|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
कतारमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघको नयाँ नेता चुनिए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
दोहा, कतार, November 24, 2008- नेपालका आदिवासी जनजातिहरुको धर्म, संस्कृति, परम्परा, रितिरिवाजहरुको संरक्षण एवं संबर्धन गर्न र जनजातिहरुको हक, हितको लागि नेपालबाट लडिरहेको नेपाल आदिवासी जनजाति महासंघलाई सहयोग पुर्याउने उद्धेश्यले स्थापना भएको नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको दोश्रो महाधिवेशले अमृत गुरुङको नेतृत्वमा नयां संघीय सचिवालयको गठन गर्दै गत शुक्रबार दोहास्थित स्थानिय ढाका रेष्टुरेण्टमा सम्पन्न भयो । प्रमुख आतिथ्यमा नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का र गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल, साहित्यकार तथा राजनिति कर्मी ज्ञान उदास एवं गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा कतार प्रतिनिधी टी.बी. कार्कीको विशेष आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता अमृत गुरुङले गर्नु भएको थियो । नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले व्यानर अनावरण तथा विशेष अतिथी राजनितीकर्मि तथा साहित्यकार ज्ञान उदासले मैनवत्ति प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाल प्रवासी दराई समाजका अध्यक्ष ज्ञानेन्द्र दराईले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रम महासंघका महासचिव सेलिङ केसिले संचालन गर्नु भएको थियो भने धन्यवाद ज्ञापन महासंघका सल्लाहकार दिलकिरण खजुमले दिनु भएको थियो । सोही अवसरमा विगत १४ वर्षदेखि कतारमा कार्यरत रहेका गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाललाई कतार सरकारको मानव अधिकार तथा आन्तरिक मामिला मन्त्रालयले मानव अधिकार तथा नेपाली समाजको लागि उल्लेखनिय कार्य गरे वापत गत साता सम्मान गरेकोमा प्रशंशा गर्दै नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारले वधाई तथा सम्मान गरेको थियो । साथै महासंघका मातृ संस्थाहरुका प्रतिनिधीहरुले पनि नेपाललाई खदा ओढाएर सम्मान गरेका थिए । |
|
|
Gyan Udas. Photos: Budhbal कार्यक्रमको खुल्ला सत्रमा भएको शुभकामना कार्यक्रममा उपस्थित अतिथी, प्रतिनिधीहरुले महासंघले दोहामा गरेको गतविधीहरु सह्रानिय भएको र यसलाई निरन्तरता दिन सवल नेतृत्वको चयन गर्न सकोस् भन्ने शुभकामना दिनु भएको थियो । अतिथीहरुले आगामी दिनहरुमा पनि जनजातिहरुको हक, हितको लागि लडिरहेको यस संस्था संग सहकार्य साथै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिएको थियो । कार्यक्रममा महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नेहरुमा सम्पुर्ण जिल्लावासीहरुको प्रतिनिधित्व गर्दै अर्घाखाँचि सेवा समाजका अध्यक्ष माधव भुसालले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथमा गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा कतार प्रतिनिधी टि. वि. कार्की, गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कमलमणि गुरागाई, प्रवासी संपर्क मन्चका उपाध्यक्ष बीर बहादुर थापा, कतार नेपाली एकता समाजका उपाध्यष मदन श्रीस, नेपाली जन संपर्क समितिका महामन्त्रि बिमल सुवेदी, जन प्रगतिशिल मन्चका सचिव दिलकुमार लिम्बु, नेपाल ईन्जिनियस्र एसोसिएसन कतार च्याप्टरका अध्यक्ष ई. नारायण प्रसाद चौधरी, नेपाल कतार पत्रकार संघका महासचिव कुमार कार्की हुनुहुन्थ्यो । त्यस्तै मातृ संस्थाको तर्फवाट थारु कल्याणकारी सभाका विद्यानन्द चौधरी, किराँत राई यायोक्खाका चन्द्रशेर राई, तमु वौद्ध सेवा समितीका लक्ष्मी गुरुङ, आप्रवासी तामाङ समाजका सुक वहादुर तामाङ, मगर संघका छत्र घले, किरांत याक्थुङ्ग एकता समाजका चन्द्र कुमार िसंगु आदिले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य राख्ने क्रममा नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले जनजातिहरुका मागलाई प्रवासवाट नै माग गर्दै आफ्नो अधिकारहरुको सुरक्षा नेपाल सरकारसँग माग गर्ने क्रममा नेपाली राजदुतावास सहयोग गर्नका लागि सदैव तयार रहेको जानकारी गराए । त्यस्तै विषेश अतिथी राजनितिकर्मि तथा साहित्यकार ज्ञान उदासले आफ्नो मन्तव्यका क्रममा महासंघको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो कविता वाचन गरेका थिए । Sagar Nepal. Photos: Budhbal गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपालले आफुलाई सम्मान गरेको प्रति ईङ्गित गर्दै यो सम्मान आफुले मात्र पाएको नभईकन सम्पुर्ण कतारवासी नेपालीले पाएको भन्ने धारणा राखेका थिए । आदिवासी जनजातीहरु संस्कृतिका धनी भएकोले उहाँहरुको आन्दोलन नेपाली संस्कृतिको रक्षाका लागि भएको जिकिर गरेका थिए । नेपालले भर्खरै कतारमा विकसित हुर्दै गईरहेको राजनितिक चर्चाको विषयलाई लिएर कतारको नेपाली समाजलाई विश्व सामु स्वच्छ नेपाली समाजको नमुना वनाउनु पर्ने धारणा राख्दै हाल विकसित भईरहेका आरोप प्रत्यारोपलाई समाधान गर्नका लागि नेपाली राजदुतावासको मध्यस्थतामा सर्वपक्षिय वैठक वसि समाधानका उपायहरु खोज्नु पर्ने धारणा राखेका थिए । सो कार्यक्रममा कतारमा स्थापित राजनितिक पार्टीका भातृ संस्थाहरु नेपाली जनप्रगतिशिल मन्च, नेपाली जन संपर्क समिति कतार, नेपाली एकता समाज र प्रवासी संपर्क मन्च कतार र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद विच कतारमा हुने गरेको गतिविधीहरुको बारेमा एक आपसमा आरोप र प्रत्यारोपहरु भएका थिए । Photos: Budhbal कार्यक्रमको खुल्ला सत्रमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघको स्थापना गर्नुको उद्धेश्य तथा महासंघले विगतमा झेल्नु परेका समस्याका वारेमा साराँश प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा सभापति तथा महासंघका अध्यक्ष अमृत गरुङ्गले कार्यक्रम समापन गर्ने क्रममा महासंघलाई सहयोग गर्ने सम्पुर्ण संघ, संस्था, पत्रकार तथा वुद्धिजिवीहरुलाई धन्यवाद दिनु भएका थिए । बिल गुरुङले संचालन गर्नु भएको बन्द सत्रमा भएको कार्यक्रममा महासंघका महासचिव सेलिङ्ग केसीको सांगठनिक प्रतिवेद, सचिव देव रानाको आर्थिक प्रतिवेदन र विधान संसोधन मस्यौदा समितिका संयोजक बिल गुरुङद्धारा प्रस्तुत संसोधित बिधानलाई पारित गरिएको थियो । साथै महाभिवेशले अमृत गुरुङको अध्यतामा ११ सदस्यीय नयां संघीय सचिवालयकॊ चयन गरेको छ । जसमा प्रथम उपाध्यक्ष चन्द्र कुमार सिगु लिम्बु, किरात याक्थुङ्ग एकता समाज द्धितिय उपाध्यक्ष जनक बम्बुले राई (किरांत राई यायोख्खा शाखा कतार महासचिव), स्वयम्बर िसंह लामा (आप्रवासी तामाङ्ग समाज कतार), सियाराम चौधरी (थारु कल्याणकारीणी सभा कतार च्याप्टर), कोषाध्यक्ष खीम बहादुर राना (प्रवासी मगर संघ कतार), सह कोषाध्यक्ष पेमा ग्यलजेन शेर्पा (प्रवासी शेर्पा संघ), विभायि सचिवहरु - मानबहादुर सावा (किरात याक्थुङ्ग एकता समाज), योगेन्द्र चिडी (मगर प्रवासी मगर संघ कतार), गोमन िसंह दराई (नेपाल प्रवासी दराई समाज कतार), रकम ध्वज राई (किरांत राई यायोख्खा शाखा कतार) हुनुहुन्छ । -Budhbal Gurung in Doha, Qatar |
||
|
Photos: Budhbal Photos: Budhbal |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||