|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लिम्बुवान राज्यका लडाईंमा मारिएका राजकुमार
आङ्देम्बे सरकारद्वारा सहिद घोषणा![]() Martyr Rajkumar Angdember 'Mangtok'. Photo courtesy: DB काठमाण्डौं, December 21, 2008- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिष्चितताको माग गर्दै सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनमा सशस्त्र प्रहरीको गोली प्रहारबाट हत्या गरिएका राजकुमार आङ्देम्बे 'माङ्तोक्'लाई सरकारले बल्ल शहीद घोषणा गरेको छ। देश संघीय संरचनामा जानु हुन्छ या हुँदैन भनेर केवल बहस मात्र भईरहेको बेला एकात्मक केन्द्रिक्रित राज्यसत्ता र राजतन्त्रको समूल अन्त्य गरी जातिहरूको ऐतिहासिक प्रिश्ठभूमी, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, र थरुहटलगायतका स्वायत्त गणराज्यहरुको संवैधनिक सुनिष्चितता आदीको माग गर्दै लिम्बुवानदेखी थरुहटसम्म राष्ट्रिय मुक्ती आन्दोलन सञ्चालन गरिएको थियो। हाल नेपालका आदिवासी जनजातिहरुको हितमा वकालत र आन्दोलन गर्ने सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, तामाङसालिङ स्वायत्त राज्य परीषद र संयुक्त्त थारु राष्ट्रिय मोर्चा (थरुहट स्वायत्त राज्य परिषद)लगायतका राजनीतिक संगठन्हरुको मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको रुपमा मोर्चवद्ध भई उक्त्त आन्दोलन गरिएको थियो। |
|
|
मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फबाट २०६४ असोज १६ गतेदेखि आव्हान गरिएको अनिश्चितकालिन आमहडतालका क्रममा असोज २० गते झापा जिल्ला प्रशासनले जारी गरेको कर्फ्यू आदेश बवजुत पनि आन्दोलन गर्नेक्रममा प्रहरीको गोली लागी केर्खापूर्व कमल खोलामा शहीद 'माङ्तोक' को मृत्यू भएको थियो । चुलाचुली १, ईलाम लिम्बुवान निवासी शहीद माङ्तोकका बुवा, आमा, श्रीमती सुनमाया र एक छोरी मेन्छिगेन छन्। अर्को आन्दोलनकै बलले २०६४ फागुन १८ गते नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध राज्य पेरिसदहरु आवद्ध संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको ५ बुंदे सहमतीअनुसार तुरुन्तै राजकुमार आङ्देम्बे 'मङ्तोक्'लाई शहीद घोषणा गरी आश्रित परिवारलाई १० लाख आर्थिक सहायता दिने सहमती भएको थियो। साथै, संविधान सभाको निर्वाचनपष्चात लिम्बुवान, खम्बुवान, तामाङसालिङ र थरुहटलगायतका गणराज्यहरूको संवैधानिक सुनिश्चितता गर्नेसमेत सहमती भएको थियो। यसर्थ, जायज माग र आन्दोलनमा रहेका जनतालाई मार्दै शहीद घोषणा गर्नुले मात्र शहीदको सपना र आन्दोलनको लक्ष्य साकार हुने छैन। मङ्तोकलाई शहीद घोषणासंगै लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहटलगायतका स्वायत्त राज्यहरुको स्थापना र बिकासले मात्र सहीदको वास्तवीक सपना साकार हुनेछ। यसका लागि अहिले पनि थाप सशक्त्त संघर्ष र आन्दोलनको विकल्प छैन। Nepal Government decision to declared Rajkumar Angdembe as Limbuwan Martyr -DB Angbung Limbu, Secretary, Federal Democratic National Forum, Federal Limbuwan State Council Photo courtesy: DB |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||