राजा बस्ने 'सिंहासन' धुलाम्य प्रतिनिधि सभा सन्चालन
हुँदा तत्कालिन राजाले बस्ने सिंहासन Photo: Santa
काठमाडौं, July 7, 2008-
संसद सन्चालन हुँदा तत्कालिन राजा बस्ने गरेको राज सिंहासन अहिले
धुलाम्य अवस्थामा छ ।
राष्ट्रिय सभा र प्रतिनिधि
सभा सन्चालन हुँदा पूर्व राजाहरुले प्रयोग गर्ने दुबै कुर्ची अहिले
सिंहदरबार स्थित संसद भवनको स्टोर रुममा राखिएका छन् ।
राष्ट्रिय सभामा प्रयोग गरिने कुर्ची रातो कपडाले छोपेको अवस्थामा राखिए
पनि प्रतिनिधि सभामा प्रयोग गरिने अर्को कुर्चीलाई धुलोबाट बचाउने कुनै
उपाय गरिएको छैन।
पन्चायत कालमै बनाइएको दुबै कुर्चीलाई उचाल्न कम्तिमा चार जना चाहिने
त्यहाँ कार्यरत एक कर्मचारीले युएस नेपाल अनलाईनलाईनलाई बताए । संसद
अधिवेशन सन्चालन हुँदा राज दण्ड नारायणहिटी दरबारबाट ल्याउने लाने
गरिन्थ्यो । तर सो कुर्ची भने संसद भवनमै रहन्थ्यो ।
चाँदीले बनेका दुबै कुर्चीको ऐतिहासिक महत्व तर्फ राज्यको अझै ध्यान जान
सकेको छैन । नारायणहिटी संग्राहलयमा राख्न सके त्यसको महत्व अझै बढ्ने थियो
कि ?
क्याप्सन
१ राष्ट्रिय सभा सन्चालन हुँदा तत्कालिन राजा बस्ने सिंहासन
२ प्रतिनिधि सभा सन्चालन हुँदा तत्कालिन राजाले बस्ने सिंहासन
-Santa Bagam in Kathmandu
राष्ट्रिय सभा सन्चालन
हुँदा तत्कालिन राजा बस्ने सिंहासन