|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
हत्याको बिरोधमा प्रचण्ड र डा. भटराई कै
फाँसीको माग मृतक रामहरि श्रेष्ठकी शोकाकूल पत्नी रमिला श्रेष्ठ छोरी र छोराकासाथ Ramila Shrestha, wife of murdered Ramhari Shrestha and their daughter and son. Photos: Sitaram काठमाडौं, May 21, 2008-चोरीको रहस्य खोलिदिएको आरोपमा माओवादी छापामारद्धारा हत्या गरिएका रामहरि श्रेष्ठको हत्याको विरोध र उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्दै परिवारजनले गरेको उपत्यका बन्दबाट उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाको मूल सडकमा गाडीहरु गुडेका छैनन् भने सडक वारपारका पसलहरु बन्द छन् । मृतक क्षेत्रको घर रहेको कोटेश्वरभने पुरै ठप्प छ । नेबि संघका कार्यकर्ताद्धारा टायर बाल्दै सडक अबरुद्ध हत्याको विरोधमा पीडित परिवारजनले आयोजना गरेको उपत्यका बन्दलाई नेपाली कांग्रेस र नेकपा एमाले लगायतका पार्टीहरुले समर्थन गरेका छन् । त्यसैले बन्दमा ती पार्टीका कार्यकर्ताहरुको सकृयता देखिएको छ । सडक-सडकमा टायर बाल्दै उनीहरुले सडक अबरुद्ध पारेका छन् । कांग्रेस र एमाले सम्बद्ध कार्यकर्ताहरुले माओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भटराईको फाँसीको मागसमेत गरेका छन्। मंगलबार एक पत्रकार सम्मेलन गरी पीडित परिवारजनले उच्चस्तरीय न्यायिक छानविन आयोग माग गरेको थियो । आयोग गठनमा प्रधानमन्त्री कोइरालाका अलवा माओवादीसमेत सहमत भएको छ । पीडित परिवारजनको माग जायज भएको बताउँदै माओवादीले घटनाक्रमलाई अन्यत्र मोड्न खोजिएको भन्दै चिन्ता प्रकट गरेको छ । मृतक श्रेष्ठकी शोकाकूल आमा र दिदी Photos: Sitaram माओवादी अध्यक्ष प्रचण्डले पीडित परिवारजनसँग भेटेर शान्त्वना राहत र दोषीमाथि कडा कार्वाही गर्ने बचन दिन खोजेपनि परिवारजनसँग भेट गर्न नदिइएकोमा दुखेसो गरेका छन् । यसै बिच, माओवादी अध्यक्ष प्रचण्डले मृतक रामहरि श्रेष्ठको परिवारजनको मागप्रति सहमति जनाउँदै उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रचण्डद्धारा जारी गरिएको विज्ञप्तिमा सो मृत्युका सम्बन्धमा आफ्नो पार्टी र जनमुक्ति सेनाको कुनै संस्थागत संलग्नता नहुंदा नहुंदै पनि आफू भित्रकै केही व्यक्तिहरुको निहित स्वार्थ र षडयन्त्र जिम्मेवार रहेको तथ्य स्पष्ट पारिसकिएको घटनाबाट पार्टी अत्यन्त दुखित र स्तब्ध भएको घटनाका सम्बन्धमा थप अनुसन्धान, दोषी उपर कानुनी कार्यवाही लगायत यससँग सम्बन्धित सबै विषयमा मृतक रामहरि श्रेष्ठका परिवारजनसंग बसेर सकारात्मक छलफल गर्न पार्टी तयार रहेको कुरा पनि स्पष्ट पारेका छन् । "पार्टीको यस प्रकारको स्पष्टोक्तिका पृष्ठभूमिमा वार्ता, छलफल गर्दै समस्या समाधानमा ध्यान केन्द्रित गर्नुभन्दा घटनालाई अतिराजनीतिकरण गर्ने तथा उत्तेजना फैलाउने प्रवृत्तिप्रति हामी चिन्तित भएका छौं' उनले भनेका छन्- 'देशको समग्र राजनैतिक परिस्थितिको संवेदनशीलता तथा जेष्ठ १५ गतेको संविधानसभाको पहिलो बैठकको सफलतामा कही कतैबाट व्यवधान नआवोस् भन्ने कुरामा सम्पूर्ण नेपालीहरु सतर्क रहन जरुरी छ ।' उनले भनेका छन्- 'पार्टीको समग्र नीति, योजना र कार्यक्रम विपरितका अराजक घटना र प्रवृत्तिको नियन्त्रणकालागि अनुशासन र कानुनी कार्यवाहीका दुबै पक्षमा कठोर कदम उठाएर अगाडि बढ्ने प्रतिबद्धता पनि पार्टी व्यक्त गर्दछ ।' यसका साथै मांगकारुपमा उठाइएका अन्य विषयहरुलाई समेत गंभीरतापूर्वक लिई आपसमा बसेर छलफल गरी समस्या समाधान गर्न पार्टी तयार रहेको कुरामा जोड िदंदै माओवादी अध्यक्ष प्रचण्डले बन्द, हड्ताल जस्ता कार्यक्रम फिर्ता लिई संविधानसभाको पहिलो बैठककालागि सहज वातावरण निर्माणमा सहयोग पुर्याउन रामहरि श्रेष्ठका परिवारजन र समर्थकहरुसंग अनुरोध समेत गरेका छन् । उता चेारीमा संलग्न छापामारहरु केशव अधिकारी र गंगाराम थापाको कुटाईका कारण घाइते श्रेष्ठलाई उपचारकालागि काठमाडौं ल्याइँदै गर्दा बैशाख २८ गते बाटैमा मृत्यु भएको बताइएपनि उनको भनाई झूठो देखिएको छ । जानकारी अनुसार चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेश्रो डिभिजनमा छानविनकालागि लगिएका श्रेष्ठ कुटाईबाट घाइते भएपछि २५ गते बेलुकी माओवादी छापामारहरुले भरतपुरको एक अस्पतालमा लगिएको थियो । र उनको मृत्यु त्यहीं भएको थियो । सरकार गठनकाबेला आफ्नै छापामारबाट भएको हत्या र हत्याका सम्बन्धमा कुरा बाझिएपछि माओवादी अरु अप्ठेरोमा फसेको छ । -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®