|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'म देउवाजीलाई चुनावमा पछार्न सक्षम छु ।'-
नेकां
उपसभापति रामचन्द्र पौडेल काठमाण्डौं,
October 5, 2008- संविधान सभाको चुनाव भएको ६ महिना बितेपनि प्रमुख
प्रतिपक्षी नेपाली कांग्रेसले अझैपनि आफ्नो संसदीय दलको नेता चयन गर्न
सकेको छैन ।संसदीय दलको नेता को बन्ने भन्ने अन्योल कायमै रहेका बेला सो पार्टीका उपसभापति रामचन्द्र पौडेलले आफू पार्टी संसदीय दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन् । दशैंलगत्तै संसदीय दलको नेताकालागि पार्टीमा चुनाव हुने बताउँदै उपसभापति पौडेलले चुनावमा उम्मेदवारी दिनेमात्र होइनजित्ने दाबीसमेत गरेका छन् । 'म संसदीय दलको नेताका लागि हुने प्रतिष्पर्धामा उम्मेदवार बन्छु र जित्छु' पौडेलको भनाई छ- 'अधिनायकवादको खतरासँग जुध्न कांग्रेसलाई सशक्त भूमिका प्रदान गर्न सक्षम छु ।' संसदीय दलको विधान मस्यौदा तयार भइसकेको जानकारीपनि पौडेलले दिएका छन् । 'तपाईंले शेरबहादुर देउवालाई संसदीय दलको चुनावमा पराजित गर्नसक्नुहुन्छ ?' भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने- 'म देउवाजीलाई संसदीय दलको चुनावमा पछार्न सक्षम छु ।' लोकतन्त्रको सम्बन्धमा कसैसंग सम्झौता नगरेको स्मरण गराउँदै भविष्यमा आउनसक्ने चुनौतीसंग जुध्न कांग्रेसलाई अझ सुदृढ बनाउने उनको कथन छ । पौडेलले वर्तमान सरकारलाई ढाल्न आफूहरु नलागेको बताउँदै भने- 'हामी सरकार ढाल्दैनौं, आयु किटान गर्ने पक्षमा पनि छैनौं, सरकारले बनाएको नीति तथा कार्यक्रम लागू गरेर देखाओस् भन्ने हाम्रो भनाई छ त्यतिन्जेल हामी प्रतिपक्षीको भूमिका निभाउनेछौं ।' वर्तमान सरकारले सस्ता नारा दिएर जनतालाई भ्रममा पालेको आरोप लगाउँदै पौडेलले समयान्तरमा जनतासामु देखाइएका भ्रम खुल्ने दावीसमेत गरे । 'कांग्रेसले प्रतिपक्षीको भूमिकालाई स्पष्ट रुपमा प्रकट गरेको छु' उनले भने- 'कांग्रेसको भूमिका अत्यन्त जिम्मेवारीपूर्ण छ त्यसलाई बहन गरेर देखाउनेछौं ।' माओवादीले लोकतान्त्रिक प्रणालीनै समाप्त पार्न खोजेको आरोपसमेत लगाउँदै भविष्यमा अधिनायकवाद र निरंकुशतावाद हावी हुनसक्ने शंकासमेत व्यक्त गरे । त्यसकाविरुद्ध लड्न सशक्त रुपमा प्रस्तुत हुने बताउँदै पौडेलले माओवादीले राजनीतिक प्रणालीको नाममा िसंगो लोकतन्त्रलाईनै समाप्त गर्न खोजेको आरोपपनि लगाए । उनले भने- 'जनगणतन्त्र या अन्य उपसर्ग सुहार्तो, पोलपोट जस्ता तानाशाहले पनि दिएका थिए । माओवादी त्यस्तै शैलीमा प्रस्तुत भइरहेको छ ।' माओवादीले निरंकुशता लाद्न खोजे आफूहरु चुप लागेर नबस्ने बताए । सेना समायोजनको सवालमा माओवादीले एकतर्फी कुरा गरेको बताउँदै उनले नेपाली सेनामा पुराका पूरा माओवादी छापामार समायोजन गर्न खोजे खतरनाक अवस्था आउने चेतावनीसमेत दिएका छन् । |
|
|
'शान्ति सम्झौतामा सेना समायोजन र पुर्नस्थापना स्पष्ट उल्लेख छ,
माओवादी समायोजनको कुरा मात्र उठाउंछ तर पुनस्र्थापनाको कुरै गर्दैन'
पौडेलले भने- 'नेपाली सेनाका लागि मापदण्ड नपुगेकालाई कुनै हालतमा सेनामा
प्रवेश दिननहुने मान्यतामा कांग्रेस अडिग छ ।' Ramchandra Paudel. Photo: Santa -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||