Are Nepalese Students’ Basic Right (9 Photos)
    With 2,000 Student Representatives and Guests from 40 countries
»  Pokhara Goes with Red for One of the Largest Student Unions’ Convention
» arijat and Her Legacy Bearers
» The Sari Soldiers': Six Nepalese Women with Different Ideologies Find Common Ground Through Film
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®