संसदीय व्यवस्था अस्वीकार्य भन्नु लोकतन्त्रको लागि खतर
काठमाडौँ, September 15, 2008-
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको
परम्परागत संसदीय व्यवस्था अस्वीकार्य भन्नु लोकतन्त्रको लागि खतरा भएको
टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले भदौ २९ गते नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ
दिने क्रममा आफ्नो पार्टी पुरानो संसदीय व्यवस्थामा प्रवेश नगरेको बताएका
थिए ।
नेपाल मानव अधिकार संगठनको ११ औं राष्टिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै
उपसभापति पौडेलले प्रजतन्त्रका विरुद्ध उग्र बामपन्थी समूहबाट आक्रमण भएको
धारणा व्यक्त गरे ।
भदौ ३० गते आयोजित सो कार्यक्रममा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेको
माओवादी पोलपोट शैलीमा अघि बढेको आरोप समेत लगाए । उनले राजनीतिक दलहरु
अहिले युवा संगठनलाई परिचालन गरेर लडाकु दस्ता तयार पार्न लागेकेा प्रति
असहमति जनाउँदै यस्तो कार्य प्रजातन्त्रको विरुद्ध हुने बताए ।
उपासभापति पौडेलले काँग्रेसको तरुण दलले पनि त्यस्तो दस्ता तयार पारेको
कुरा चर्चा आएपनि पार्टीको त्यस्तो कुनै योजना नभएकॊ उल्लेख गरे ।