काठमाण्डौं, January 7, 2009- स्वतन्त्र रेडियोहरुले लोडसेडिङका कारण
रेडियो संचालनमा बाधा पुगेको भन्दै तत्काल फिडरलाइनवाट बिद्युत आपुर्ति
ब्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् ।
ब्रोडकास्टिड एशोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक संघ र
काठमाण्डौं उपत्यका एफएम प्रसारक मन्चले संयुक्त विज्ञप्ति निकालेर
सरकारसंग यस्तो माग गरेका हुन् ।
फिडरलाइन जडान गर्न नसकिने ठाउँमा रहेका रेडियोहरुलाई जेनेरेटर खरिदमा पुरै
भन्सार महसुल कर र मूल्य अभिबृद्धि कर छुटको ब्यवस्था जेनेरेटर किन्न
सहुलियत दरमा दिर्घकालिन कर्जाको ब्यवस्था र इन्धन खरिदमा ७० प्रतिशत
अनुदान उपलब्ध गराउन पनि उनीहरुले माग गरेका छन् ।
यसैगरी नेपालका स्वतन्त्र रेडियोहरुको पहुँच र शक्तिलाई नयाँ संविधान
निर्माणको बहस प्रकि्रयामा सामेल गर्न पनि स्वतन्त्र रेडियो संचालकहरुले
माग गरेका छन् ।
सरकारले स्वतन्त्र रेडियोहरुको इजाजत नवीकरण गर्न लाग्ने शुल्क मिनाहा गरे
पनि सूचना तथा संचार मन्त्रालयले केही रेडियोलाई नविकरण शुल्क लिने केहीलाई
नलिने भेदभावपूर्ण व्यबहार गरेको उनीहरुको गुनासो छ ।