|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
साम्राज्यबादविरुद्ध लड्ने पृथ्वीनारायण शाहको माओवादी नेताद्वारा प्रशंसा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Speakers at the programs. Photo: Sitaram काठमाण्डौं, November 9, 2008- राजतन्त्रलाई सामन्तवादको प्रतिक मान्ने माओवादीका नेताहरुसमेतले शाह राजतन्त्रका संस्थापक पृथ्वीनारायण शाहको योगदानलाई सकरात्मक रुपमा लिनुपर्ने बताउन थालेका छन् । गणतन्त्र आउनु अघि ठाउँ- ठाउँमा माओवादीका कार्यकर्ताले पृथ्वीनारायण शाहका शालिक ढालेपनि माओवादी बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले तत्कालीन राजा पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरण जायज भएको मन्तव्य दिएका छन् । मुलुकलाई
साम्राज्यबाद विरुद्ध गोलबद्ध गरेको भन्दै उनले शाहको प्रशंसासमेत गरेका
हुन् । 'नेपाल एकीकरण बस्तुगत थियो' एकीकृत नेपाल राष्ट्रिय मोर्चाद्वारा
राजधानीमा आयोजित आयोजित कार्यक्रममा नेता यी बरिष्ठ माओवादी नेताले भने
'पृथ्वीनारायण शाहले अपनाएको छापामार युद्ध जारी राखेको भए हामी साँघुरिने
थिएनौँ ।' उनले एकीकरण अभियानलाई 'नेपालीहरुको वीरता र बलिदानको इतिहास'
भने । तर भीमसेन थापाका पालामा भएको सुगौली सन्धी भने गलत भएको उनको दावी थियो । 'भीमसेन थापाले त्यतिवेलै साम्राज्यबाद विरुद्ध एसियाली संघ बनाउने कुरा गरेका थिए त्यो दिर्घकालीन महत्वको थियो' किरणले भने । उनले पृथ्वीनारायण शाहका पालामा जनजाति भाषाभाषिहरुमाथि दमन भएकोमा त्यसको आलोचना गरे । नेपालको राष्ट्रिय अस्मिता र सार्वभौमिकताको प्रश्न गम्भीर हुँदै गएको भन्दै किरणले भारतसँग भएका सबै असमान सन्धी सम्झौताको खारेज हुनुपर्ने धारणा राखे । |
|
|
Prithvinarayan Shah. Photo courtesy:
infonepal.com.np कार्यक्रममा राप्रपाका बरिष्ठ नेता राजेश्वर देबकोटाले राष्ट्रियताको विषयमा देशभित्रै एकरुपता नभएको भन्दै चिन्ता प्रकट गरेका थिए । 'मैले हेर्दा हेर्दै सीमा मिचिएको छ' उनले भने- 'अब धिक्कार गर्नु बाहेक केही छैन ।' बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सुगौली सन्ध नेपालीहरुको मृत्युपत्रमा हस्ताक्षर सरह भएको बताउँदै नेपालको राष्ट्रियतामाथि सुगौली सन्धी हुने समयमा जस्तै संकट आएको दावी गरे । कार्यक्रममा एमाले नेता मोहनचन्द्र अधिकारी, लेखिका बारबरा एडम्स, सीमाविज्ञ चेतेन्द्रजंग हिमाली, बुद्धिजीवि डा. सुरेन्द्र केसीले सुगौली सन्धी गलत भएको बताएका थिए । स्मरणीय छ, एकिकृत नेपाल राष्ट्रिय मोर्चाले सुगौली सन्धि अघिको 'विशाल नेपाल' को वकालत गर्दै आएको छ । सो मोर्चाले 'विशाल नेपाल' प्राप्तिकालागि केही महिना अघि बेलायती दुतावासमा ज्ञापनपत्रपनि दिएको थियो । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||