|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पाँच बुँदे समझदारी पछि पनि आन्दोलन जारी काठमाडौँ, September 22, 2008- पशुवलिका लागि दिइने खर्च कटौति नगर्नेमात्र होइन कुमारी मन्दिरसँग सम्बद्ध गुठियारहरुसँग पाँच बुँदे समझदारी गरेपनि सोमबारपनि नेवार संघसंगठन र समुहहरुले आन्दोलन जारी राखे। सबै माग पुरा भैसक्दापनि आन्दोलन जारी राख्दै तोडफोडमा उत्रिएपछि आन्दोलनमा घुषपैठ भएको आशंका गर्न थालिएको छ । सरकारले साम्प्रदायिक दंगा भड्काउने तत्वको घुषपैठ भएको आशंका गरेको छ । सरकारी मितव्ययिताकालागि राज्यकोषबाट पशुवलिकालागि रकम नदिइने निर्णय भएपछि कुमारी मन्दिरका गुठियारहरुसहित बसन्तपुर र इन्दचोक क्षेत्रका नेवारी समुदाय इन्द्रजात्रामा आफूले पाउने राँगोको खर्चसमेत कटौति भएको भन्दै आन्दोलनमा उत्रेका थिए । आन्दोलन लगत्तै सरकारले सोही रकम उपलब्ध गराउनुपर्ने बताएको थियो । त्यसपछि आन्दोलन मत्थर भएको थियो । यद्यपी केही व्यक्तिहरुको आव्हानमा आइतबार उपत्यका बन्दको आयोजना गरिएको थियो । बन्दका क्रममा असन, न्यूरोड, सुन्धारा लगायतका क्षेत्रमा व्यापक तोडफोड भएको थियो । स्थिति उत्तेजक बन्दै गएपछि सरकार र आन्दोलनकारीहरुबीच आइतबार राति अर्थ मन्त्रालयमा ५ बुँदे सम्झौता भएको थियो । सम्झौतापछि आन्दोलनकारीहरुले आन्दोलन स्थगित भएको बताएका थिए । आइतबार राति गरिएको सम्झौतामा इन्द्रजात्रा समापनका अवसरमा गरिने पुलुकिसी नाचका नाइके मोहनकृष्ण डंगोलसमेतबाट प्रस्तुत १० बुँदे मागलाई नेपाल सरकारले सकरात्मक रुपमा लिई पुरा गर्ने, गुठी संस्थानको औचित्यमा सरोकारवालाहरुबाट विवाद उत्पन्न भएकाले नेवार जातिको संस्कृति सन्चालनसम्बन्धी छुट्टै स्वतन्त्र संयन्त्र निर्माण गर्न १५ दिनभित्र उच्चस्तरीय समिति गठन गर्ने कुरा उल्लेख छ । यसैगरी नेवार जातिको धर्म, परम्परा र संस्कृति सन्चालनमा विद्यमान समस्यालाई तत्काल सम्बोधन र समाधान गर्न एक महिनाभित्र अधिकार सम्पन्न आयोग गठन गरी प्राप्त प्रतिवेदनलाई नेवार जातिका प्रतिनिधि संगठनबीच छलफल र समन्वय गरी कार्यान्वयन गर्ने तथा कुमारी जात्रा, इन्द्रजात्रा लगायत हाल अवरुद्ध भएका सबै पूजा र जात्रा नियमित रुपमा सन्चालन गर्ने कुरापनि सहमति पत्रमा उल्लेख छ । यद्यपी सम्झौता भैसकेपछिपनि धोका भएको भन्दै सोमबारपनि न्यूरोडलगायतका क्षेत्रमा प्रदर्शन र तोडफोड भएपछि आन्दोलनकारीहरुको नियतमै शंका उत्पन्न भएको छ । गृहमन्त्रालय श्रोले यो घटनालाई आधार बनाएर राजधानीमापनि साम्प्रदायिक दंगा उत्पन्न गर्न खोज्नेहरु सकृय हुन खोजेको आशंका गरेको छ । यसअघि मधेशमा मधेशी र पहाडीसमुदायबीच रौतहट -कपिलबस्तु- नेपालगन्जमा मुस्लिम र गैर मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भड्काउने कोशिष भैसकेका छन्। -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||