|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गर्दै
आन्दोलन भोलीबाट आन्दोलनको घोषण कार्यक्रममा उपस्थित विश्वहिन्दू महासंघका अगुवाहरु Photos: Sitaram काठमाडौं, June 4, 2008- बिश्व हिन्दू महासंघले धर्म निरपेक्ष राष्ट्र घोषणाको विरोध गरेको छ । यो निर्णयले धार्मिक संघर्ष निम्त्याउने चेतावनीसमेत महासंघले दिएको छ । धर्म निरपेक्ष राष्ट्र घोषणासम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै महासंघले आफ्नो माग पुरा गराउन संघर्षका कार्यक्रम घोषणापनि गरेको छ । धर्मनिरपेक्षताको विरोध गर्न महासंघले भोलि बिहीबार माइतीघर मण्डलाबाट बिरोध जुलुशसमेत निकाल्ने भएको छ । संविधान सभाको दोश्रो बैठकले धर्म निरपेक्षता सम्बन्धी निर्णय फिर्ता लिनुपर्ने माग गर्दै उनीहरुले आन्दोलनमा उत्रेका हुन् । विरोध प्रदर्शनमा हस्तक्षेप गरिए संघर्षले नयाँ मोड लिने चेतावनी महासंघका अगुवाहरुले दिएका छन् । धार्मिक संघर्षको चेतावनी दिने यो त्यही महासंघ हो जसले तीन वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राटको रुपमा घोषणा र अभिनन्दन गरेको थियो । यसअघि महासंघको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजाका मानार्थ एडिसी तथा शाही सेनाका पूर्व मेजर जनरल भरतकेशर सिंह थिए । भारतीय जनता पार्टी भाजपा र अतिबादी हिन्दूहरुको समर्थन पाएको बिश्व हिन्दू परिषद् (बिहिप) को समर्थन प्राप्त महासंघको अन्तर्राष्ट्रिय समितिको अध्यक्ष हाल हेमबहादुर कार्की छन् । कार्की राजाबाट मनोनित राष्ट्रिय सभाका पूर्व सांसद हुन् । भाजपा र 'बिहिप' को उक्साहटमा धर्म निरपेक्षता बिरुद्ध महासंघले आन्दोलनको घोषणा गरेको आशंका गरिएको छ । कार्यक्रममा बोल्दै महासंघको अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष महासेनानी हेमबहादुर कार्की अवकासप्राप्त, उनले संविधान सभा चुनाव लगत्तै महासंघको अन्तर्राष्ट्रिय सम्मेलनमा हिन्दू अधिराज्य स्थापनाकालागि सशस्त्र संघर्ष गर्ने चेतावनी दिएका थिए Hembahadur Karki संविधान सभा चुनाव लगत्तै भारतको गोरखपुरमा भएको महासंघको सम्मेलनबाट अध्यक्ष चुनिएपछि अध्यक्ष कार्कीले हिन्दू राज्य र राजतन्त्र जोगाउन सशस्त्र संघर्ष गर्ने चेतावनी दिएका थिए । अन्तर्राष्ट्रिय समितिका अध्यक्ष कार्कीको उपस्थितिमा महासंघको राष्ट्रिय नेपाल कार्यसमितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासंघका राष्ट्रिय अध्यक्ष भोलानाथ झाले भने- 'धर्मनिरपेक्ष राज्यको घोषणा फिर्ता लिएर नेपाललाई हिन्दू राज्य घोषणा नगरिए धार्मिक संघर्ष सुरु हुनेछ ।' उनको भनाई थियो- 'हाम्रो आन्दोलन शान्तिपूर्ण संघर्षबाटै सुरु हुनेछ तर सरकारले हस्तक्षेप गरे हामीपनि त्यत्तिकै चुप लागेर बस्नेछैनौं ।' आन्दोलन घोषणा गर्दै महासंघ राष्ट्रिय कार्यसमितिका अध्यक्ष भोलानाथ झा Bholanath Jha 'संसारका हिन्दूहरुको आस्थाको केन्द्र हिन्दू अधिराज्य नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको नेपाली जनतालाई मान्य छैन' अध्यक्ष झाले कार्यक्रममा बोल्दै भने- 'यी सम्पूर्ण निर्णयहरु विदेशीको इशारामा गरिएका हुन् ।' जनताबाट निर्वाचित सभासद्हरुले गैर जिम्मेवार र अप्रजातान्त्रिक तरिकाले धर्म निरपेक्ष राज्य घोषणा गरेको आरोप लगाउँदै उनले धर्म निरपेक्ष राज्य घोषणा गरेर अपराध गरेको आरोप लगाए । महासंघले धर्म निरपेक्षताको बारेमा टुङ्गो लगाउन जनमत संग्रह घोषणाको माग गरेको छ । 'संविधान सभालाई संविधान निर्माणमात्रको जनादेश छ, धर्म र संस्कृतिकाबारेमा निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ' महासंघले भनेको छ- 'तसर्थ यससम्बन्धी निर्णय जनमत संग्रहको विश्वव्यापी मान्यताको आधारमा गरिनुपर्छ ।' आफ्नो मागको पटक-पटक बेवास्ता गरिएकाले आन्दोलनमा उत्रनुपरेको बताउँदै अध्यक्ष झाले माग पुरा नहोउन्जेल आन्दोलन जारी रहने बताएका छन् । महासंघको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष हेमबहादुर कार्कीले जनताले धर्म निरपेक्षताको माग नगरिकनै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाए । उनको भनाई थियो- 'विश्वमा क्रिश्चियन राष्ट्र छन्, मुश्लिम राष्ट्र छन् ती मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियोस् भन्ने माग कतैबाट उठ्दैन तर धार्मिक सहिष्णुता रहेको यो सानो देशलाई हिन्दू राष्ट्र घोषणा गरिदा किन बिरोध गरिन्छ हामीले बुझ्न सकेका छैनौं ।' धर्म निरपेक्षतासम्बन्धी विवादको टुङ्गो जनमत संग्रहबाट गरिनुपर्नेमा उनले पनि जोड दिए । उनले भने- 'जनमत संग्रहको निर्णयमात्र हामीलाई मान्य हुन्छ अरु निर्णय हामी मान्दैनौं ।' नेपालमा विश्वहिन्दू महासंघको अर्को राष्ट्रिय कार्यसमितिपनि छ । अर्को कार्यसमितिलाई उदार हिन्दूहरुको संगठनको रुपमा लिइन्छ । झाले नेतृत्व गरेको कार्यसमितिलाई अतिवादी हिन्दूहरुको कार्यसमितिको रुपमा चिनिन्छ । गतसालको आन्दोलनका बेला उदारवादीहरुले नेतृत्व गरेको महासंघले आन्दोलनको समर्थन गरेको थियो । झा पक्षले भने आन्दोलनको विरोध गर्दै राजाको समर्थन गरेको थियो । संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरेलगत्तै धर्म निरपेक्ष राष्ट्र घोषणाको विरोध गर्दै भएको धार्मिक संघर्षको घोषणाले नेपाल कतै धार्मिक द्धन्दमापनि फस्ने त होइन भन्ने चिन्ता जन्माएको छ । नेपाली जनता धर्मप्रति त्यति कट्टर नभएपनि भारतका अतिवादी हिन्दूहरुको घुषपैठले स्थितिलाई भयावह बनाउन सक्छ । आफूहरु बिगतमा राजतन्त्रको पक्षमा रहेको बताएपनि महासंघका अगुवाहरुले राजतन्त्रको अन्त्य गर्ने घोषणाप्रति कुनै टिप्पणी गर्न चाहेनन् । महासंघको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष कार्कीले महासंघ र राजतन्त्रका सम्बन्धमा सोधिएको प्रश्नमा भने- 'हिजो हामीले राजतन्त्र मानेका थियौं, संविधान सभाले गणतन्त्रको घोषणा गरेपछि राजाले त्यसलाई मान्छु भन्छन् भने हामी टाउको दुखाउँदैनौं । हाम्रो सरोकार त नेपाल हिन्दू राष्ट्रकै रुपमा कायम रहिरहनुपर्छ भन्ने हो राजा हिन्दू भएकालेमात्र हामीले राजाको समर्थन गरेका हौं ।' -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®