|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
किरात याक्थुङ चुम्लुङ दोहा कतारको नयाँ नेत्रित्व |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Newly elected leaders of Kirata Yakthum Chumlung Qatar. Photo: MB किरात याक्थुङ चुम्लुङ दोहा कतारको पाँचौ महाधिबेशन नेसनल स्थित टप फर्म रेष्टुरॆण्टको हलमा १६ जनवरी ०९ का दिन भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई दुई चरणमा बिभाजन गरिएको थियो, पहिलो चरण अन्तर्गत कि.या.चु. कतारका अध्यक्ष दिल किरण खजुमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबासका सहचारी प्रेम बराल हुनुहुन्थ्यो । त्यसैगरी अतिथीहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल, नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका कार्यबाहक अध्यक्ष चन्द्र कुमार सिगु, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य टि.बि. कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कमलमणि गुरागाई, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबका प्रमुख सल्लाहकार राजु सईद, मुस्लिम समाजका अध्यक्ष महमद रमदान, तमु बौद्ध सेवा समिती कतारका सल्लाहकार बील बहादुर गुरुङ्ग, किरात राई यायोक्खा शाखा कतारका सचिव चेस कुमार राई, नेपाल प्रवासी मगर संघका महासचिव देब बहादुर राना मगर, नेपाल प्रवासी दराई समाजका प्रतिनिधी बिक्रम दराई, नेपाल प्रवासी सम्पर्क मञ्चका सचिव रामहरी गैरे, झापाली सम्पर्क मञ्चका उपाध्यक्ष बीर बहादुर दर्नाल, कि.या.चु. कतारको संरक्षकत्वमा गठित साँस्कृतिक बिभाग किरात याक्थुङ साक्थिम लक्चुमका अध्यक्ष युवराज बेघा, कतारका नेपाली साँस्कृतिक जागरण समुह सन्ध्या ग्रुपका अध्यक्ष बीरेन्द्र याक्थुम्बा, कतारकॊ अलखोर क्षेत्रबाट साप्ताहिक रुपमा प्रकाशन हुने नेपाली पत्रिका मुग्लानी सौगातका प्रधान सम्पादक कृष्ण चन्द्र सेलिङ्, साथै अन्य लेखक, पत्रकार, साहित्यकार, बुध्दिजिवी र महिला प्रतिनिधीहरु साथै कतारबासी लिम्बु दाजुभाई तथा दिदी बहिनीहरु लगायत गैर लिम्बुहरुको पनि ठूलो उपस्थिती रहेको थियो । |
|
|
उक्त समारेाहमा नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका कार्यबाहक अध्यक्ष चन्द्र कुमार सिगुले ब्यानर अनावरण गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने प्रमुख अतिथी नेपाली राजदुताबासका सहचारी प्रेम बरालले दिप प्रज्वलन गरेर कार्यक्रमलाई बिधिवत रुपमा सुरुवात गर्नु भएको थियो । नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम चुम्लुङका का .बा. महासचिव लोकेन्द्र कुमार तुम्रोकले सञ्चालन गर्नु भएको थियो भने किरात याक्थुङ साक्थिम लक्चुमका कलाकारहरुले सेवारो भन्ने लिम्बु गीतबाट अतिथीहरुको स्वागत गरेका थिए । सो कार्यक्रममा कि.या.चु. कतारका केन्द्रिय सचिवालय सदस्य मान ब. साँवाले सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्दै बर्तमान अवस्थामा कतारमा रहेका नेपालीहरुको मृत्युदर अरुको भन्दा उच्च रहेको र यसो हुनको प्रमुख कारण यहाँको फरक हावापानी हो यसर्थ यहाँको हावापानी सुहाउदो जीवनशैली बनाउन अनुरोध गर्नु भयो । र हाल भईरहेको विश्व आर्थिक मन्दि संग जुझ्न नेपाली राजदुताबासको पहलमा एउटा अन्तरकृया गर्नू पर्ने आग्रह गर्नु भयो साथै आदिबासी जनजाती संग जोडिएको आत्मानिर्णय सहितको जातिय स्वयत्तताको माग बिखण्डनबादि सोच कदापी नभएको, यो सिर्फ राज्यबाट बिभेदपूर्ण ब्यवहार नहोस भन्ने चाहाना रहेको र अन्तमा सम्पूर्ण नेपाली जनता र राजनैतिक दलहरुलाई जातिय आधारको संघिय प्रणाली नै स्विकार्य हुने निश्चित रहेको र यो भन्दा अर्को बिकल्प नरहेको बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथी प्रेम बरालले कतारमा रहेका सम्पूर्ण नेपालीहरुको सहयोग र सेवाको लागि आफू र दुताबास अहोरात्र खटिरहने र नेपालीहरु सधै एक जुट भएर अघि बढ्नु पर्छ भन्दै यस कार्यकाल सफल्तापूर्वक सम्पन्न गरेका पदाधिकारीहरुलाई धन्यबाद दिदै नयाँ कार्य समिती यो भन्दा संघर्षशिल र सकृय होस भनि शुभ कामना ब्यक्त गर्नु भयो । त्यसैगरी शुभ कामना मन्तब्यमा चन्द्र कुमार सिगुले आदिबासी जनजातीहरुको हक हित र आत्मा निर्णय सहितको जातिय स्वयत्तता हुनु पर्नेमा जोड दिनु भयो । यसरी नै सागर नेपालले आफू सदैव नेपालीहरुको दुखसुखमा साथ दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । र एन.आर.एन.ए कतार च्याप्टरका अध्यक्ष कमलमणि गुरागाईले बिगतको लिम्बु समाज कि.या.ए.स. बाट कि.या.चु. हुदा अझ जोसिलो र भब्य भएको महसुस गर्दै नयाँ बन्ने समिती अझ जुझारु र ससक्त होस भन्ने शुभ कामना दिनु भयो । यसरी क्रमशः टि. बि. कार्की, बील बहादुर गुरुङ्ग, चेस कुमार राई, देब बहादुर राना मगर, बिक्रम दराई, बीरेन्द्र याक्थङबा, रामहरी गैरे, बीर बहादुर दर्नाल लगायतका बक्ताहरुले शुभ कामना बक्तब्य दिनु भएको थियो । बील बहादुर गुरुङ्, रामहरी गैरे, बीर बहादुर दर्नाल जस्ता बक्ताहरुले अब अन्य कृयाकलापको साथमा सबैले राजनैतिक चासो पनि उत्तिकै लिनु पर्छ भन्ने आफ्नो मान्यता रहेको धरणा राख्नु भयो । अन्तमा चुम्लुङका अध्यक्ष तथा सो समारोहका सभापति दिल किरण खजुमले आफ्नो कार्यकालमा केहि हदसम्म भए पनि कि.या.चु कतारको लागि ऐतिहासिक काम गरेको र आफ्नो कार्यकाल सफल्ता पूर्वक सम्पन्न गर्न सकेकोमा आफू ज्यादै नै गौरवान्वित रहेको र आफ्ना कार्यकालमा बिभिन्न सहकर्मीहरु तथा मित्रहरुले आफुलाई सहयोग गरि सफल पारिदिनु भएको हो भन्दै सम्पूर्ण सहयोगिहरुलाई धन्यबाद टक्रयाउनु भयो । साथै आफूले जति सक्दो कतारमा रहेका संघ संस्थाहरु संग सहकार्य र समन्वय गरेर आएको पनि स्पष्ट पार्नु भयो र अब बनेकॊ कार्य समितीले अझ अब्बल रुपमा कार्य गर्न सक्ने छ र सो कार्यकाल अति सफल रहनेछ भन्ने धारणा ब्यक्त गर्दै चौथौ चुम्लुङ बिघटन भएको घोषणा गर्नु भएको थियो । दोश्रो चरण अन्तर्गत बन्द सत्रको कार्यक्रम रहेको थियो । सो कार्यक्रममा चुम्लुङका का.बा.महासचिव लोकेन्द्र कुमार तुम्रोकले सांगठानिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष ज्ञानेन्द्र कुरुम्भङ्ले आर्थिक प्रतिबेन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा निर्बाचन समितीमा नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका कार्यबाहक अध्यक्ष तथा कि.या.चु. कतारका उपाध्यक्ष चन्द्र कुमार सिगुको अध्यक्षतामा कृष्ण चन्द्र सेलिङ्, खड्ग लक्सम, गणेश प्रसाद थक्लुङ् र मिलन माबोको संयुक्त समिती रहेको थियो उक्त समितीद्वारा नव निर्बाचित २१ जना पदधिकारीहरुको नामावली घोषणा गरिएको थियो । पाँचौ महाधिबेशनबाट निर्बाचित पदधिकारीहरुको नामावली यस प्रकार छ : १ अध्यक्ष :ललित माबोहाङ् -ताप्लेजुङ् २ प्रथम उपाध्यक्ष :ज्ञानेन्द्र कुरुम्भङ् - झापा ३ दित्तिय उपाध्यक्ष :लोकेन्द्र कुमार तुम्रोक - तेह्रथुम ४ महासचिव :मान ब. साँवा - तेह्रथुम ५ सचिव :देब कुमार लेछेर्बो - झापा ६ कोषाध्यक्ष :राजेश याकथुङसा - पान्थर ७ सह कोषाध्यक्ष :भुपति संयोक्पा - धनकुटा सदस्यहरु ८ सदस्य :भीम बहादुर थक्लुङ - संखुवासभा ९ सदस्य :युवराज बेघा - ईलाम १० सदस्य :के.बि. नेम्बाङ् - झापा ११ सदस्य :जय कुमार थेबे - ताप्लेजुङ् १२ सदस्य :राम प्रसाद थक्लुहाङ् - धनकुटा १३ सदस्य :चण्डिलाल तुम्बाहाङफे - मोरङ् १४ सदस्य :राजेन्द्र सेर्मा - झापा १५ सदस्य :रुपनन्द तुम्बापो - पान्थर १६ सदस्य :मान ब. माबोहाङ् - ताप्लेजुङ् १७ सदस्य :डम्बर मिभक - मोरङ् १८ सदस्य :लोक बहादुर सेर्मा - झापा १९ सदस्य :टिकाहाङ् तुम्खेवा - तेह्रथुम २० सदस्य :रनसेर लिम्बु - धनकुटा २१ सदस्य :चन्द्र ईन्साहाङ् - पान्थर -MB Sawa in Doha, Qatar (एम.बि.साँवा, दोहा, कतार) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||