|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सस्तो र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने नयाँ
औद्योगिक नीति ल्याइने काठमाण्डौं, October 19, 2008- उद्योग व्यवसायी तथा उपभोक्ता मन्चका प्रतिनिधिहरुले देशमा उत्पादित वस्तुको गुणस्तर निर्धारण, अनुगमन तथा मूल्याङ्कन प्रकृया सरकारी तथा निजी क्षेत्रको संयुक्त पहलमा हुनुपर्ने खाँचो औँल्याएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा ३९ औँ विश्व गुणस्तर दिवसको उपलक्ष्यमा कार्तिक ३ गते राजधानीमा आयोजित समारोहमा उद्योग व्यवसायीलगायत अन्य सरोकारवाला प्रतिनिधिहरुले गुणस्तर कायम गर्नुभन्दा पनि सम्बद्ध कर्मचारीहरुलाई पैसा दिई सजिलैसँग नेपाल गुणस्तरचिह्न प्राप्त गरिरहेको आरोप लगाए छन् । कार्यक्रममा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले अहिलेको प्रतिस्पर्धी दुनियाँमा गुणस्तर कायम गर्न नसके कुनै पनि उद्योग व्यवसाय अघि बढ्न नसक्ने भएकाले सस्तो र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने नयाँ औद्योगिक नीति ल्याउन लागेको उल्लेख गरिन् । उद्योग सचिव जनकराज जोशीले निजी क्षेत्रको सकृय सहभागिताबिना उद्योग धन्धाको विकास एवम् अर्थतन्त्रमा सुधार असम्भव रहेको धारणा राखे । नेपल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले राज्य तथा निजी क्षेत्रको संलग्नतामा राष्ट्रिय गुणस्तर, मूल्याङ्कन तथा अनुगमन परिषद् गठन गरी निश्चित मापदण्डका आधारमा मुल्कमा उत्पादित वस्तुको वास्तविक गुणस्तरमा जोड दिनु पर्ने बताए । कार्यक्रममा विभागका महानिर्देशक डा. सीताराम जोशी, उपभोक्ता मन्चका ज्योति बानियाँलगायतका वक्ताहरुले गुणस्तर निर्धारण तथा अनुगमन प्रणालीलाई विश्वसनीय तुल्याउन सरोकारवाला पक्षको सहयोग आवश्यक रहने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सन् २००८ अन्तर्गत पन्चकन्या प्लास्टिक प्रालिलाई नेपाल गुणस्तर एन.एस. चिह्न तथा भगवती इस्टिल प्रालि र पशुपति आइरन एन्ड इस्टिल प्रालिलाई प्रशंसापत्र प्रदान गरिएको थियो । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||