|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
यसरी भयो पूर्व राजकुमारीको श्रीमानको निधन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
दुच्छर सासु र सोझी राजकुमारीबीचको खटपटले
पूर्व राजा ज्ञानेन्द्रलाई चिन्ता![]() पूर्व शाहज्यादी शीताष्मा शाह Former princess Shitasma Shah. Photo collection: Sitaram काठमाण्डौं, November 7, 2008- पूर्व राजकुमारीले सुत्ने तैयारी स्वरुप नाइट ड्रेस लगाइन् । त्यसपछि 'सुतिरहेका' आफ्ना श्रीमानलाई आफू आएको जानकारी दिन 'राजा ?' भनेर बोलाइन् । तर श्रीमानबाट कुनै जवाफ आएन । सुत्नका लागि श्रीमानले ओढेको सिरक निकाल्दा पो उनलाई थाहा भयो उनका प्रिय श्रीमानको जीउ पुरै चिसो भैसकेको रहेछ । स्व. धीरेन्द्र शाहकी माहिली छोरी शीताष्माका पति अभिनेश शाहको निधन कसरी भयो भन्ने कुराको विवरण प्राप्त भएको छ । जण्डिसका विरामी अभिनेशले जण्डिस निको नहुँदै वियर पिएकाले निधन हुन पुगेको पारिवारिक श्रोतले बताएको छ । स्व. अभिनेशको निधनपछि कडा स्वभावकी उनकी आमा आशा सिंह र सोझी श्रीमति शीताष्माबीच अरु खटपट बढ्ने चिन्ताले पूर्व राजा ज्ञानेन्द्रलाई सताउन थालेको छ । जानकारीअनुसार अभिनेशको निधन भएका बेला उनकी पत्नी पूर्व शाहज्यादी शीताष्मा निर्मल निवासमै थिइन् । राति १२ बजे निर्मल निवासबाट फर्कने बित्तिकै आफ्नो हाँडीगाउँस्थित निवासमा फर्किन्, सुत्ने तैयारी स्वरुप नाइट ड्रेस लगाइन् । त्यसपछि 'सुतिरहेका' आफ्ना श्रीमान् अभिनेश शाहलाई आफू आएको जानकारी दिन 'राजा ?' भनेर बोलाएकी थिइन् । तर अभिनेशबाट कुनै जवाफ आएन । आफ्ना श्रीमान् निदाएका होलान् भनेर शीताष्मा सुत्न लागिन् । |
|
|
सुत्नकालागि अभिनेशले ओढेको सिरक निकाल्दा पो शीताष्मालाई थाहा भयो उनका प्रिय श्रीमान् अभिनेशको जीउ पुरै चिसो भैसकेको रहेछ । यही कार्तिक १३ गते राति भोलिपल्टको भाईटीकाकालागि तैयारी गर्न शीताष्मा निर्मल निवास गएको बेला यसरी हाँडीगाउँस्थित आफ्नै निवासमा स्व. धीरेन्द्रका माहिला ज्वाईं अभिनेश शाहको दु:खद निधन भएको थियो । जानकारीअनुसार जण्डिसबाट भर्खर निको हुँदै गरेका अभिनेश त्यसदिन हल्का वियर पिएर सुतेका थिए । जण्डिस निको नहुँदै वियर खाएकाले उनको निधन भएको निष्कर्ष डाक्टरहरुलले निकालेका छन् । शिरक उचालेर हेर्दा कुनै हलचल नगरेपछि र शरीरपनि चिसो पाएपछि अभिनेशलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । राति २ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेपनि उनको मृत्यु बेलुकी ११ बजे नै भएको बताइएको छ । त्यसदिन घरमा एक्लै रहेका अभिनेशको अन्तिम कुराकानी उनका काकाका छोरा संगम शाहसँग भएको थियो । अलिक अस्वस्थ अभिनेशलाई त्यसदिन बेलुकी १० बजेतिर संगमले फोन गरी 'दाजु एक्लै हुनुहुन्छ आउनुपर्छ कि ?' भनी सोधेका थिए । अभिनेशले 'भो पर्दैन' भनेकाले उनी गएनन् । जानकारीअनुसार पारश सिङ्गापुरबाट नआउने भएपनि नेपालमै रहेका पारशका छोरा पूर्व नबयुवराज ह्दयेन्द्रलाई अभिनेशकी एकमात्र छोरीले टीका लगाइदिने कार्यक्रम थियो । त्यसैले पारशको छोरालाई आफ्नी छोरीबाट टीका लगाइदिने तैयारीकालागि शीताष्मा निर्मल निवास गएकी थिइन् । साथमा छोरीलाईपनि निर्मल निवास लगिएको थियो । अभिनेशकी आमा आशा सिंहपनि आफ्ना दाजुभाईलाई टीका लगाइदिन दाजुभाईकहाँ गएकी र बुबापनि भोलिपल्टकको टीकाकै लागि गएकाले त्यसदिन अभिनेश घरमा एक्लै थिए । अभिनेशको मृत्युपछि उनको काजकृया ब्राम्हणहरुले गरेपनि पूर्व शाहज्यादी शीताष्मापनि सँगै काजकृयामा संलग्न भएको बताइएको छ । आमा आशा सिंहको दुच्छर स्वभावका कारण आशासँग बुहारी शीताष्माको मात्र होइन छोरा अभिनेशकोपनि राम्रो सम्बन्ध थिएन । बताइएअनुसार श्रीमति आशा सिंहका अघिल्तिर अभिनेशका बुबापनि केही बोल्न सक्दैनन् । त्यसैले अभिनेशको मृत्युपछि शीताष्माले सासु आशाका कारण अरु दुख व्यहोर्नुपर्ने स्थिति सिर्जना हुने चिन्ता पूर्व राजा ज्ञानेन्द्र लगायतमा छ । -Sitaram Baral in Kathmandu |
||
|
Read related news: » यसरी भयो पूर्व राजकुमारीको श्रीमानको निधन » दुच्छर सासु र सोझी राजकुमारीबीचको खटपटले पूर्व राजा ज्ञानेन्द्रलाई चिन्ता » स्व. अधिराजकुमारी श्रुतिका पति गोरखले दोश्रो विवाह गर्ने (6 Photos) » पूर्व शाही राज खान्दानमा बियोग ![]() » नारायणहिटी राजदरवार हत्याकाण्डको ८ बर्ष: जहाँबाट नेपाली राजतन्त्रको अबसानको सूत्रपात भयो ![]() » पूर्व युवराज पारशको बिदेश पलायनको कारण के हो? ![]() |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||